×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

एनसेलले एक वर्षमा सरकारलाई तिर्‍यो २७ अर्ब

काठमाडाैं | कात्तिक ४, २०७८

NTC
TVS INSIDE

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूमध्ये सरकारलाई सबैभन्दा बढी भुक्तानी गर्ने कम्पनी बनेको छ ।

Sanima Bank
morang Auto yamaha

एनसेलले गत आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई विभिन्न कर र शुल्क शीर्षक अन्तर्गत झण्डै २७ अर्ब रुपैयाँ तिरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

एनसेलले दूरसञ्चार सेवा प्रदायक अन्य कम्पनीहरूले भन्दा धेरै रकम भुक्तानी गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको गत आवको प्रतिवेदन अनुसार निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले दूरसञ्चार सेवा शुल्क वापत ४ अर्ब ६९ करोड रुपैयाँ सरकारलाई तिरेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यस्तै मूल्य अभिवृद्धि कर अर्थात भ्याट वापत ५ अर्ब ५१ करोड, रोयल्टी २ अर्ब २१ करोड, अन्य कर र महसुल अन्तर्गत १२ अर्ब ९६ करोड रुपैयाँ र फ्रिक्वेन्सी शुल्क वापत १ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले भने सोही आवमा विभिन्न कर र महसुल गरि १२ अर्ब ५६ करोड रुपैयाँ सरकारलाई तिरेको छ ।

टेलिकमले प्राधिकरणमा बुझाएको अपरिष्कृत विवरण अनुसार, टेलिकमले दूरसञ्चार सेवा शुल्क वापत ३ अर्ब ७४ करोड रुपैयाँ, भ्याट वापत ३ अर्ब १ करोड रुपैयाँ, अन्य कर र महसुल अन्तर्गत ४ अर्ब १० करोड, स्वामित्व कर बापत ५९ लाख १३ हजार, फ्रिक्वेन्सी शुल्क १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

टेलिकमले दूरसञ्चार सेवा शुल्क वापत ३ अर्ब ७४ करोड रुपैयाँ सरकारलाई तिर्दा एनसेलले भने सो शुल्कबापत ४ अर्ब ६९ करोड रुपैयाँ बुझाएको छ ।

एनसेल इन्टरनेट सेवा प्रदायकहरूले भन्दा बढी रकम सरकारलाई बुझाउने कम्‍पनी बनेको छ।

इन्टरनेट सेवा प्रदायक तर्फ, सबैभन्दा बढी कर तथा शुल्क वल्र्डलिङ्क कम्युनिकेसनले बुझाएको छ । वल्र्डलिङ्कले विभिन्न शीर्षक अन्तर्गत २ अर्ब ६८ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ ।

अन्य इन्टरनेट सेवा प्रदायकहरूमध्ये सुविसुले    सरकारलाई ८७ करोड ५२ लाख रुपैयाँ बुझाएको छ भने भायनेटले ४६ करोड रुपैयाँ बुझाएको छ ।

यी कम्पनीहरूलाई उछिन्दै एनसेल दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूमध्ये सरकारलाई सबैभन्दा बढी भुक्तानी गर्ने कम्पनी बनेको छ ।  

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

सिभिल बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नै उल्लेख्य नाफा आर्जन गरेको  छ ।  शुक्रबारसम्म जारी २३ वाणिज्य बैंकहरूको वित्तीय विवरण अनुसार साउनदेखि पुससम्मको तथ्यांकमा सिभिल बैंकको नाफा वृद्धि...

माघ ७, २०७८

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ।  यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ९५ ...

माघ ७, २०७८

कोरोना महामारीका कारण भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ। यही माघ २९ गतेका लागि परीक्षा तोकिएको थियो। भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेको...

माघ ६, २०७८

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि व्यक्ति केन्द्रित गरेर आवेदन मागेको भन्दै विवाद उत्पन्न भएको छ । सरकारले टेलिकमको प्रबन्ध निर्देशकमा सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई मिल्ने गरी कार्य...

माघ ७, २०७८

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा मापदण्ड र सम्झौताविपरीत दोहन गरिएको छ । सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको स...

माघ ७, २०७८

गत बर्खामा आएको गेग्रानसहितको बाढीले पुरिएका संरचना पुनःनिर्माणमा सम्बन्धित निकायले ध्यान नदिँदा मेलम्ची खानेपानी आयोजनामाथिको अन्योल कायमै छ । सरकारले आगामी वैशाखभित्र मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकावास...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...