×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

चोलेन्द्रको राजीनामा ढिला भए सेवाग्राही सडकमा आउन सक्छन्- बार अध्यक्ष श्रेष्ठ

काठमाडाैं | मंसिर ३, २०७८

NTC
TVS INSIDE

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा गर्न ढिला गरे सेवाग्राही सडकमा आउने चेतावनी दिएका छन् । 

Sanima Bank
morang Auto yamaha

कानून व्यवसायीबाहेक विभिन्न पेशाकर्मी पनि केही दिनमा सडकमा उपस्थित हुने उनले दाबी गरे । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्नापछि शुक्रवार बार प्रांगणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आज दिउँसो ३ बजेसम्म राजीनामा नआए उच्च अदालत भएको ठाउँमा पनि विरोध सभा गर्ने बताएका हुन् । 

‘भ्रष्ट प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै भइरहेको आन्दोलनमा विभिन्न पेशाकर्मी केही दिनमा सडकमा देखिनु हुनेछ । ९० वटा बार युनिटले काठमाडौं आउन तयार छौँ भनेका छन्, भ्रष्ट प्रधानन्यायाधीश जति लम्बियो सेवाग्राही प्रभावित हुनेछन् र सेवाग्राही पनि सडकमा आउने अवस्था छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बारका सल्लाहकारको सुझावको आधारमा अर्को कार्यक्रम तय गर्दैछौँ आज ३ बजेसम्म राजीनामा नदिए १८ उच्च अदालत भएको ठाउँमा विरोध सभा हुनेछ, जहाँ न्यायकर्मी सहभागी हुनेछन् ।’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अध्यक्ष श्रेष्ठले बारको आन्दोलनलाई समर्थन गर्न अदालतका कर्मचारी र न्यायाधीशसँग आग्रह गरे । ‘कर्मचारी मित्रहरू तपाईंहरूले सेवा गर्ने मन्दिरमा भ्रष्ट रहन्छ भने तपाईंहरूको इज्जत रहँदैन,’ श्रेष्ठले भने । 

बार महासचिव लीलामणि पौडेलले सल्लाहकारहरूसँगको छलफल पनि आन्दोलनका थप कार्यक्रम घोषणा गरिने बताए । सल्लाहकारको बैठक आज दिउँसो १ बजे बस्दैछ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले गत बिहीवारदेखि सर्वोच्चको गेटमा धर्ना दिइरहेको छ । त्यसक्रममा हिजो प्रहरीसँग झडप हुँदा केही कानून व्यवसायी घाइते भएका थिए । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तन खारेजको माग गर्दै परेको रिट निवेदनलाई विशेष अग्राधिकारसहित सुनुवाइ गर्दै सक्कल कागजात झिकाउन आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायधीशद्वय दीपक कार्क...

माघ ४, २०७८

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै अदालतले आगामी दुई हप्ता (माघ ५ देखि १८ गते) विभिन्न सेवाहरूमा कटौती गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण ब...

पुस २९, २०७८

नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहजरूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान ...

माघ ४, २०७८

राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालय सहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोशाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा १४७ कार्य...

पुस २८, २०७८

आपसी मिलेमतोमै नेपालमा धेरै भ्रष्टाचार हुँदै आएको छ । बागलुङ जिल्लाका सरोकारवालाले आपसी सम्बन्धमा दरार भएपछि र आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै उजुरी गर्ने गरेको बताएका छन् । अख्तियार दुरुपायोग अनुसन्धान आयो...

पुस २८, २०७८

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले बुधवार एक सूचना प्रकाशित गर्दै सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू भएको जनाएको छ । मन्त्रालयले हा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...