×

NMB BANK
NIC ASIA

लमजुङमा पुस १२ गतेदेखि २९औं त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

कात्तिक २७, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

लमजुङ जिल्लाकै ठूलो राशि भएको २९औं त्रिवेणी कप प्रतियोगिता बेंसीशहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ ।

Muktinath Bank

बेंसीशहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औं त्रिवेणी कप राष्ट्रव्यापी फूटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजक क्लबले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । बर्सेनि प्रतियोगिता हुँदै आए पनि गत वर्ष कोरोना संक्रमणका कारण स्थगित गरिएको र यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘खेलाडीहरूको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।’


Advertisment
Nabil box
Kumari

फूटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र  स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । यस्ता प्रतियोगिताबाट बर्सेनि राम्रा राम्रा खेलाडी उत्पादन हुँदै आएका र यस वर्ष समेत राम्रो फुटबल खेलाडी उत्पादन हुने अपेक्षा आयोजकको छ । 

Vianet communication
Laxmi Bank

प्रतियोगितामा लमजुङसहित काठमाडौं, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करीब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ । 

प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई ३ लाख रुपैयाँसहित अन्य पुरस्कार दिइने क्लबका अध्यक्ष गुरुङले बताए । सेमिफाइनमा पुग्ने २ टोलीलाई ५०/५० हजार रुपैयाँ र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही १५/१५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको क्वार्टर फाइनलभन्दा माथिमा खेलहरूमा ‘म्याच अफ दी म्याच’ घोषणा गरेर ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगितामा करीब २५ टोलीको सहभागी हुने अपेक्षा भए तापनि राम्रो टोली छनोट गरेर १६ टोलीलाई  मात्र खेलाउने कि वा सहभागी सबै टोलीलाई खेलाउने भन्ने विषयमा टुंगो लगाउन भने बाँकी रहेको अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा दैनिक ५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ । करीब १० दिनसम्म हुने प्रतियोगिता अवधिभर ५० हजार दर्शकको उपस्थित हुने अनुमान आयोजकको छ । दर्शकमध्ये दैनिक ८०० जनालाई प्याराफिट सिटमा बस्न सक्ने र उनीहरूलाई प्रतिव्यक्ति रु ५० टिकटको  व्यवस्था गरिने भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x