×

NMB BANK
NIC ASIA

ऊर्जामन्त्री भुसालको आह्वान- विद्युतीय सामग्रीको प्रयोग बढाऔं

कात्तिक २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताएकी छन् । 

Muktinath Bank

सामूदायिक रेडियो प्रशारक संघ (एकोर्‍याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विशेषज्ञ र सरोकारवालालाई अध्ययन गराएर कार्यायोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ,’ उनले भनिन्, ‘स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको मार न्यूनीकरणमा पनि मद्दत पुग्छ ।’ 


Advertisment
Nabil box
Kumari

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा उनले जोड दिइन् । 

Vianet communication
Laxmi Bank

‘हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ,’ उनले भनिन्, ‘विकसित राष्ट्रले गरेको गल्तीका कारण  जलवायु परिवर्तनको नराम्रो असर नेपालमा पर्न थालेको छ ।’

यस्तै उनले विपद्का समयमा रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताइन् । साथै उनले समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै भएको भन्दै जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई विद्युत् शुल्क निःशुल्क गरेको बताइन् । 

कार्यक्रममा एकोर्‍याबका अध्यक्ष अर्जुन गिरीले कोभिड–१९ को सङ्क्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामुदायिक एफएमहरूले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै सामुदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताए । 

कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामुदायिक रेडियोले प्रविधिमात्र नभई विषयवस्तुका सन्दर्भमा पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताए । 

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक कमलराज जोशीले सामुदायिक रेडियोसँग सहकार्य गरेर विपद्का सूचना प्रवाह गर्न विभाग तयार रहेको त्यसका लागि प्रक्रिया अगाडि बढाउने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x