×

NMB BANK
NIC ASIA

कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई घरमै पुगेर ५० हजार दिँदै बेलबारी नगरपालिका

मंसिर ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोरङको बेलबारी नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रम बनाएर नगरपालिकाले मृतकका घरघरमा गएर परिवारलाई सहयोग गरिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुःखमा नगरपालिका कार्यक्रम’मार्फत नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका नगरवासीका घरघरमा पुगेर आर्थिक सहयोग गर्न थालेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । 


Advertisment
Nabil box
Kumari

‘विश्वव्यापी बनेको कोरोना महामारीले नेपाल पनि अछुतो रहन सकेन,’ मेयर सुवेदीले भने, ‘हाम्रो बलबुताले भ्याएसम्म रोकथामको प्रयास गरेका थियौं तर पनि हामीलाई ठूलो क्षति भयो । कोरोनाबाट मृत्यु भएका नगरवासीलाई सहानुभूति दिने उद्देश्यले सहयोग गरेका हौं ।’

Vianet communication
Laxmi Bank

कार्यक्रमअन्तर्गत चालू आवदेखि नगरपालिकाले कार्यक्रम ल्याएको हो । आठौं नगर सभाबाट पास गरेर कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ । कार्यक्रममार्फत नै नगरपालिकाले नगरवासीको मृत्यु हुँदा नै ५ हजार रुपैयाँ दिने गरेको छ ।

नगरवासीको मृत्यु हुँदा कसैलाई नछुटाई बेलबारीका जनप्रतिनिधि घरदैलोमा नै पुगेर ५ हजार रुपैयाँ दिने गरेका छन् ।

कार्यक्रमबाट दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि राहत मिलेको स्थानीयको भनाइ छ । घरआँगनको सरकारको नाताले दुःखपीडामा परेका सबै नागरिकलाई भेट्ने गरिएको मेयर सुवेदीले बताए । 

नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष सहितका जनप्रतिनिधिको टीमले कोरोनाबाट ज्यान गुमाउनेको घरघरमा पुगेर ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्ने गरेका छन् । 

‘हालसम्म ३६ जनालाई सहयोग वितरण गरिसकिएको छ,’ नगर प्रवक्ता योगेन्द्र सुवेदीले भने, ‘आजसम्म हाम्रो नगरपालिकामा ५० जनाको मृत्यु भइसकेको छ ।’

नगरपालिकाले कोरोना संक्रमणमा परेका बिरामीलाई अस्पतालसम्म लैजानका लागि एम्बुलेन्सको समेत व्यवस्था गरेको प्रवक्ता सुवेदीले बताए ।

नगरपालिकाले पहिलो चरणमा क्वारेन्टीन तथा आइसोलेसन समेत निर्माण गरेको थियो । गरीब तथा असहायका लागि कार्यक्रम प्रभावकारी भएको नगरवासी बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x