×

NMB BANK
NIC ASIA

कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन : रूपन्देहीमा खाँणसमर्थित अधिकांश उम्मेदवार पराजित

मंसिर ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रूपन्देहीमा उनी निकट अधिकांश उम्मेदवार पराजित भएका छन् । शुक्रवार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा सभापति देउवा (खाँण) निकट उम्मेदवारहरूले हार बेहोरेका हुन् । 

Muktinath Bank

रूपन्देहीमा १० वटा प्रदेश सभा निर्वाचनमा संस्थापन इतर (रामचन्द्र पौडेल) समूहका ७ र खाँण निकट ३ जना सभापति विजयी भएका छन् । पौडेल समूहले प्यानलसहित जित हासिल गरेको छ । यसले गृहमन्त्री खाँण आफ्नै गृहजिल्लामा धेरै कमजोर रहेको पुष्टि गर्छ । रुपन्देहीमा प्रतिनिधि सभामा ५ वटा निर्वाचन क्षेत्र छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवा समूहबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नवीनराज आचार्यको समूह र (ख) बाट मदनप्रसाद पोखरेलको प्यानल विजयी भएको छ । उनीहरू दुवै जना खाँण निकट हुन् । 


Advertisment
Nabil box
Kumari

खाँणको गृहनगर प्रदेश सभा निर्वाचन क्षेत्र ३ (क) मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ । त्यहाँ पनि पौडेल समूहका उम्मेदवार जित नजिक छन् । ३ (ख) बाट भने देउवा समूहका घनश्याम चालिसेको समूह विजयी भएको छ । 

Vianet communication
Laxmi Bank

क्षेत्र नम्बर २ को (क) निर्वाचन क्षेत्रबाट खडक बहादुर महत नेतृत्वको पौडेल समूह विजयी भएको छ । उनी पौडेल समूहका हुन् । त्यस्तै (ख) बाट पौडेल समूहकै परशुराम ढकाल नेतृत्वको प्यानल निर्वाचित भएको छ । २ को (क) बाट खाँणका स्वकीय सचिव विजेश न्यौपाने पनि पराजित भए । 

यता प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ४ (क) मा शिवकुमार यादव र ४ (ख) मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ । उनीहरु पनि पौडेल निकट नेताहरू हुन् । निर्वाचन क्षेत्र नम्बर ५ मा (क) र (ख) दुवै निर्वाचन क्षेत्रमा भरतकुमार शाह पक्षका उम्मेदवारहरू विजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (क) बाट रामबहादुर थापाको समूह विजयी भएको छ ।  (ख) बाट यसअघि नै शाहनिकट समूह निर्विरोध निर्वाचित भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x