×

NMB BANK
NIC ASIA

महाधिवेशन प्रतिनिधि छनोटमा ‘हस्तक्षेप’ गर्दै एमालेका केन्द्रीय नेता

कात्तिक २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चितवनमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्दा केन्द्रीय स्तरका नेताहरूले हस्तक्षेप गर्न थालेका छन् ।

Muktinath Bank

कात्तिक ८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पार्टी कार्यालयमा पालिकाको अधिवेशन तथा प्रतिनिधि छनोट गर्दा सर्वसम्मत गर्न निर्देशन दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष ओलीले पार्टीभित्र अर्काे गुट छैनन् भन्ने सन्देश दिनका लागि भए पनि निर्वाचन नगरी सर्वसम्मत गर्न निर्देशन दिए ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीको निर्देशन मान्दै केन्द्रीय सदस्य गुरु बराल, विनोद ढकाल, जीवन घिमिरे, भानुभक्त ढकाल, लालबाबु पण्डित लगायतका नेताले सहमति जुटाउने प्रयासका नाममा हस्तक्षेप गर्न खोजेको एमालेका जिल्लास्तरका नेताहरूको गुनासो छ ।

Vianet communication
Laxmi Bank

तर केन्द्रीय नेताहरूले सहमतिको प्रयास मात्रै गरेको बताएका छन् । ‘हामीले चुनावी प्रक्रियामा नगई सहमति गरौं भनेर मात्रै भनेका हौं,’ नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले भने, ‘हस्तक्षेप गरेका छैनौं ।’ उनले मोरङका ६ निर्वाचन क्षेत्रका ४० जना आकांक्षी तथा कार्यकर्ताहरूसँग छलफल मात्रै गरेको प्रतिक्रिया दिए ।

महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले भने केन्द्रका नेताहरूले हस्तक्षेप गरेर नाम नै तोकेर फलाना–फलानालाई प्रतिनिधिमा लैजानुपर्छ भन्न थालेका आरोप लगाएका छन्  ।

एक आकांक्षीले भने पहिला माधव नेपालनिकट रहेकाहरूलाई प्रतिनिधि छनोटमै ‘क्लीन स्वीप’ पार्ने गरी केन्द्रका नेता लागेका आरोप लगाए । उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उठ्ने संकेत गरेपछि प्रतिनिधि छनोटमा ओली निकटका नेताहरूलाई मात्रै लैजाने तयारीमा एमाले मोरङ रहेको स्रोतले जनाएको छ ।
 
‘केन्द्रका नेताहरूलाई हामीले निर्देशन दिने कुरा भएन,’ एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले भने, ‘उहाँहरूले पनि हस्तक्षेप गर्नुभएको भन्ने हामीलाई सूचना आएको छैन, सकभर सहमतिमै नाम टुंग्याउने हाम्रो प्रयास हो । सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुग्याउनुपर्ने बाध्यता रहेको छ ।’
  
प्रतिनिधि छनोटका लागि बिहीवार नेकपा एमाले मोरङको पार्टी कार्यालयमा बिहान १०–२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मनोनयन दर्ताका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

प्रतिनिधि चयनका लागि कात्तिक २७ गते निर्वाचन मिति तोकिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा २४ वटा मतदान केन्द्र तोकिसकेको एमाले मोरङले जनाएको छ ।

आगामी मंसिर १०–१२ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x