असार २०, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । सोमवा...
कांग्रेस महाधिवेशन नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवा माहोल बनाउन लागिपरेका छन् । प्रधानमन्त्री देउवाले आइतवार सुनसरी गएर सम्बोधन गरे ।
देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन भनिए पनि खासमा देउवा कोइरालाको गढ रहेको क्षेत्रमा आफ्नो माहोल बनाउन चाहन्थे । त्यसैले त उनले बीपी कोइरालाले राजनीति गरेको ठाउँमा आफ्नो शक्ति प्रदर्शन गरे ।
सो गाउँपालिका सुनसरी क्षेत्र २ मा पर्छ । यहाँ कांग्रेसको कोइराला पक्षको पकड क्षेत्र मानिन्छ । २०१५ फागुन ७ गते बीपी कोइरालाले सोही क्षेत्रबाट चुनाव जितेका थिए । प्रदेश सभामा राजीव कोइराला सोही क्षेत्रबाट चुनाव जितेका हुन् ।
गाउँपालिकाका कर्मचारी पनि गाउँपालिकाको कार्यक्रम जस्तो देखिए पनि यथार्थमा देउवा पक्षको रहेको बताउँछन् । कार्यक्रम देउवा पक्षकै कांग्रेस कार्यकर्ताले सञ्चालन गर्नुले पनि यसको पुष्टि गर्छ । कांग्रेस देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का वडा सभापति राजु मेहताले कार्यक्रम सञ्चालन गरेका थिए ।
‘मैले कार्यक्रम सञ्चालन गरेको भए आज नै झोला बोकेर हिँड्ने अवस्था आउने थियो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनमणि गुरागाईँले भने, ‘कार्यक्रम महाधिवेशन लक्षित गरेर गरीएको हो ।’
सुनसरीका जिल्ला सभापति तथा कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले देउवाप्रति लक्षित गर्दै बीपीले राजनीति गरेको ठाउँमा अरूले सोच्न पनि नसक्ने बताए । उनले खोला तटबन्ध तथा खाद्यान्नको उर्वर भूमि रहेको क्षेत्रमा सिँचाइको व्यवस्था गर्नसमेत सभापति एवं प्रधानमन्त्रीसमेत रहेका देउवालाई आग्रह गरेका थिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको परिवर्तनका लागि पुनः एक पटक देउवालाई सभापति बनाउनुपर्ने बताएका थिए । उनले सुनसरी देउवाको पक्षमा रहेको दाबी गरे । देउवाको पक्षमा माहोल बनाउन कार्यकर्तालाई उनले निर्देशनसमेत दिए ।
यसले पनि के पुष्टि गर्छ भने कार्यक्रम नितान्त देउवा पक्षको थियो, देउवाको पक्षमा माहोल बनाउन थियो ।
देउवाले आफ्नो पक्ष सुनसरीमा कमजोर देखेपछि सहमतिबाट अधिवेशन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले कोइराला पक्षको गढ क्षेत्रमा आएर सर्वसम्मत नभए मात्रै चुनाव गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । आफ्नो पक्षमा माहोल बनाउन उनी सो क्षेत्रमा आएको कांग्रेसकै कार्यकर्ताहरू बताउँछन् ।
गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता उनी निकट भएकाले बहाना बनाएर देउवालाई ल्याएको कोइराला पक्षका एक नेताले आरोप लगाए ।
देउवाले ९ करोडको लागतमा देवानगञ्ज गाउँपालिकाको ३ वटा हलसहित ३६ कोठे अढाई तले भवनको उद्घाटन गरे । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वडा नम्बर १ स्थित बीपी कोइराला पार्कको पनि उद्घाटन गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । सोमवा...
नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट ख...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सत्ता गठबन्धन देशका लागि अभिसाप भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सोमवार सम्बोधन गर्दै ओलीले गठबन्धन राजनीतिक र ...
जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादव अन्ततः मन्त्री बन्न सफल भएका छन्। उनी वन तथा वातावरण मन्त्री बनेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका समेत रहेको संसदीय क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वा...
आर्थिक वर्ष २०७९/०८० को बजेटको सबै प्रक्रिया संसदबाट पूरा भएको छ। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको दुवै सदनमा पेश गरेको बजेट पारित प्रक्रिया सोमवार पूरा भएको हो। सोमवार बसेको प्रतिन...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गरिरहेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले सम्वोधन गरिरहेका छन् । दिउसो झण्डै साढे १ बजेबाट सम्वोध गरेका ओलीले स...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...