×

NMB BANK
NIC ASIA

विराटनगरमा दशैंयता उठ्न सकेन फोहोर, शहरभरी फैलियो दुर्गन्ध !

कात्तिक २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर बजारमा दशैंदेखि फोहार उठ्न सकेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि स्थानीयले सडक किनारामा फोहोर फाल्ने गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

फोहोर नउठ्दा शहरभर दुर्गन्ध फैलिन थालेको छ । महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेस्ट म्यानेजमेन्टले दैनिक घर, पसल तथा अस्पतालको फोहोर संकलन गर्ने, सडकमा कुचो लगाउने, साना नालाको सरसफाइ गर्ने र वेबारिसे मानव शव तथा मृत जीवजन्तुको व्यवस्थापन गर्ने काम गर्दै आइरहेकोमा दशैंयता काम गर्न सकेको छ ।


Advertisment
Nabil box
Kumari

फोहोर नउठाएपछि स्थानीय बासिन्दा महानगरपालिकासँग आक्रोशित हुन थालेका छन् । 

Vianet communication
Laxmi Bank

फोहोरबाट मोहर बनेका उदाहरण धेरै छन् । तर विराटनगर महानगरपालिकालाई भने फाहोर मैला व्यवस्थापन चुनौतिपूर्ण बनिरहेको छ । 

महानगरले हालसम्म पनि ल्यान्डफिल्ड साइटको व्यवस्थापन गर्न नसक्दा फोहोर नदी किनारमा थुपार्दै आएको छ । ल्यान्डफिल्ड साइडमा कुहिने र नकुहिने फोहोर मात्रै होइन अस्पतालमा मरेका बच्चा समेत त्यहीँ फाल्ने गरेको स्थानिय बासिन्दाको आरोप छ ।

गन्ध र झिँगाका कारण घरमा बस्न समस्या भइरहेको स्थानीय शंकर कामत दास बताउँछन् ।  महानगरले २०७३ सालदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा वेस्ट म्यानेजमेन्ट प्रालिलाई दिएको थियो । 

फोहोर मैला व्यवस्थापन ऐन २०६८ को परिच्छेद –३ मा स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी तोक्नुपर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्ने छ, भन्ने उल्लेख छ । 

स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायी रूपमा बिसर्जन गर्नका लागि वातावरणसम्बन्धी प्रचलित कानूनको अधीनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्यान्डफिल्ड साइट) तोक्न सक्ने व्यवस्था ऐनमा छ ।

विराटनगरमा करीब ६० हजार घरधुरीरहेका छन्, जसमध्ये १० हजार घरपरिवारले वेस्ट म्यानेजमेन्टबाट सरसफाइसम्बन्धी सेवा लिइरहेका छन् ।

महानगरपालिकाले वेस्ट म्यानेजमेन्टलाई मासिक रूपमा ११ लाख ४० हजार रूपैयाँ दिने गरेको छ । एकजना सेवाग्राहीबाट ३ सय देखी ३ हजारसम्म प्रालिले मासिक पैसा लिने गरेको छ । 

सेवाग्राहीबाट सेवा शुल्कबापत मासिक २७ देखि २९ लाख रुपैयाँको आम्दानी गर्छ । सम्झौता अनुरूप दैनिक फोहोर संकलन गर्न विराटनगरमा २५ वटा ट्याक्टर र २ सय २२ जना कर्मचारीहरू खट्ने गरेका छन्, जसमा महानगरका ३ वटा ट्रयाक्टर भाडामा परियोजनालाई दिइएको छ ।

मासिक प्रति ट्र्याकटर ७ हजार भाडा प्रयोग गरेबापत परियोजनाले महानगरलाई बुझाउने गरेको छ ।  परियोजनाका २२ वटा ट्याकटर फोहोर उठाएर ल्डान्डफिल्ड साइडसम्म लैजाने गरिएको छ । 

महानगरले १९ वडा मध्ये १७ वटा वडाको मात्रै फोहोर संकलन गर्ने गरेको छ । महानगरका ३२ परियोजनाका १ सय ९० जना मजदुर खटिएका छन् । यता परियोजनाका प्रमुख देवीप्रसाद आचार्यले भने महानगरपालिकाले पैसा ढिलो दिएका कारण फोहोर उठाउन समस्या भएको बताएका छन् । उनले अहिले फोहोर उठाउन थालिएको समेत दाबी गरेका छन् । 

यता महानगरपालिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेन । मेयर भीम पराजुलीसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू बाहिर रहेको बताए ।

प्रवक्ता उद्धव अर्यालले आफू बिरामी रहेको भन्दै कुनै प्रतिक्रिया दिएनन् भने महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले आफू मिटिङमा रहेको र यसबारे जानकारी नभएको प्रतिक्रिया दिए ।

सूचना अधिकारी समेत रहेकी वातावरण शाखाकी प्रमुख अनिता न्यौपाने कोइरालाले पनि आफूलाई जानकारी नरहेको बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x