×

NMB BANK
NIC ASIA

सफलता

मासिक २०० तलबमा जागिर गरेका यी व्यक्ति बने १५०० जनाका रोजगारदाता !

कात्तिक २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको सुन्दरहरैंचा नगरपालिकाका भोला दुलाल पूर्वाञ्चल ल्युब आयल (पीएलओ) का प्रबन्ध निर्देशक हुन् । सफल उद्यमीको रूपमा स्थापित दुलाल करीब २ दर्जन उद्योग, व्यवसायमा आवद्ध छन् ।

Sagarmatha Cement
Muktinath Bank

पीएलओ, विराटकोल, सीताकोल फेबिकल, जि–सेभेन पेन्ट्स, मोटरसाइकलको ट्युब उद्योग, होटल, निजी विद्यालय र दर्जनभन्दा बढी ट्रेडिङ व्यवसायमा आवद्ध छन् उनी । अटो ल्युब प्रालि, अन्नपूर्ण ट्रेड लिंक प्रालि, ब्राइट फ्युचर एजुकेसन फाउन्डेसन प्रालि, उद्योग वाणिज्य संघ, नेपाल जेसिजको अध्यक्ष समेत भइसकेका दुलाल २०४६ सालमा मासिक २०० रुपैयाँमा अरुको पसलमा जागिर गर्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०३२ वैशाख १८ गते घनश्याम दुलाल र दुर्गादेवी दुलालको कोखबाट जन्मेका दुलालको जन्म मोरङको साविक राजघाट हाल उर्लाबारी नगरपालिका भएको हो । गाउँमा जन्मेका उनले बुवालाई चिन्ने मौका पाएनन् । 


Advertisment
Nabil box
Kumari

‘मलाई १ वर्ष पुग्न नपाउँदै बुवाले संसार छाडेर जानुभयो,’ दुलालले भने, ‘जेनतेन गरेर आमाले एसएलसीसम्म पढाउनुभयो । सामान्य किसान परिवार भएकाले आमालाई व्यवहार धान्न कठिन हुन्थ्यो । दुइटी आमाहरू हुनुहुन्थ्यो । २ दाजुभाइ र ३ जना दिदीबहिनी थियौं ।’

Vianet communication
Laxmi Bank

एसएलसी पास गरेपछि आमाले थप पढाउन नसक्ने बताएको उनी स्मरण गर्छन् । ‘२०४६ सालमा एसएलसी पास गरेपछि आमाले ‘म पढाउन सक्दिनँ, भएको सम्पत्तिभन्दा बढी ऋण लागिसक्यो, अब कमाउँदै पढ्’ भन्नुभयो,’ उनले भने, ‘मैले मामालाई गएर मलाई पढ्न मन छ, काम खोजिदिनुपर्‍यो भनें । मामाले दमकका नारायण गौतमले सञ्चालन गर्नुभएको एक मशिनरी पसलमा महिनामा २०० रुपैयाँ दिने गरी काम खोजिदिनुभयो । मैलै त्यहीँ पसलमा काम गर्दै १२ कक्षासम्मको अध्ययन गरें, ३ वर्षजति काम गरेपछि आफैंलाई व्यवसाय गर्ने भूत चढ्यो ।’

व्यवसायमा हात हाल्दै उनले विराटचोकमा पसल खोले । ‘२०४९ सालमा ७० हजार रुपैयाँ पुँजी लगाएर विराटचोकमा मशिनरी पसल सञ्चालन गरें । यहाँ कुनै व्यापारी थिएनन् र व्यवसाय पनि । विराट चोकमा आउँदा एउटा पक्का घर बन्दै थियो । बिजुली, बाटा केही पनि थिएनन् । मेरा लागि चुनौती र अवसर दुवै थियो । मैले जुन पसलमा काम गरें, त्यहीँ व्यवसाय विराट चोकमा सञ्चालन गरें । वीरगञ्ज, दमकबाहेक कतै पनि त्यस्ता पसल थिएनन् । ३ वर्षको मात्रै अनुभव भएका कारण मेरा लागि ठुला चुनौतीहरू धेरै थिए । मेहनतका कारण सोच अनुसारको कमाइ पनि गर्न सफल भएँ,’ उनले भने, ‘धन कमाए पनि नाम कमाउन सकिनँ । उद्योग व्यवसायबाटै नाम कमाउने मेरो उद्देश्य थियो । नाम कमाउनका लागि उद्योग चलाउनुपर्छ भन्ने लाग्यो । आफ्नै देशमा केही गर्नुपर्छ, यहीँ भविष्य खोज्नुपर्छ भन्ने थियो, त्यही जोशका कारण काम गर्न सफल भएँ ।’

उद्योग स्थापनाका लागि उनले लुब्रिकेन्टस् क्षेत्र रोज्न खोजे । ‘मैलै काम गरेको पसल र मेरो पसलमा पनि लुब्रिकेन्टस्हरू धेरै चल्थे । अरुले उत्पादन गरेको बेच्ने नभई आफैं उत्पादन गर्ने लक्ष्य लिएर अध्ययन गर्न भारत गएँ । पार्टनर राजेश अग्रवालसँग भेट भयो र खोलौं भनेर सल्लाह गर्‍यौं,’ उनले भने ।

अहिले ७ जना मिलेर पीएलओ सञ्चालन गरिरहेको उनले बताए । ‘२०५८ सालमा स्थापना गरेका थियौं, मेहनत पनि गर्‍यौं, त्यसको प्रतिफल राम्रो छ । नेपालमा नम्बर वान ब्रान्ड बनाउन सफल भएका छौं,’ उनले भने ।

उनले होटल व्यवसाय पनि सञ्चालन गरेका छन् । ‘हामीले हाम्रै देशका अग्लादेखि होचा ठाउँको सुन्दरता बेचेर नै पैसा कमाउन सक्छौं तर उदाउँदा शहरहरूमा लगानीकर्ता आउँदैनन् । पुराना र चलेका शहरहरूमा मात्रै लगानी गर्ने गरेको पाइन्छ । त्यही भएर हामीले दमक र विराट चोकमा होटल व्यवसाय पनि सञ्चालन गर्न थालेका छौं,’ उनी भन्छन्, ‘यी बजारमा विदेशी पाहुना आउँदा बस्ने खालका होटल नै छैनन्, त्यही भएर हामीले व्यवसाय शुरू गरेका हौं । होटलमा ३०० भन्दा बढी कर्मचारी छन् ।’ आफूले सञ्चालन गरेका उद्योगधन्दा र व्यवसायमा १ हजार ५०० जनालाई रोजगारी दिएको उनले बताए । कोभिडले व्यवसायलाई ४–५ वर्ष पछाडि धकेलेको उनी बताउँछन् ।

उनको परिवारका सबै सदस्य व्यवसायमै आवद्ध छन् । उनका छोराले स्नातक सकेर होटल सम्हालिरहेका छन् भने छोरी हाउजिङ कम्पनी खोलेर काठमाडौंमा घर बनाइरहेकी छन् । छोरीले ७ वटा घर बनाइरहेकी दुलालले बताए । उनले शुरू गरेको व्यवसाय सत्कार मशिन पत्नीले हेर्ने गरेकी छन् ।

पीएलओसहित अन्य उद्योगहरू आफूले हेर्ने गरेको दुलालले बताए । ‘आमाबाहेक दाजुभाइ र भतिजहरू पनि व्यवसायमा छन्,’ उनले भने, ‘मेहनत गर्‍यो भने नेपालमै केही गर्न सकिन्छ ।’

‘पीएलओ उद्योग खोल्दा दुलाल बौलायो भन्थे, पार्टनरहरूले पनि यहाँ नखोलौं, अन्य उद्योग भए ठाउँमा जाउँ भनेका थिए । नयाँ व्यवसाय गर्दा भर्जिन अर्थात नयाँ ठाउँको खोजी गर्नुपर्छ भन्ने लागेर मेरै जिद्दीका कारण होटल तथा उद्योग विराट चोकमा खोलेका हौं,’ उनले भने । मेहनत गरे सफल पाइन्छ भन्ने उदाहरण दिइरहेका छन् उनी ।

नेपाल जेसिज वर्ष २०१३ को राष्ट्रिय अध्यक्ष, उद्योग वाणिज्य संघ इन्द्रपुरको ३ कार्यकाल अध्यक्ष हुँदै उनकै नेतृत्वमा विराट एक्सपो तथा विराटनगरमा विराटनगर एक्सपो समेत भएका छन् । ११८ वटा देशको भ्रमण गरिसकेको उनी बताउँछन् । सूचीकृत भएका १९८ देश नै भ्रमण गर्ने लक्ष्य रहेको उनले बताए ।

युरोप, अमेरिका, लन्डन घुम्दा देखेका सार्वजनिक शौचालय सुन्दरहरैंचामा बनाएको उनले बताए । पुस्तकालय सहितको शौचालय नेपालमै पहिलो बनाएको उनले दाबी गरे । ‘२ वटा बनिसकेका छन्, अरु पनि बन्ने क्रममा छन्,’ उनले भने, ‘घुमेर फर्केपछि त्यहाँका राम्रा काम यहाँ आएर गर्न मन लाग्छ ।’ ब्याडमिन्टन हल पनि विदेशमै देखेर बनाएको उनले बताए । 

उनी २३ वटा व्यवसायमा आवद्ध छन् । ५ वटा उद्योगको नेतृत्व उनले गरेका छन्, जसमध्ये प्रमुख उद्योग पीएलओ लुब्रिकेन्ट्स हो । विराटकोल, सीताकोल फेबिकल, पेन्ट्स्, मोटरसाइकलको ट्युब उद्योग, निजी विद्यालय पनि सञ्चालन गरिरहेका छन् उनले । ट्रेडिङ बिजनेश अन्तर्गत टायर, गाडीका पार्ट आयात गरेर उनले बिक्री गर्दै आएका छन् । सबैभन्दा पुरानो सत्कार मशिनरी हो, सत्कारबाहेक उनका सबै व्यवसाय साझेदारीमा सञ्चालित छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x