×

NMB BANK
NIC ASIA

नुवाकोटकी कविता (नाम परिर्वतन) काठमाडौंमा श्रीमानसँग बस्थिन् । तर उनका श्रीमान्ले दैनिकजसो मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने र मानसिक यातना दिने गर्थे ।

Muktinath Bank

कविताले श्रीमान्को सहयोग नपाएपछि एउटा किताब पसलमा सरसफाइको जागिर गरेर आफ्नो जीविका चलाउन थालिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक दिन श्रीमान्ले साथी भन्दै जान्द्रे भन्ने रामबहादुर तामाङको कोठामा लगे । तामाङलाई श्रीमान्ले कवितालाई चिनाए । ती व्यक्तिले फोन नम्बर पनि लिए ।


Advertisment
Nabil box
Kumari

कवितालाई पटक–पटक फोन गर्न थाले । ‘तिमी निकै मेहनती रहिछौ, घरमा पनि राम्रो रहेनछ, कति श्रीमानको कुटाइ खाएर बस्छौं, मसँग राम्रो काम छ, पैसा पनि राम्रो पाउँछौ, कम गर्न जाने ठाउँ अलि टाढा छ, तर चिन्ता नगर म आफैं लगेर छाडेर आउँछु । साडीमा बुट्टा भर्ने काम गर्नुपर्छ । खाएर बसेर १० हजार दिन्छ,’ भन्दै फकाउन थाले । 

Vianet communication
Laxmi Bank

धेरै दिन फकाएपछि दुःख पाउनुभन्दा राम्रो पनि कमाइ हुने भएकाले रामबहादुरले भनेको मान्ने निचोडमा पुगेर उनले भने अनुसारै गर्ने बताइन् ।

रामबहादुरले २०७४ को साउन महिनाको अन्तिमतिर काठमाडौंको स्वयम्भुबाट बस चढेर भारतीय सिमानाका हुँदै नयाँ दिल्लीको पुर्‍याए । 

उनी दिल्लीस्थित जीबी रोडको ५९ नम्बर कोठीमा बेचिइन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग द्विवेदीका अनुसार उनलाई रामबहादुरले १ लाख भारतीय रुपैयाँमा अर्थात् १ लाख ६० हजार नेपाली रुपैयाँ बिक्री गरेका रहेछन् । 

कविताले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई कोठी नम्बर ५९ मा दैनिक १५ देखी २० जनासँग यौनसम्पर्क गर्न लगाइयो ।

त्यहाँ १ वर्षसम्म बन्धक बनाएर यौन धन्दामा लगाएपछि पुनः कोठी नम्बर ६४ मा बेचिइन् उनी । त्यसपछि पनि अन्य कोठीहरूमा पटक–पटक बेचिएको उनले प्रहरीसँग बताएकी छन् ।

त्यसबीचमा उनलाई पाठेघरमा पानी जम्ने र टीभी रोग भयो । 

कोठी मालिकले मेडिकलमा उपचार गर्न लैजाने क्रममा नेपाली महिलासँग चिनजान भएर २०७७ चैतमा उनी नेपाल फर्किन सफल भइन् ।

नेपाल फर्किएपछि उनले मानव बेचबिखन ब्यूरोमा उजुरी दिइन् । त्यसलगत्तै प्रहरीले कवितालाई बेच्ने नुवाकोट तुप्चेश्वर गाउँपालिका –६ का रामबहादुर तामाङको खोजी गर्‍यो ।

करीब ६ महिना लगाएर प्रहरीले तारकेश्वर नगरपालिका– ७ फुटुङबाट उनलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी द्विवेदीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x