×

NMB BANK
NIC ASIA

प्रहरीले शुक्रवार जुवातास खेलिरहेको अवस्थामा देशभरबाट १ सय जनालाई पक्राउ गर्‍यो । उनीहरूको साथबाट ८० लाख ७ हजार रुपैयाँ बरामद समेत भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

Muktinath Bank

त्यो दिन काठमाडौं महानगरपालिका–६ नयाँ बस्ती ओलाङचुङगोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ५१ वर्षीय माधव आचार्य लगायत १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नगद ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको खोजी भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ लेकबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको थियो । 

Vianet communication
Laxmi Bank

उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासा सहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी कपिलवस्तुको वाणगंगा नगरपालिका–१ स्थित किशोरजंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय उदय अधिकारी लगायत १८ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासासहित फेला पारी पक्राउ गरेको हो ।     

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तमलगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

सुर्खेतका वीरेन्द्रनगर नगरपालिका–८ कभर्डहल बस्ने ६३ वर्षीय गोविन्दबहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोविन्दसमेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैगरी सोही दिन भक्तपुर चाँगुनारायण नगरपालिका–६ तेलकोट बेसीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङको मंगोलीयन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दीपकलगायत १५ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

लमजुङ बेसीशहर नगरपालिका–३ गाउँशहर बस्ने २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोषसमेत १७ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद १ लाख ५६ हजार ५ सय ४० रुपैयाँसहित फेला पारी पक्राउ गरेको जनाएको छ । 

गोरखा नगरपालिका– ८ चाइनिजधारा बस्ने २९ वर्षीय मन्दीप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दीपलगायत ९ जनालाई बिहीवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख १ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरका अनुसार बिहीवार भाइटीकाको दिनसम्म अर्थात् ३ दिनमा उपत्यकाबाट ७६ जनालाई २८ लाख नगदसहित पक्राउ गरिएको छ ।

‘उपत्यकामा जुवातास खेल्ने ३ दिन २८ लाखसहित ७६ जनालाई पक्राउ गरेका छौं,’ एसपी राठौरले लोकान्तरसँग भने ।

चाँगुनारायण नगरपालिका– ८ सुडाल पूरीगाउँस्थित मणिराम पूरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाटले १२ लाख ४४ हजारसहित १५ जनालाई पक्राउ गर्‍यो । 

महानरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीका अनुसार पक्राउ  जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पूरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्बद्ध केही युवा नेता र पत्रकार समेत छन् ।

यस्तै काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ पुरानो नैकाप शंकर थापाको घरमा जुवा खेलिरहेका १६ पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतका अनुसार उनीहरूको साथबाट ४ लाख ४३ हजार ३०५ रुपैयाँसहित उनीहरूलाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ । 

खालबाट २ लाख ५९ हजार ९६५ रुपैयाँ तथा पक्राउ परेका १६ जना मानिसहरूको साथबाट १ लाख ८३ हजार ३४० गरी जम्मा नगद रकम रु ४ लाख ४३ हजार ३०५ बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकाप घर बस्ने वर्ष ५२ को पुष्कर थापा, वर्ष ४६ को पूर्णबहादुर बस्नेत, वर्ष ४१ को सुदर्शन बिडारी, वर्ष ४६ को लव कार्की, वर्ष ४४ को सुदामा के.सी. वर्ष ३१ को विजय बुढाथोकी वर्ष ५० को रवीन्द्र थापा, वर्ष ४३ को राजन खत्री, वर्ष ३६ को विश्वासजंग कार्की वर्ष ४० को सञ्जु थापा, वर्ष ३८ को निरञ्जन शाह ठकुरी वर्ष ४१ को शंकर थापा वर्ष ४४ को अष्टमान महर्जन वर्ष ३७ को निरञ्जन के.सी., दैलेख दुल्लु नगरपालिका ११ घर भई हाल काठमाडौं जिल्ला चन्द्रागिरि १३ बस्ने वर्ष ४७ को गणेश रसाइली र काभ्रे पाँचखाल नगरपालिका ११ घर भई हाल दक्षिणकाली नगरपालिका १ बस्ने वर्ष ३६ को कुमारबहादुर मगर पक्राउ परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x