साउन २३, २०७९
५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको सोमवार बसेको पहिलो ब...
डडेल्धुरा | कात्तिक ४, २०७८
सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरो पीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन् ।
आइतवारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबाली समेत नष्ट गरेको छ ।
सुदूरपश्चिममा यसै हप्ता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्री सहितको भ्रमणमा प्रभावित जिल्ला पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याबारे कुरा राखेका थिए ।
३ दिनको अविरल वर्षाका कारण जिल्लामा २ जनाको पहिरोमा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराए ।
प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरे । उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए ।
सुदूरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी बिहीवारै कञ्चनपुर गएका छन् । बाढी–पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि उनी गृहजिल्ला डडेल्धुरा आएका थिए ।
सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरी कञ्चनपुर गएका हुन् ।
जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रवार काठमाडौं फर्किने कार्यक्रम छ ।
अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन् । बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
५ दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको सोमवार बसेको पहिलो ब...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवद्र्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति...
नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले बहुमत सिट आफूसँग राखेर मात्र गठबन्धनमा सिटसंख्या बाँड्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रतिनिधि सभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १०० आफूस...
नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएका नामहरू सच्याउन माग गरेका छन् । सोमवारको राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित...
नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नाम सच्याउन माग गरेका छन् । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद ...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रगतिशील जनताको पार्टी भएको बताएका छन् । सोमबार रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उनले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गर...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...