×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

प्रदेश १ बाट एमाले पदाधिकारीमा १० आकांक्षी: नेम्वाङ, योगेशदेखि लालबाबुसम्मको दाबी केमा ?

मंसिर ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी शुक्रवारदेखि शुरू हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीका लागि झन्डै १ दर्जन नेताले आकांक्षी देखाएका छन् ।

Muktinath Bank

औपचारिक रूपमा कसैले उम्मेदवारी घोषणा नगरे पनि सामाजिक सञ्जाल तथा विभिन्न प्लेटफर्ममार्फत नेताहरूले आफ्नो दाबी पेश गरिरहेका छन् । प्रदेश १ बाट १० जना नेता पदाधिकारीको आकांक्षी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश १ बाट प्रतिनिधित्व गर्ने सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको आकांक्षी छन् । तर उनले आफ्नो उम्मेदवारी भने घोषणा गरिसकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

केही दिनअघि विराटनगरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा उनले पार्टीभित्र छलफल गरेर मात्रै उम्मेदवारी दिने बताएका थिए ।

Vianet communication
Laxmi Bank

‘अध्यक्षमा केपी ओलीपछिको वरीयतामा संसदीय दलको उपनेता रहेकाले स्वाभाविक रूपले उहाँले पदाधिकारीमा दाबी गर्नुहुन्छ,’ नेम्वाङ निकट एक नेताले भने । संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेम्वाङ अहिले प्रतिनिधि सभामा एमाले संसदीय दलको उपनेता छन् । 

पूर्वमन्त्री लालबाबु पण्डितले पनि उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । अघिल्लो महाधिवेशनमा माधव नेपाल समूहबाट उपाध्यक्षमा भिडेको उनी पराजित भएका थिए ।

प्रतिनिधि छनोट गर्दा पनि सहमतिमै भएकाले सहमति भए पदाधिकारीको अन्य पद पनि स्वीकार्न सकिने उनको भनाइ छ । पदाधिकारीलाई समावेशी बनाउनका लागि पनि आफू उपाध्यक्ष निर्वाचित हुनुपर्ने उनको दाबी छ ।

अहिले एमालेको सचिव रहेका योगेश भट्टराई र भीम आचार्यले पनि पदाधिकारीमा दाबी गरेका छन् । दुवैको दाबी उपमहासचिवमा भएपनि सहमति भएको खण्डमा सचिवमा चित्त बुझाउने निकटस्थहरू बताउँछन् । 

१० बुँदेमार्फत एमालेमै बसेका उनीहरू महाधिवेशनको मुखमा अध्यक्ष केपी शर्मा ओललाई फकाइरहेका छन् । प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले खुलेर नै ओलीको प्रशंसा गरिरहेको एमालेकै नेताहरू बताउँछन् । 

पार्टीको सचिवका लागि पूर्वका केही नयाँ अनुहार दाबेदार देखिएका छन् । 

पूर्वमुख्यमन्त्री शेरधन राई, अखिलका पूर्वअध्यक्ष हिक्मत कार्की, गुरु बराल, राजेन्द्र गौतम, पूर्वमन्त्री भानुभक्त ढकाल, परशुराम मेघी गुरुङले पनि सचिव दाबी गरिरहेका छन् । 

राष्ट्रिय सभाको एक समितिका सभापति समेत रहेका गुरुङ माधव नेपालको क्याम्प छाडेर संस्थापन पक्षमै बसेका थिए । 

गुरु बराल ५ औँ  महाधिवेशनपछि लगातार केन्द्रीय कमिटीमा रहँदै आएका छन् । एमाले अध्यक्ष ओलीका समकालीन नेताका रूपमा बराललाई लिने गरिन्छ । लम्बेतान भाषण र व्यवहारका कारण नै उनी राजनीतिमा पछाडि परेको निकटस्थहरू बताउँछन् ।

‘एक दुईजना कार्यकर्ता मात्रै भए पनि दुई घण्टा बढी भाषण गर्ने गर्ने उहाँको बानी छ । समकालीनहरू पार्टीको नेतृत्वमा पुग्दा उहाँले केन्द्रीय सदस्यमै चित्त बुझाउनुभएको छ,’ पूर्वका एक नेताले लोकान्तरसँग भने । 

हिक्मत कार्की प्रदेश १ प्रदेश सभामा एमालेको उपस्थिति सशक्त बनाउने भूमिकामा देखिएका छन् । एमाले बाहेकका अन्य दलसँग पनि राम्रो सम्बन्ध बनाएका कार्कीलाई एमालेभित्रको चाणक्य भनेर समेत अन्य दलले चिन्ने गरेका छन् । भीम आचार्य मुख्यमन्त्री भएपछि विपक्षी गठबन्धनको सांसद चोर्न सबैभन्दा बढी कार्की नै सक्रिय भएका थिए । संसद्मा पनि उनै सक्रिय देखिन्थे । 

सचिवमा दाबी गरेका शेरधन राई विगतमा राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्थे । भण्डारीको माइती भोजपुर भएकाले राईले दिदी भनेर सम्बोधन गर्ने गरेका छन् । उनलाई राष्ट्रपति भण्डारीको सहानुभूति रहने अनुमान गरिएको छ ।

गत प्रतिनिधि सभा निर्वाचनमा मोरङबाट प्रत्यक्ष निर्वाचित भानुभक्त ढकालले ओली प्रधानमन्त्री भएको समयमा लामो समय मन्त्री हुने अवसर पाएका थिए । कोरोना महामारीको समयमा भएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा उनी विवादमा तानिएका थिए । 

अन्य केही नेताहरूले पनि पदाधिकारीमा आकांक्षा राखेको भएपनि घोषणा गर्न सकेका छैनन् । ‘अध्यक्ष ओलीसँग डराएर नेताहरू बोल्न सकेका छैनन् । उनीहरूले मुख नखोले पनि आफू निकटका कार्यकर्तालाई प्रचार गर्न भने लगाइरहेका छन्,’ एक नेताले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x