×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

अवरुद्ध १४ सडक खुलाइँदै

काठमाडाैं | कात्तिक ४, २०७८

NTC
TVS INSIDE

विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् ।

Sanima Bank
morang Auto yamaha

अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए ।

वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिए।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

त्यसैगरी उनले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको बताए । यसअघिको वर्षायाममा अवरुद्ध भएको सो सडक एक महिनाअघि मात्र सञ्चालनमा आएको थियो । उनले महाकाली राजमार्गअन्तर्गत धनगढीदेखि डडेल्धुरासम्म ठाउँठाउँमा अवरुद्ध भएको सडक सञ्चालनमा आइसकेको जानकारी दिए । त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुर–राजापुर खण्डको सतीघाट भन्ने ठाउँमा ठूलो क्षति पु¥याएको उनले जानकारी दिए ।

महानिर्देशक थापाका अनुसार बेँसीसहर चामेबाट मनाङ जाने सडक पुनः अवरुद्ध भएको छ । वर्षाले क्षति भएको यो सडक दुई महिनाअघि मात्र सञ्चालनमा आएको थियो । त्यसैगरी मुस्ताङ जाने सडकको काभ्रेभीर भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ ।

केही दिनको वर्षाका कारण मुलुकभरि सञ्चालनमा आइसकेका कुनै पनि पुलमा अहिलेसम्म क्षति नपुगेको उनले स्पष्ट पारे। उनले वर्षाले क्षति भएका राजमार्ग तथा सडकमा अबको पाँच दिनभित्र आवागमन हुने गरी मर्मत कार्य सुरु भइसकेको जानकारी दिए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

पशुपति आर्यघाटमा शवदाह कार्य व्यवस्थित नहुँदा कोरोना महामारी फैलिइरहेका बेला पनि घाटमा मलामीको भीड उत्तिकै देखिने गरेको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार शवको चाप ब...

माघ ९, २०७८

३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्। साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’...

माघ ९, २०७८

संविधानअनुसार आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा अन्योल देखिएको छ । स्थानीय तहको निर्वाचन गर्न संविधान र निर्वाचनसम्बन्धी कानुन बाझिएकाले सत्ता गठबन्धनले कानुनविद्सँग परामर्श गरेर मात्...

माघ ९, २०७८

इन्टरनेट सेवा प्रदायक (आईएसपीएन)ले मुम्बइ–गल्फ रुटमा एक साताअघि आएको टागामा शक्तिशाली ज्वालामुखी विस्फोटनका कारण उत्पन्न सुनामीले बिग्रिएको इन्टरनेट सञ्जाल पूर्ण रूपमा सञ्चालन गर्न केही साता लाग्ने जनाएको छ ...

माघ ९, २०७८

सरकारले यही माघ महिनाभित्र ४६ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जसका लागि अहिले नेपाल राष्ट बैंकको मौद्रिक व्यवस्थापन विभागले आन्तरिक ऋण उठाउने तालिका नै सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...

माघ ९, २०७८

 पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारुढ दलहरू विभाजित बनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्थाअनुसार पहिले ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...