×

NMB BANK
NIC ASIA

राजधानीको २३ नम्बर रुटमा अप्रिय भोगाइ: छिनछिनमै यात्रुमाथि अपशब्द !

कात्तिक १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन मध्येको यात्रु धेरै हुने एक रुट हो २३ नम्बर रुट । रत्नपार्कबाट बालाजु, नयाँ बसपार्क सामाखुशी, नेपालटार, लोलाङ, फुटुङ, टोखा रुटमा सार्वजनिक बस, हाइस र साना माइक्रो चल्छन् ।

Sagarmatha Cement
Muktinath Bank

यात्रुको चाप हुने २३ नम्बर रुटमा सवारी चालक र सहचालकको व्यवहार भने अप्रिय हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बिहान ९ बजे लोलाङबाट चल्ने बसमा म अफिसका लागि पुरानो गुहेश्वरी मन्दिरबाट चढें । बालाजु बाइपास पुग्ने बेलामा सहचालक बोले – बाइपास झर्ने कोही छ ? छ भने भाडा दिनुस्, नभए रत्नपार्क पुर्‍याइदिन्छु ।


Advertisment
Nabil box
Kumari

एक जना स्कूल पढ्ने बालिका अगाडि आइन् र गाडी चलिरहेको अवस्थामा झण्डै लडिनन् । ती बालिका पुस्तक छोपेर झर्दा गाडी आधाआधी नरोकिई सहचालकले हात समाएर तल हुत्याइदिए, ती बालिका झण्डै लडिनन् ।

Vianet communication
Laxmi Bank

चालकले भने – माछापोखरी कोही छ भने आए हुन्छ है, नभए रोकिँदैन रत्नपार्क पुर्‍याइदिने । पैसा दिए दिन्छ, नदिए दिँदैन मु ... हरू ।’ चालकले गाडी चलाइरहँदा अगाडि हेरेरभन्दा पनि पछाडि हेरेर बोलिरहेका थिए ।

चालक र सहचालकको शैलीप्रति बसमा यात्रुले प्रतिक्रिया जनाइरहेका थिए तर दुवैले सुन्ने अवस्था थिएन । मैले चालकलाई भने, ‘किन यस्तो रफ चलाएको ?’ तर उनले सुन्ने कुरै थिएन ।

बिहान ९ बजे बस चढेको म ९ः१३ बजे जमल आइपुगे । लगभग २० मिनेट जति समय लाग्ने ठाउँमा १३ मिनेटमा आइपुग्यो । गाडीबाट ओेर्लन नपाउँदै हुँइकिएकाले गाडी नम्बर टिप्न पाइएन ।

०००

मंगलवार फेरि त्यही रुट हुँदै पुरानो गुहेश्वरीबाट बा५ख ९५६ नम्बरको बस चढें जमलसम्मका लागि, गाडी कोचाकोच थियो । यात्रुहरू उभिएर यात्रा गरिरहेका थिए, बस चढेर म पनि उभिए । अन्दाजी १५–१६ वर्षका सहचालक थिए ।

पुरानो गुहेश्वरीबाट जमलको भाडा कात्तिक १ गतेदेखि २० रुपैयाँ भएको छ भने माछापोखरीबाट १८ रुपैयाँ तर माछापोखरीबाटै २० रुपैयाँ लिने गरेका छन् । लोलाङबाट रत्नपार्कको गाडी भाडा २५ रुपैयाँ (सहचालकका अनुसार) हो, विद्यार्थीलाई ४५ प्रतिशत दिइन्छ । 

बसमा चढेकी १ जना विद्यार्थीबाट सहचालकले २० रुपैयाँ लिए । ती विद्यार्थीले १५ रुपैयाँ हो भन्दै फिर्ता मागिन् तर ती सहचालकले भने, ‘मेरो गाडी जतिसुकै लिउँ, तँलाई के मतलब ? यति नै हो ।’ माछापोखरीबाट लैनचौर, सोह्रखुट्टे ओर्लिनेहरूको १८ रुपैयाँ हो तर २० रुपैयाँ नै लिए ।

बसमा रहेका ३ जना महिलासँग भाडाको विषयमा सहचालकको विवाद भयो । सहचालकले बढी भाडा लिएपछि ती महिला यात्रुले सोधे, ‘भाडा कति हो भाइ ?’ सहचालकले रुखो भने, ‘भाडा बढेको छ, थाहा छैन ? काटेर दिएँ त गन्न आउँदैन ?’

महिलाले भनिन्, ‘भाडा १८ रुपैयाँ हो, ६ रुपैयाँ फिर्ता देउ भाइ ।’ सहचालकले रिसाउँदै भने, ‘प्रतिव्यक्ति २० रुपैयाँ हो, जे गरे नि गर्दा हुन्छ ।’

चालकले सहचालकलाई तुच्छ भाषामा भने, ‘के भन्दैछन् केटा ? आइमाईहरूलाई झार्दे ।’ उनीहरू झरेपछि सडकबाट चालकलाई गाली गरिरहे ।

०००

यस्ता दृश्य २३ नम्बर रुटका सार्वजनिक सवारीसाधनमा दैनिक देखिन्छन् तर यातायात व्यवसायीको ध्यान गएको देखिँदैन ।

महानगरीय ट्राफिक प्रहरीले बेलाबेलामा निगरानी गरे जस्तो देखिन्छ तर त्यसको राम्रोसँग कार्यान्वयन भएको पनि छैन तर व्यवसायीले आफ्ना कामदारलाई यसबारे प्रशिक्षित गरेको समेत पाइँदैन ।

यातायात व्यवसायी र मजदुर संगठनहरू एकअर्कालाई दोष लगाउँदै पन्छिन्छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले यस्ता विषय मजदुरका संघले गर्नुपर्ने बताए ।

‘यस्ता विषयमा मजदुर संघका हुन् । उनीहरूले गर्दैनन् तर पनि हामीले समय–समयमा यस्ता विषयमा अभियान चलाएका छौं,’ अध्यक्ष खनालले लोकान्तरसँग भने, ‘हामीले त व्यवसायीहरूको विषयमा मात्रै हेर्ने हो ।’

अखिल नेपाल यातायात मजदुर संघका सचिव डम्बरसिंह ठकुरीले यातायात व्यवसायी र सरकारले सहयोग नगर्दा चालक, सहचालकको व्यवहार सुधार्न नसकिएको बताए ।

‘हामीलाई सरकार र व्यवसायीले सहयोग गर्दैनन्, कसरी सुधार्नु ? आज काम गरे भोलि के हो भन्ने छ, कसरी सुधार्ने हामीले ?’ सचिव ठकुरीले लोकान्तरसँग भने । 

उनका अनुसार समय–समयमा ट्राफिक प्रहरीसँग मिलेर मजदुर संगठनले अभियान समेत चलाएको तर प्रभावकारी नभएको उनले बताए ।

त्यस्तो पाइएमा १०३ नम्बरमा फोन गर्नुहोस्, हामी कारवाही गर्छाैंः ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुहरूसँग बढी भाडा लिने सवारीसाधनलाई दैनिक कारवाही गरेको र अपशब्द बोल्नेहरूलाई पनि कारवाही गरेको बताइएको छ ।

‘हामीले बढी भाडा लिनेलाई दैनिक कारवाही गरिरहेका छौं, २ गतेदेखि १०३ जनालाई कारवाही गर्‍यौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्जीव शर्मा दासले लोकान्तरसँग भने, ‘त्यस्ता विषय भएमा १०३ नम्बरमा फोन गर्न समेत अनुरोध गर्दछु ।’

उनका अनुसार अपशब्द बोलेको विषयमा ९ जनाले मात्रै उजुरी दिएका तर सहचालकलाई पक्राउ गरेर ल्याउँदा मानिसहरू देखाउन नसक्दा कारवाही गर्न सकिएन ।

कुनै चालक र सहचालकले अपशब्द प्रयोग गरेमा ट्राफिक प्रहरीलाई खबर गर्न समेत उनले अनुरोध गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x