×

NMB BANK
NIC ASIA

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– ११ बाबा वनगाईका ४५ वर्षिया रामकेवल लोनिया र उनीकी श्रीमती चिन्का लोनियाबीच समय समयमा झगडा भइरहन्थ्यो । 

Muktinath Bank

उनीहरूबीच झगडाको कारण थियो– सम्बन्धविच्छेद (डिभोर्स) । रामकेवल विना सम्पत्ति डिभोर्स दिने मूडमा थिए, तर चिन्काले सम्पत्ति मागेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै क्रममा असोजको पहिलो साता एक दिन खाना खाइसकेपछि उनले श्रीमतीलाई घाँस काट्न जाऊँ भनेर जंगलतर्फ लगे ।


Advertisment
Nabil box
Kumari

श्रीमानले घाँस काट्न जाऊँ भन्दा नजाने कुरा पनि भएन । तर उनीहरू दुवै जंगलबाट फर्किएनन् ।

Vianet communication
Laxmi Bank

बुवाआमा नै नफर्किएपछि चिन्तित छोरीले आफन्तको सहयोगमा प्रहरी कार्यालय गोरुसिंगे पुगेर खोजबिनका लागि उजुरी दिइन् ।

प्रहरीले खोजतलास गर्दा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेन ।

यसैक्रममा असोजको अन्तिम साता कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ स्थित चम्पापुर–कपिलवस्तु साझेदारी सामुदायिक वनमा शव भेटिएको खबर प्रहरीमा आयो ।

महेन्द्र राजमार्गबाट करीब ५ सय मिटर उत्तरतर्फ शव भेटिएको ठाउँमा पुग्दा हड्डी र खप्परहरू मात्र बाँकी थियो ।

शव कुहिइसकेकाले कंकाल मात्र थियो । मानव कंकालको व्यवस्थापन गरेर प्रहरीले अनुसन्धान शुरू गर्‍यो ।

शुरूमा मानिस हराएको भनेर प्रहरीमा परेका उजुरीहरू पल्टाइयो ।

सूचीमा हेर्दा महाराजगञ्ज नगरपालिका– ११ बाबा वनगाईकी १८ वर्षीया पुनिता लोनियाले दिएको उजुरीसँग मिल्दोजुल्दो देखियो ।

प्रहरीले पुनितालाई प्रहरी कार्यालयमा बोलाए मानव कंकालसँग भेटिएको चप्पल र कपडा देखाए । पुनिताले आफ्नी आमाको साडी चिनिहालिन् ।

त्यसपछि उक्त कंकाल ३५ वर्षीया चिन्का लोनियाको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले लोकान्तरलाई बताए ।

‘हामीले हो कि भन्ने शंका लागेर पुनितालाई बोलाएर देखायौं, उनले आफ्नी आमाले लगाएको कपडा सहजै चिनेपछि पहिचान खुल्यो,’ डीएसपी भण्डारीले लोकान्तरसँग भने ।

प्रहरीले आमाको त कंकाल फेला पार्‍यो, तर सँगै हराएका बुवा रामकेवल कहाँ छन् भन्ने पत्ता अझै लागेको थिएन । प्रहरीले प्राविधिक अनुसन्धान गरेर हेर्दा उनको मोबाइल लोकेसन भारततर्फ गएको देखियो ।

अनुसन्धान गर्दै जाँदा उनी नेपाल पनि आएको खुल्यो ।

सोही अनुसन्धानका आधारमा प्रहरीले उनलाई नेपाल–भारत सीमा नाकाबाट पक्राउ गर्‍यो ।

प्रहरीसँगको बयानका क्रममा उनले आफ्नी श्रीमतीको अर्कैसँग सम्बन्ध भएको र सम्पत्तिसहित डिभोर्स मागेकाले हत्या गरेको बताएका छन् ।

अर्कैसँग सम्बन्ध राखेर सम्पत्तिसहित डिभोर्स मागेकाले हँसियाले टाउकोमा प्रहार गरी हत्या गरेको उनको बयान छ ।

‘उनीहरूको झगडा डिभोर्सको विषयलाई लिएर भएको रामकेवलको प्रारम्भिक बयानमा देखिन्छ,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘उनले श्रीमतीले अर्कैसँग अनैतिक सम्बन्ध गाँसेको दाबी गरेका छन्, तर त्यो अब पुष्टि हुँदैन, किनकी चिन्काको हत्या भइसकेको छ ।’

प्रहरीले अहिले जिल्ला अदालत कपिलवस्तुबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x