×

NMB BANK
NIC ASIA

हात्तीवनमा नारायणकाजी-विप्लव 'अंकमाल'– के भयो कुराकानी ?

मंसिर ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । 

Muktinath Bank

विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए । श्रेष्ठले विप्लवलाई अंकमाल गरेर स्वागत गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रसँग एकता गर्न पनि सकिने अभिव्यक्ति दिएपछि विप्लवले माओवादीका नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए । 


Advertisment
Nabil box
Kumari

शुरूमा कार्यगत एकता गर्ने र पछि पार्टी एकता हुन सक्ने विप्लवले बताउँदै आएका छन् । पार्टी एकताको लागि माओवादी केन्द्रले कार्यशैलीमा सुधार गर्न आवश्यक भएको विप्लवले बताउने गरेका छन् । 

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको सार्वजनिक अभिव्यक्ति दिदैं आएका छन् । 

तर, आजको भेटवार्तामा भने पार्टीको एकताको विषयमा कुरा नभएको श्रेष्ठले लोकान्तरसँग बताए । 

उनले भने, ‘सार्वजनिक भएपछि उहाँ र मेरो व्यक्तिगत रूपमा भेट भएको थिएन । कम्युनिष्ट क्रान्तिकारीहरूको बीचमा आन्दोलनको बारेमा छलफल हुनु स्वाभाविक भयो । हामीले मुख्यगरी तीन विषयमा छलफल गर्‍याैं ।’

दुई नेताको भेटमा  कम्युनिष्ट पार्टीहरूको वैचारिक स्पष्टताको विषयमा अध्ययन, अनुसन्धान, छलफल, बहस चलाउने बारेमा छलफल भएको श्रेष्ठले बताए । 

‘नेपाली क्रान्तिलाई र समाजवादलाई केन्द्रबिन्दुमा राखेर वैचारिक स्पष्टता र विकासको निम्ति कम्युनिष्ट आन्दोलनभित्रका सबै शक्तिहरूको बीचमा अध्ययन, अनुसन्धान, छलफल, बहस गरेर विचारको स्पष्टता र विकासको निम्ति काम गर्नुपर्‍यो भन्ने बारेमा छलफल भयो’, श्रेष्ठले भने । 

त्यसैगरी, देश र जनताको तात्कालिक मुद्दा र राजनीतिक विषयहरूमा सकरात्मक हस्तक्षेप गर्न के गर्न सकिन्छ भन्ने बारेमा पनि भेटमा छलफल भएको श्रेष्ठले बताए । 

‘राजनीतिक विषयहरूमा सकरात्मक हस्तक्षेप गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको बीचमा सहकार्य, कार्यगत एकता गर्न, नीतिगत रूपमा सहकार्य गरेर जान सकिन्छ भन्ने बारेमा हाम्रो छलफल भयो’, उनले भने । 

त्यसैगरी भेटको अवसरमा विप्लव नेतृत्वको नेकपाले सरकारसँग गरेको सम्झौता कार्यन्वयन नभएको र त्यसलाई कार्यान्वयनका लागि माओवादी केन्द्रको तर्फबाट पहल गरिदिनका लागि पनि विप्लवले भनेको श्रेष्ठले बताए । 

‘तपाईंहरू पनि सरकारसँग कुरा गर्नुस्, हामी पनि पहल गर्छौं भनेको छु’, श्रेष्ठले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x