२७ जेठ २०८३, बुधबार
परिकार

ईटालियन डिस क्यनोलोनी फ्लोरिनटिन कसरी बनाउने ?

कात्तिक २७, २०७८
ईटालियन डिस क्यनोलोनी फ्लोरिनटिन कसरी बनाउने ?

ईटालियन डिस क्यनोलोनी फ्लोरिनटिन धेरैलाई मनपर्ने परिकार हो । पिज्जा पास्ताभन्दा पृथक स्वादको क्यनोलोनी फ्लोरिनटिन परिकार भेज या ननभेज दुवैमा बनाउन मिल्छ । चिज र क्रिमको मिश्रणले यो खानालाई एम्मी बनाएको हुन्छ ।

क्यनोलोनी फ्लोरिनटिन बनाउन चाहिने सामग्रीः

पास्ता सिट ४ पिस, जैतुन तेल ३ टेबल स्पुन, गार्लिक १ टेबल स्पुन, प्याज काटेको १ पिस, फ्रेस ओरेगानो सानो १ बन्च, पालक १ मुठा, डल्ले च्याउ २०० ग्राम, नून स्वाद अनुसार, मरिचको धुलो आधा चियाचम्चा, क्रिम आधा कप, चिज ६० ग्राम, टोम्याटो सस र बेचामेल सस आधा–आधा कप ।

क्यनोलोनी फ्लोरिनटिन बनाउने तरिकाः

पास्ता सिटलाई बोइल गरेर एकसाइड लगाउने । प्यान तताएर जैतुनको तेल हाली गार्लिक फुराउने र अनियनलाई पनि ब्राउन बनाउने । पखालेर मसिनो गरी काटेको पालक र च्याउ हालेर चलाउने । नून मरिच, ओरिगानो हालेर एकछिन पकाउने र अन्त्यमा क्रिम र चिज हालेर सेमिलिक्वुट बनाउने । अब पास्ता सिटमा मिक्चर भरेर रोल गर्ने ।

रोललाई बेकिङ ट्रेमा मिलाएर राख्ने र माथिबाट बेचामेल र टोमेटो ससले लेपन गर्ने । चिज छरेर प्रिहिट ओभनमा ७ मिनट बेक गरेर तातो–तातो सर्भ गर्ने । एउटा अर्डरमा २ रोल क्यानोलोनी फ्लिरिनटिन सर्भ गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्