×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

कांग्रेसमा लहर आएको छ : वरिष्ठ नेता पौडेल

तनहुँ | कात्तिक ४, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

नेपाली कांग्रेस भिमाद नगर समितिले बिहीवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभास हुन थालेको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘कांग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभास हुन थालेको छ ।’

उनले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने संकल्प देखा परेको बताए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

वरिष्ठ नेता पौडेलले भने, ‘सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।’

उनले दुईतिहाइ मत प्राप्त कम्युनिस्ट पार्टी विभाजित भए पनि कांग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताए । ‘कांग्रेसको प्रमुख विपक्षी कम्युनिस्ट पार्टी हो,’ उनले भने, ‘अरु फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो संगठन बलियो बनाउनुपर्छ । हामी आफैंमा सजग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

तनहुँका १० वटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिए ।

‘कांग्रेसलाई लोकतान्त्रिकरण र रुपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु,’ उनले भने । 

नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले राजनीतिलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डामाथि नै निर्वाचन आयोगले प्रश्न उठाउँदै पत्राचार गरेको छ । सो पार्टीको विधानमा उल्लेखित ‘राजसंस्था र हिन्दुराष्ट्र’ बारे ...

माघ ८, २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्तिविरुद्ध कुनै कारबाही नभएको भन्दै कांग्रेसका नेताहरूले पनि आपत्ति जनाउन थालेका छन् ।  शनिवार बिहान कांग्रेस महामन्त्री विश्वप्रकाश शर्...

माघ ९, २०७८

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले तीनै चरणको चुनाव एकैपटक गर्नु उचित हुने धारणा राखेका छन् । उनले चुनावको मुद्दालाई दलीय स्वार्थबाट मात्रै हेर्न नहुने धारणा समेत राखेका छ...

माघ ८, २०७८

कानूनविद्हरूले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् ।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा न...

माघ ८, २०७८

काँग्रेस नेता अर्जुननरसिंह केसीले गठबन्धन सरकारले स्थानीय निर्वाचनलाई नाफा र नोक्सानको लेखाजोखा गर्न नहुने बताएका छन् । स्थानीय तह आफैमा स्वशासन, सुशासन र लोकतान्त्रिक सोपानको प्रथम खुड्किलो र संस्थागत स्थानीय विक...

माघ ९, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले पछिल्ल...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...