×

NMB BANK
NIC ASIA

जुवाको नशा

जुवामा पैसाको खोलो– ३ वर्षमा खालबाटै झण्डै २० करोड बरामद !

कात्तिक १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीले सोमवार (कात्तिक १५ गते) एकै दिन देशभरबाट ७४ जना जुवाडेलाई पक्राउ गर्‍यो । उनीहरूको साथबाट ११ लाख ७१ हजार ९१७ रुपैयाँ समेत बरामद भयो ।

Muktinath Bank

पर्वतको जलजला गाउँपालिका– ३ माँझफाँट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेका ५० वर्षीय मोहन जिसीलगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र ताससहित पक्राउ गरेको थियो । 


Advertisment
Nabil box
Kumari

नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिका– १ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको ४९ वर्षीय भीमलाल शर्मालगायत ८ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

Vianet communication
Laxmi Bank

इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरूको साथबाट नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बूक समेत बरामद गरेको थियो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका– ४ गल्ली नम्बर ५ बस्ने ३५ वर्षीय बुद्धीसागर शर्माको बिलियड स्नुकर एण्ड पुल एसोसिएसनमा तास खेलिरहेको अवस्थामा शर्मालगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उक्त एसोसिएसनमा जुवातास खेलिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बूक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सोही दिन दाङको घोराही उपमहानगरपालिका– १४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल विक लगायत २० जनालाई  राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरूलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको थियो । 

सोही दिन बर्दियाको गुलरिया नगरपालिका–७ गुलरिया गाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेका ४३ वर्षीय रमेश यादवलगायत ९ जनालाई प्रहरीले पक्राउ गर्‍यो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बूक तास समेत बरामद गरेको थियो ।

कैलालीको बर्दगोरिया गाउँपालिका– ६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ५ बस्ने ३६ वर्षीय सुनिल चौधरीलगायत १८ जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको थियो । 

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय ५० रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले जनाएको छ । 

दशैँ तिहारको समयमा प्रहरीले जुवाको खालमा छापा मारेर दैनिक १५/२० जना जुवाडे पक्राउ गरिरहेको छ भने लाखौं पैसा जुवा खालबाट बरामद पनि गरिरहेको छ । 

प्रहरीले पछिल्लो ४५ दिनमा मात्रै ८ सय ७६ जना जुवाडेलाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट १ करोड ४८ लाख रुपैयाँ बरामद गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ ।

आज २०७५/७६ यता मात्र प्रहरीले जुवाको खालबाट १९ करोड ९८ लाख ७२ हजार ५९६ रूपैयाँ बरामद गरेको छ ।

जुवाको खालबाट बरामद भएको पैसा सबै राजस्वमा जाने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए । 

‘जुवाको खालबाट बरामद भएको पैसा प्रमाणका लागि अदालतमा पेस गर्नुपर्ने हुन्छ । अदालती प्रक्रिया सकिएपछि त्यो पैसा सरकारी कोषमा जान्छ,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x