×

NMB BANK
NIC ASIA

अब हाम्रो पात्रोबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श पाइने

कात्तिक १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालकै लोकप्रिय एप हाम्रोपात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रुपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा सोमबारदेखि परीक्षणको रुपमा सुरु गरिएको हाम्रो पात्रो इंकले जनाएको छ । कम्पनीका अनुसार तत्कालका लागि एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध भएको यो सेवा अबको दुई महिनामा आईओएस प्रयोगकर्ताले समेत उपयोग गर्न सक्नेछन् ।
सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका बिरामीलाई लक्षित गरी ल्याइएको यो सेवामार्फत विभिन्न रोगका विशेषज्ञ डाक्टरसँग भिडिओ कलमार्फत परामर्श लिन सकिनेछ । ‘ओपन प्लेटफर्म’ (खुला माध्यम) को रुपमा रहने यो सेवामा नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरू स्वेच्छिक रुपमा जोडिन सक्ने बताइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

परामर्श सेवाका लागि टिकेट लिइसकेपछि बिरामीहरूले सम्बन्धित विशेषज्ञ डाक्टरलाई सोझै भिडिओ कल गर्न सक्नेछन् । अनलाइनबाटै टिकेट लिन सकिने व्यवस्था मिलाइएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । हाललाई टिकेट शुल्क ५०० रुपैयाँ तोकिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाक्टरसँग परामर्श सेवा लिनु पूर्व सेवाग्राहीहरूले आफ्नो नाम, उमेर र स्वास्थ्य समस्या उल्लेख गरी आफ्नो प्रोफाइल बनाउनुपर्नेछ । यसका साथै आफ्नो प्रोफाइलमा ल्याब रिपोर्ट लगायत आफ्नो स्वास्थ्य समस्या सम्बन्धी कागजातहरू अपलोड गर्न समेत सकिन्छ ।


Advertisment
Nabil box
Kumari


हाललाई हाम्रो हेल्थमा २० जना विशेषज्ञ डक्टरहरू आवद्ध भइसकेको कम्पनीले जनाएको छ । दुई महिनाको परीक्षण पश्चात यो सेवा पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
यसमा सूचिकृत डाक्टरहरू आफ्नो अनुकूलता तथा फुर्सदको समयमा हाम्रो हेल्थको टेलिमेडिसिन सेवाका लागि लाइभ आउन सक्नेछन् ।
तर यसमा डाक्टरको समय प्रि-बुकिङ गर्न सकिने सुविधा भने हाललाई उपलब्ध छैन । सम्बन्धित डाक्टरको प्रोफाइलमा गएर कुन समयमा अनलाइनमा उपलब्ध हुने अथवा नहुने कुराको जानकारी लिन सकिनेछ ।

Vianet communication
Laxmi Bank

कुन डाक्टरसँग परामर्श लिने भन्ने कुरा बिरामीहरू स्वयम्ले तय गर्नुपर्ने कम्पनीले जनाएको छ । डाक्टर फरक परेको अवस्थामा सोही टिकेट प्रयोग गरी सम्बन्धित अर्को डक्टरसँग परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो मोबाइलमा रहेको हाम्रोपात्रोको मोबाइल एप अपडेट गर्नुपर्ने हुन्छ ।  

‘काठमाडौबाहिर रहेका बिरामीहरूलाई सामान्य फलोअप तथा विशेषज्ञ डाक्टरसँगको परामर्शका लागि आइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सुविधा सञ्चालनमा ल्याएका हौँ,’ कम्पनीका संस्थापक उप्रेतीले भने । उनका अनुसार बुबाआमा नेपालमा र छोराछोरी विदेशमा रहेको अवस्थामा दुवै तर्फबाट एकसाथ डाक्टरसँगको परामर्शमा जोडिन सक्ने सुविधा समेत आगामी दिनमा ल्याउने तयारी छ ।
परामर्श पश्चात डाक्टरले एपबाटै लिखित प्रेस्क्रिप्सन तथा औषधी सिफारिस गरिदिनसक्ने व्यवस्था मिलाइएको छ । सबै कलमा ‘इन्ड टु इन्ड इन्क्रिप्सन’ (गोपनीयताका हिसाबले सुरक्षित) को फिचर रहेको भन्दै संस्थापक उप्रेतीले सेवाग्राहीले भिडिओ अफ गरेर अडियोमा मात्रै कुरा गर्न समेत पाउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x