माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
कात्तिक २१, २०७८
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य वसन्त अर्याल अहिले वडावासीको सेवासँगै कालिज पालनमा पनि सक्रिय छन् ।
बिहान उठ्नेबित्तिकै कालिजलाई दाना राख्ने, स्याहारसुसार गर्ने उनको दैनिकी बनेको छ ।
गाउँमै केही गर्छु भनेर राजनीतिसँगै उनी स्थानीय तहमा उत्पादन हुन सक्ने कालिजको व्यवसायमा लागेका हुन् । अर्यालले २५ लाख रूपैयाँ लगानी गरेर अघिल्लो वर्ष व्यवसाय शुरू गरेका थिए ।
‘आफू जन्मे हुर्केको गाउँमै केही गर्छु भनेर शुरू गरेको छु । अहिलेसम्म २५ लाख रुपैयाँ लगानी भैसकेको छ,’ अर्यालले लोकान्तरसँग भने, ‘यसलाई अझ लगानी थप गर्दै लैजाने योजनामा छु ।’
जीवनको संर्घषका दिनहरूमा विदेश पनि गए, तर आफ्नै देशमा केही गर्छु भन्ने भावना जाग्यो । त्यसपछि उनीले गुल्मीको सदरमुकाममा इलेक्ट्रोनिक पसल पनि सञ्चालन गरे ।
तर त्यहाँ पनि उनलाई आफ्नो गाउँबाट केही टाढा भए जस्तो लाग्यो । आफ्नै गाउँ मुलाबारी फर्किए । राजनीतिमार्फत स्थानीयको सेवा पनि गरिरहे ।
उनलाई राजनीतिसँगै व्यापार व्यवसाय पनि गर्नुपर्छ भन्ने लागेको थियो । त्यही हुटहुटीले उनलाई कालिज व्यवसाय गर्न प्रेरित गरेको बताउँछन् ।
‘मैले कालिज फर्मका लागि काठमाडौंमा गएर तालिम पनि लिएँ,’ अर्यालले लोकान्तरसँग भने, ‘त्यसपछि ऋण र आफूले कमाएको पैसाबाट व्यवसाय सञ्चालन गरेको हुँ ।’
अहिले उनको कालिज फर्ममा ५ सय कालिज छन् । त्यसका अलवा ‘लौकाट’ जातको कुखुरा, लोकल कुखुरा, कडकनाथ कुखुरा पनि उनको फर्ममा छन् ।
उनले आफ्नै फर्ममा कालिजका चल्ला कोरल्नका लागि मेसिन समेत ल्याएका छने, जसबाट कालिजले अण्डा दिने समयमा लगभग ५ हजार थप चल्ला उत्पादन गर्ने योजना उनको छ ।
‘फागुन चैतमा अण्डा दिँदा रहेछन् । त्यो बेलामा १५ सय चल्ला बनाएर बेच्ने योजना बनाएको छु,’ अर्यालले लोकान्तरसँग भने, ‘मैले अरूले भन्दा सस्तो दिने योजना बनाएको छु ।’
उनले आफुले किन्दा ८ सय प्रति चल्ला किनेका थिए, अब आफैँले उत्पादन गरेका चल्लाहरू अरू व्यवसाय गर्नेलाई प्रति चल्ला ५ सयमा दिन लागेको बताए ।
परिवारको पनि व्यवसाय तथा राजनीति दुवैमा साथ रहेको र त्यसैले गर्दा हौसला मिलेको उनको भनाइ छ ।
बुटवलसम्म बजार
अर्यालले यसपालिको दशैंमा लुम्बिनी प्रदेशको मुटु मानिने बुटबलमा झण्डै २ सय जति कालिज बिक्री गरे । चिसो ठाउँमा पालिएका कालिजको तराईमा निकै माग रहेको उनको भनाई छ ।
‘यसपालिको दशैंमा बुटबलमा माग भयो । यहाँबाट लगेर २ सय जति कालिज बिक्री गरेँ जसबाट लगभग ५ लाख जति कमाइ भयो,’ अर्यालले लोकान्तरसँग भने ।
‘राजनीतिले जीवन धान्नु भन्दा पनि जीवन धानेर राजनीति गर्नुपर्छ’
उनी राजनीति गरेरै जीवन धान्न नहुने बताउँछन् । राजनीतिलाई नै पेशा बनाए सेवाभन्दा पनि राजनीति व्यापार हुने उनको बुझाइ छ । त्यसैले उनले फर्मबाट आफ्नो जीवन धानेर मात्रै राजनीति गर्न लागेको बताए ।
‘राजनीतिले जीवन धान्नुभन्दा पनि जीवन धानेर राजनीति गर्दा राम्रो हुने मेरो विचार हो । जसले गर्दा भ्रष्टाचार रोकिने र राम्रोसँग सेवा गर्न सकिन्छ जस्तो लाग्छ,’ अर्यालले लोकान्तरसँग भने ।
‘जनप्रतिनिधि भएर गाउँमा काम गर्न गाह्रो छ’
सबै काम पालिकाबाट हुने भएपछि सरकारी कामका लागि टाढा जानुपर्दैन । गाउँका जनप्रतिनिधिहरू पनि निकै सक्रिय हुनुपर्ने अवस्था छ ।
‘स्वाभाविकरूपमा जनताको अपेक्षा गाउँमा विकास, उत्पादनका सामानहरूको बजार लगायत हुँदोरहेछ, तर हामीले त्यो पूरा गर्न विभिन्न बाधाहरू छन्,’ अर्यालले भने, ‘त्यसले गर्दा गाउँमा रहेर राजनीति गर्न धेरै गाह्रो छ ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...