×

NMB BANK
NIC ASIA

सरुवामा मनलाग्दी

लेखा अधिकृतको सरुवामा व्यापक असन्तुष्टिः कर्मचारी भन्छन्– मापदण्डको धज्जी उडाइयो !

कात्तिक ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

महालेखा नियन्त्रकको कार्यालयले मापदण्डविपरीत तथा मनलाग्दी ढंगले लेखा अधिकृतको सरुवा गरेको भन्दै कर्मचारीहरूमा व्यापक असन्तुष्टि देखिएको छ ।

Muktinath Bank

पर्सनल इन्फरमेसन सिस्टम (पीआईएस)मा सिनियरहरूलाई बेवास्ता गरी जुनियरलाई आकर्षक एवं मागेकै ठाउँमा पठाइएको तथा सरुवामा अपनाउनुपर्ने सामान्य मापदण्ड पनि ख्याल नगरिएको कर्मचारीहरूको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कर्मचारीको योग्यता, जेष्ठता, अनुभव, इमान्दारिता, निष्ठा, अवसर र पेशागत वृत्ति चक्र लगायतका वस्तुगत मापदण्डका आधारमा गर्नुपर्ने सरुवा कानूनी प्रावधान तथा मापदण्डविपरीत एवं पटके नेतृत्वको सनक तथा शक्ति केन्द्रको कथित दबाबका आधारमा गरिएको छ,’ एक कर्मचारीले भने, ‘महालेखाको सरुवाको इतिहासमै यो सबैभन्दा बदनाम सरुवा हो भन्दा फरक पर्दैन ।’ 


Advertisment
Nabil box
Kumari

महालेखा नियन्त्रकको कार्यालयले यही कात्तिक १ गते ७३ जना लेखा अधिकृतको सरुवा गरेको थियो । त्यसक्रममा मापदण्डको कुनै वास्ता नगरिएको गुनासो कर्मचारीहरूको छ ।

Vianet communication
Laxmi Bank

‘सरुवा गर्दा सामान्यता आफ्नो करियरमै सामान्य कार्यालयमा काम गर्दै आएकालाई प्रोजेक्टमा र प्रोजेक्टमा काम गरिसकेकाहरूलाई सामान्य कार्यालयमा सरुवा गर्ने चलन छ,’ एक कर्मचारीले लोकान्तरसँग भने, ‘यहाँ त सिंगो करियर नै सामान्य कार्यालयमा बिताएका केही जहाँको तहीँ छन्, कसैलाई फेरि सामान्य कार्यालयमा नै सरुवा गरिएको छ । अर्कातर्फ कतिपयलाई आकर्षक मानिने प्रोजेक्टबाट फेरि पनि प्रोजेक्टमा सरुवा गरिएको छ ।’

सडक, सिञ्चाइ तथा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण लगायतका विकासे आयोजनालाई (क) र सीडीओ कार्यालयसहित तलब खुवाउने र सामान्य खर्च मात्र हुने कार्यालयलाई (ख) वर्ग मानेर सरुवा गर्ने प्रचलन छ ।

विकासे आयोजनामा सरुवा हुन विशेष आकर्षण रहने गरेको छ । यसपटक केहीले (क) वर्गका कार्यालयबाट (क) वर्गकै कार्यालयमा सरुवा पाएका छन् । 

उदाहरणका लागि विशेष भवन निर्माण आयोजनाबाट दीपेन्द्रबहादुर कार्कीलाई काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंमा सरुवा गरिएको छ ।

यसैगरी गोकुलराज अर्यालले नारायणगढ बुटवल सडक आयोजना (पूर्व खण्ड) गैँडाकोटबाट गण्डक सिञ्चाइ व्यवस्थापन डिभिजन नवलपरासी पश्चिममा सरुवा पाएका छन् ।

अख्तियारबाट पनि दुई अधिकृतले मालदार अड्डामा सरुवा पाएका छन् ।

पुष्पलाल धितालले विशेष भवन निर्माण आयोजना काठमाडौं र जनकप्रसाद नेपालले डिभिजन सडक कार्यालय कपिलवस्तुमा सरुवा पाएका हुन् ।

यसपटकको सरुवामा विशेष भवन निर्माण आयोजना काठमाडौंमा सरुवा हुन विशेष आकर्षण थियो ।

त्यहाँ सरुवाका लागि ६/७ जनाको आवेदन परेको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता नवराज ढुंगानाले स्वीकारेका छन् ।

तर, त्यहाँ यसअघि कहिल्यै प्रोजेक्टमा अवसर नपाएका वरिष्ठलाई समेत बेवास्ता गर्दै कनिष्ठलाई सरुवा गरिएको कर्मचारीहरूको आरोप छ ।

‘विशेष भवनमा २०६८ ब्याचका अधिकृतलाई सरुवा गरिएको छ,’ एक कर्मचारीले भने, ‘पीआईएसमा उनीभन्दा सिनियर र यसअघि सिंगो कार्यकाल सामान्य कार्यालयमा बिताएकालाई समेत बेवास्ता गरिएको छ ।’

यसपटकको सरुवामा व्यापक चलखेल भएको आरोप लगाउँदै उनले सरुवा नै बदर हुनुपर्ने जिकिर गरे । 

सरुवाको काम महालेखा नियन्त्रक सुमनराज अर्याल, कार्यालयका सहसचिव एवं प्रवक्ता नवराज ढुंगाना र उपसचिव प्रकाश पुडासैनीले गरेका हुन् ।

यता प्रवक्ता ढुंगानाले भने सरुवामा मापदण्ड हुबहु कार्यान्वयन भएको जिकिर गरे ।

‘सरुवामा मापदण्ड पूर्णतः कार्यान्वयन भएको छ । कहीँ गुनासो आयो, कसैले प्रश्न उठायो भने हामी त्यसको जिम्मेवारी लिन तयार छौं,’ ढुंगानाले भने ।

उनले प्रोजेक्टहरू सीमित रहेको र आकांक्षी धेरै रहेकाले सबैको अपेक्षा पूरा हुन नसकेको बताए ।

‘एक-दुईजना जेन्युन साथीहरूको अपेक्षा पूरा हुन नसकेका होलान् । उहाँहरूलाई हामीले नोटिसमा राखेका छौं । भविष्यमा उहाँहरूले पक्कै अवसर पाउनुहुनेछ,’ उनले भने ।

तर मापदण्ड अनुसार नै सरुवा भएको भन्ने उनको दाबी मान्न कर्मचारीहरू तयार छैनन् ।

लोकान्तरको सम्पर्कमा आएका अर्का एक कर्मचारीले भने, ‘मापदण्डको पालना होइन धज्जी उडाइएको छ । पैसा र शक्ति केन्द्रको कथित दबाबका नाममा मनलाग्दी ढंगले सरुवा गरिएको छ ।’

हेर्नुहोस्, महालेखाले कात्तिक १ मा गरेको सरुवाको सूची :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x