×

NMB BANK
NIC ASIA

प्रदेशको नामकरणमा ढिलाइ

‘बेनामे’ १ नम्बर प्रदेश: मुख्यमन्त्री सजिलै फेरिने, नामकरण ४ वर्षसम्म नहुने !

कात्तिक ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दू संस्कार अनुसार जन्मेको ११ दिनमा बच्चाले आफ्नो नाम पाउँछ । १ नम्बर प्रदेशले भने स्थापनाको ४ बर्ष बित्न लाग्दा समेत आफ्नो नाम पाउन सकेको छैन ।

Muktinath Bank

प्रदेशमा ३ वटा  मुख्यमन्त्री बनिसके तर प्रदेशले आफ्नो नाम पाउन सकेको छैन । २०७६ वैशाख २३ गते प्रदेश राजधानीको टुंगो लागेको प्रदेशमा सत्तारुढ नेकपा एक्लैसँग प्रदेश सभामा दुईतिहाइ बहुमत भए पनि नाम टुंगो लगाउन सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभामा दुईतिहाइ बहुमतसहित पहिलो मुख्यमन्त्री बनेका शेरधन राईले प्रदेशको नामको विषयमा कुनै छलफल अघि बढाउन चाहेनन् । किरातसँग कोशी तथा सगरमाथाको नाम जोडेर प्रदेशको नाम राख्ने इच्छा बनाएका मुख्यमन्त्री राई तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न काठमाडौं गएका थिए । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले अगाडि थपिने नाम हटाउन निर्देशन दिएको राई निकट स्रोतको भनाइ रहेको छ । आदिवासी समुदायका मुख्यमन्त्री राई ओलीको निर्देशनपछि प्रदेशको नामकरणको विषयमा मौन बसेका थिए । 

Vianet communication
Laxmi Bank

९३ सदस्यीय प्रदेश सभामा सभामुख र उपसभामुखबाहेक ६५ सदस्यीय नेकपा संसदीय दलको नेता उनै राई थिए । साढे ३ वर्ष नेतृत्व गरेका राईले प्रदेशको नाम दिन सकेनन् ।

बरु मुख्यमन्त्रीबाट बिदा हुँदै गर्दा राईले भीम आचार्यको काँधमा प्रदेशको नामकरणको बोझ सुम्पेका थिए । भदौ ११ गते पत्रकार सम्मेलन गर्दै राईले आफूले नाम राख्न नसकेकोमा पश्चाताप भएको बताएका थिए । उनले एमाले नेतृत्वकै सरकारले नाम राख्ने बताएका थिए ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्यलाई प्रदेशको नामकरणको विषयमा सोच्ने फुर्सद नै भएन । भदौ १० गते मुख्यमन्त्री भएका आचार्य १ हप्ता नबित्दै अल्पमतमा परेका थिए । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद गएपछि उनी अल्पमतमा परेका थिए । उनलाई आफ्नो पद जोगाउनै संकट परेपछि नामकरणबारे सोच्ने कुरै भएन ।

आचार्यले कात्तिक १५ गते राजीनामा दिएपछि १६ गते नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यन्त्री बनेका छन् । मुख्यमन्त्री राईसामु पनि नामकरण ‘फलामको चिउरा’ जस्तै छ । नाम टुंगो लगाउन दुईतिहाइ बहुमतले पास गर्नुपर्ने भए पनि उनी बहुमतका आधारमा मात्रै मुख्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री राईले प्रदेशको नामकरणलाई प्राथमिकता दिने बताउँदै आएका छन् । उनले विश्वासको मत लिएपछि नामकरणको विषयमा प्रवेश गर्ने बताए ।

प्रदेशको नामभन्दा पहिला मुख्यमन्त्री फेरिन थालेपछि जनतामा प्रदेश सरकारप्रति विश्वास घट्दै गइरहेको छ । नामकरण गर्न नसक्ने सरकारबाट अरु केही पनि आश गर्न नसकिने विराटनगरका घनेन्द्र  कटवालले बताए ।

निवर्तमान मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले खुट्टा टेक्न नसक्दा प्रदेशको नामकरण हुन नसकेको राजनीति विश्लेषक कृष्ण पोख्रेलको भनाइ छ । संघीयता आए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसक्दा प्रदेशले नाम पाउन नसकेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x