×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन : मोरङमा पौडेल–कोइराला समूह हावी, संस्थापन पक्ष कमजोर

मंसिर ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेस मोरङमा संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना सभापतिमात्र विजयी भएका छन् ।

Muktinath Bank

मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सर्वसम्मत भएपछि थप आठवटामा सभापति चयन गर्न शनिवार निर्वाचन भएको थियो ।  साँझदेखि नै मतगणना आरम्भ भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन् । लामा सर्वसम्मत भएका हुन । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल सर्वसम्मत भएका हुन । 


Advertisment
Nabil box
Kumari

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह विजयी भएका छन् । उनीहरू सर्वसम्मत भएका हुन । कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित उनीहरू देउवा पक्षका उमेदवार हुन् ।

Vianet communication
Laxmi Bank

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी भएका छन् । निर्वाचनबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारी निर्वाचित भएको मोरङ कांग्रेसका सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । 

घिमिरेका अनुसार मोरङको मत परिणामअनुसार जिल्लामा पौडेल–कोइराला समूह दह्रो देखिएको छ । निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन् ।

मोरङ कांग्रेसका अनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए । प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले जानकारी दिएका छन् । 

मोरङको निर्वाचनमा केन्द्रीय नेताहरू महेश आचार्य, डा. शेखर कोइराला, मिनेन्द्र रिजाल र अमृत अर्यालले चासो दिएका थिए । कतिपय क्षेत्रमा मोरङ कांग्रेस सचिव नागेश कोइराला र कांग्रेस संसदीय दल १ नम्बर प्रदेशका प्रमुख सचेतक तथा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की पक्षधर उमेदवारबीच पनि प्रतिस्पर्धा देखिएको छ ।

दुबै नेता एउटै खेमाका भएपनि पालिका तथा प्रदेश निर्वाचन क्षेत्रको चुनावमा प्रतिष्पर्धा गरेका छन् । उनीहरूबीच पनि शक्ति प्रदर्शन भएको कांग्रेसका नेताहरू बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x