×

NMB BANK
NIC ASIA

लोकान्तर राउण्ड अप

एमाले अध्यक्ष बन्न ओली र रावल मैदानमा, चितवनमा चहलपहल

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आज मिति २०७८ मंसिर महिनाको १० गते शुक्रवार ।

Muktinath Bank

बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार लिएर हामी उपस्थित भएका छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा चहलपहल बढेको छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच अध्यक्ष पदमा टक्कर हुने देखिएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचित गर्ने राष्ट्रिय महाधिवेशन आज चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ ।

Vianet communication
Laxmi Bank

पार्टीभित्रको विग्रह र विभाजनपछि हुन लागेको महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । 

गत असोजमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको विधान संशोधन गरेर १५ जना पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटीसहितको २२५ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था गरेको छ । 

जसअनुसार अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१ उपाध्यक्ष–४, महासचिव–१, उप–महासचिव–१ र सचिवहरू–७ निर्वाचित हुनेछन् ।

एमालेका नेताहरूले दशौं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशन हुने बताउँदै आएका छन् । सहमतिमा नेतृत्व चयन गरेर केपी ओली सर्वसम्मत रूपमा पुनः पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । 

एमालेको धेरैजसो नेताहरू समय र परिस्थितिले पुनः एकपटक केपी ओलीलाई अध्यक्षको रूपमा माग गरेको बताउँछन् ।

एमालेमा पुन ओली नै अध्यक्षमा दोहोरिने वातावरण तयार भइरहेको छ । भलै, उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, पार्टीभित्र उनको बलियो प्रभाव नभएको हुँदा निर्वाचन नै हुँदा पनि रावलले ओलीलाई टक्कर दिने अवस्था देखिँदैन । 

पहिलो राष्ट्रिय विधान महाधिवेशनबाट एमालेले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी बनाउने व्यवस्था गरेको छ ।

भागबण्डा नमिल्दा महाधिवेशनबाट पदाधिकारीको संख्या विशेष गरी उपाध्यक्ष, उपमहासचिव र सचिव केही बढ्न सक्ने चर्चा पनि छ । तर, हाललाई अहिलेकै विधानमा आधारित भएर अनुमान गर्नुपर्ने हुन्छ ।

एमाले नेताहरू कम्तिमा पदाधिकारी सहमतिमै चयन गर्ने प्रयास हुने बताउँछन् । सहमति कसको नाममा हुन्छ भन्ने कुरा पनि अध्यक्ष ओलीको विश्वास को प्रति बढी छ भन्ने कुरामा निर्भर गर्छ ।

ओली नेतृत्वको एमाले पदाधिकारीको पहिलो विकल्प यस्तो हुनसक्छ:

अध्यक्ष– केपी ओली

वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल

उपाध्यक्ष– सुवास नेम्वाङ

उपाध्यक्ष– अष्टलक्ष्मी शाक्य

उपाध्यक्ष– रामबहादुर थापा

उपाध्यक्ष– सुरेन्द्र पाण्डे

महासचिव– विष्णु पौडेल

उपमहासचिव– शंकर पोखरेल

सचिव– पृथ्वी सुब्बा गुरूङ

सचिव– प्रदीप ज्ञवाली

सचिव– गोकर्ण विष्ट

सचिव– योगेश भट्टराई

सचिव– लेखराज भट्ट

सचिव– शेरबहादुर तामाङ

सचिव– यमलाल कँडेल 

एमालेको वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेलले दाबी गरेका छन् ।

एमालेमा पोखरेलको कोअर्डिनेसन केन्द्रदेखिको लिगेसी छ । दुई कार्यकाल महासचिव निर्वाचित भएका पोखरेल विधानको व्यवस्थाअनुसार पुनः सोही पदमा दोहोरिन पाउँदैनन् । 

केपी ओलीले नेतृत्व हस्तान्तरण गर्दा एमालेको हाइ–कमाण्ड सम्हाल्ने योजनामा रहेका पोखरेल ओली अध्यक्षमा दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्षको दाबीमा छन् ।

उनलाई अर्का नेता सुवास नेम्वाङले टक्कर दिइरहेका छन् । नेम्वाङ लामो समय पार्टीको तर्फबाट सरकारी र संसदीय मामला सम्हालेर बसेका थिए । 

पछिल्लो समय उनी पार्टी संगठनका काममा बढी खट्ने गरेका छन् । ओलीको सहयोगी र विश्वास गर्ने हिसाबले पोखरेलभन्दा नेम्वाङ ओलीको निकट रहेको एमाले नेताहरू बताउँछन् । निर्वाचन हुँदा महाधिवेशनमा नेम्वाङले पनि उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् ।

तर सहमतिमा नेतृत्व चयन गर्दा पार्टीमा सिनियर नेता भएका कारण ओलीले पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष बनाउन सक्छन् । त्यसो हुँदा सुवास नेम्वाङले उपाध्यक्षमा नै चित्त बुझाउनुपर्ने हुनसक्छ ।

दुवै नेता चुनावी मैदानमा जाँदा नेम्वाङले पोखरेललाई पछि पार्न सक्ने सम्भावना रहेको एमालेकै नेताहरूको दाबी छ । 

त्यसबाहेक, एमालेको चार उपाध्यक्ष पदका लागि युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, घनश्याम भुसाल, किरण गुरूङ, लालबाबु पण्डित, रघुजी पन्त लगायतले दाबी गरेका छन् । 

सहमतिमा नेतृत्व निर्माण गर्दा चार उपाध्यक्षमा सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र सुरेन्द्र पाण्डे समेटिन सक्ने बलियो सम्भावना छ । 

अष्टलक्ष्मी शाक्य महिला र पार्टीमा सिनियर नेता भएका कारण उपाध्यक्ष सजिलै बन्न सक्ने अवस्था छ । महासचिवमा दाबी गरेको सुरेन्द्र पाण्डेलाई उपाध्यक्ष दिएर व्यवस्थापन गर्ने सम्भावना छ ।

पाण्डे आफैँले महासचिव वा त्यसभन्दा माथिल्लो पद आफूलाई चाहिने बताउँदै आएका छन् । पछिल्लो समय ओली निकट भएर उनले विश्वास जित्ने र पदाधिकारीमा स्थान बनाउने प्रयास गरिरहेका छन् । 

पाण्डेलाई उपाध्यक्ष पदमा व्यवस्थापन गर्दा महासचिवमा दावी गर्ने विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरूङ बाँकी रहन्छन् ।

त्यसमध्ये, ओलीले विष्णु पौडेललाई महासचिव, शंकर पोखरेललाई उपमहासचिव तथा पृथ्वी सुब्बा गुरुङलाई सचिवमै राखेर व्यवस्थापन गर्न सक्छन् ।

एमालेमा संगठन विभाग प्रमुख रहेको र यसअघि नेकपाको समेत महासचिव भइसकेका कारण पौडेललाई एमालेको महासचिव बनाउँदा उठ्ने असन्तुष्टिले धेरै ठाउँ लिने सम्भावना रहँदैन । 

शंकर पोखरेल एमाले पदाधिकारीमा नरहेको कारण उनलाई उपमहासचिवमा व्यवस्थापन गर्न ओलीलाई सजिलो छ । नवौं महाधिवेशनमा उनले उपमहासचिवमै चुनाव हारेका थिए ।

गुरूङ अहिले पनि सचिव छन् । उनलाई फेरि सचिवमा दोहोर्‍याएर गण्डकी प्रदेशको इन्चार्ज वा पार्टी सरकारमा जाँदा महत्त्वपूर्ण पदको आश्वासन दिएर व्यवस्थापन गर्न सक्ने सम्भावना रहेको एमालेका नेताहरूको आंकलन छ । 

अहिले पदाधिकारीमा रहेका र केही नयाँ अनुहारलाई व्यवस्थापन गर्दा एमालेको ७ सचिवमा पृथ्वी सुब्बा गुरूङ, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, लेखराज भट्ट, शेरबहादुर तामाङ र यमलाल कँडेल समेटिन सक्ने सम्भावना एमाले नेताहरू औंल्याउँछन् । 

पदाधिकारीमा नसमेटिएका मुख्य नेताहरूलाई स्थायी कमिटीमा राख्ने गरी नेतृत्व चयन हुनसक्ने ओली निकट एक नेताले बताए । 

त्यसबाहेक, पछिल्लो समय एमाले वृत्तमा नयाँ बहसले चर्चा पाएको छ । 

राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन गरी दुई उपाध्यक्ष र दुई उपमहासचिव पद थप्ने र आंकाक्षीहरूको व्यवस्थापन गर्ने बारेमा एमाले नेताहरूले बहस चलाइरहेका छन् । 

पदाधिकारीमा सात उपाध्यक्ष र सात सचिवको व्यवस्था हुँदा प्रदेशअनुसार उपाध्यक्ष र सचिव निर्वाचित गर्न सकिने र उनीहरूलाई नै सम्बन्धित प्रदेशको इञ्चार्ज र सह–इञ्चार्ज बनाउन सकिने भन्दै केही नेताहरूले यो विकल्पमा सोच्न नेतृत्वलाई सुझाव दिएका छन् । 

त्यसो हुँदा केन्द्रीय कमिटीको आकार पनि बढाउनुपर्ने उनीहरूको तर्क छ । 

महाधिवेशनबाट २५० जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने र १० प्रतिशत मनोनयन गरेर कुल २७५ जनाको केन्द्रीय कमिटी बनाउनुपर्ने उनीहरूको तर्क छ । 

महाधिवेशनबाट विधान संशोधन गरेर भूगोलको आधारमा १९ जनाको पदाधिकारी टीम बनाउँदा निम्न अनुसारको पदाधिकारी टीम बन्न सक्ने नेताहरूको आकलन छ ।

अध्यक्ष– केपी ओली

वरिष्ठ उपाध्यक्ष– ईश्वर पोखरेल

उपाध्यक्ष– भीम रावल (सुदूरपश्चिम)

उपाध्यक्ष– युवराज ज्ञवाली (कर्णाली)

उपाध्यक्ष– सुवास नेम्वाङ (प्रदेश– १)

उपाध्यक्ष– प्रदीप ज्ञवाली (लुम्बिनी)

उपाध्यक्ष– अष्टलक्ष्मी शाक्य/रामबहादुर थापा (बागमती)

उपाध्यक्ष– पृथ्वी सुब्बा गुरूङ (गण्डकी)

उपाध्यक्ष– सत्यनारायण मण्डल (प्रदेश–२)

महासचिव– विष्णु पौडेल

उप–महासचिव– घनश्याम भुसाल

उप–महासचिव– शंकर पोखरेल

उप–महासचिव– सुरेन्द्र पाण्डे

सचिव– गोकर्ण विष्ट (लुम्बिनी)

सचिव– योगेश भट्टराई वा भीम आचार्य (प्रदेश– १)

सचिव– किरण गुरूङ (गण्डकी) 

सचिव– अरुण नेपाल वा शेरबहादुर तामाङ (बागमती)

सचिव– रघुवीर महासेठ (प्रदेश–२)

सचिव– लेखराज भट्ट (सुदुरपश्चिम)

सचिव– यमलाल कँडेल (कर्णाली) 

एमाले नेताहरूले पदाधिकारीमा सर्वसम्मति गर्न सकेनन् भने नेतृत्व चयनको अन्तिम विकल्प निर्वाचन हो । निर्वाचन हुँदा जसले बढी प्रतिनिधिलाई प्रभावित गर्न सक्छ उही नेतृत्वमा आउने हो । 

तर यसपटक एमालेको महाधिवेशनमा निर्वाचनमा जाँदा माओवादी केन्द्रबाट आएका र १० बुँदे सहमति मानेर एमालेमा बसेका नेताहरू कोही पनि पदाधिकारीमा नआउने सम्भावना पनि उत्तिकै रहन्छ । 

एमालेको महाधिवेशनमा निर्वाचन हुँदा केन्द्रीय नेताहरूले गोप्य सर्कुलर जारी गरेर कसले भोट हाल्ने वा नहाल्ने भनेर आफ्ना विश्वासमा भएका प्रतिनिधिलाई जानकारी गराउने गरेका छन् ।

यो विधिबाट संस्थापन इतरका केही नेतालाई जिताउन पनि सक्छन् । 

खुलमखुला निर्वाचन विधिमा जाँदा योग्य नेता बाहिरिने र भविष्यमा राजनीतिक जिम्मेवारी उठाउन नसक्ने पार्टी बन्ने भएकाले निर्वाचनमा पनि ध्यान पुर्‍याउनुपर्ने एमालेका नेताहरू बताउँछन् ।

‘नेतृत्व विकास भनेको योजनाबद्ध हुन्छ । मनलाग्दी हिसाबले व्यक्तिलाई जिम्मेवारी दिँदा नेतृत्व विकास पनि हुँदैन र पार्टी पनि बन्दैन । यो विषयलाई ध्यान दिएर नै महाधिवेशनले नेतृत्व विकास गर्छ’, एमालेका एक नेताले भने ।

यसरी हुँदैछ तयारी

एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औं राष्ट्रिय महाधिवेशनको अवसरमा चितवनमा ‘मानव सागर’ उतार्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले बिहीवार महाधिवेशन आयोजनास्थल नारायणी नदी किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भव्यतापूर्वक महाधिवेशन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए । 

‘महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ,’ भट्टराईले भने । 

महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि ५ हजार स्वयंसेवक परिचालन गरिएको उनले बताए ।

एमालेले महाधिवेशन उद्घाटन समारोहमा देशभरबाट ५ लाखभन्दा बढी सहभागी गराउने दाबी गरेको छ । महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार गरिएको छ । नारायणी नदीको चितवनतर्फको किनारमा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासी, गैंडाकोटतर्फको किनारमा पनि बस्ने व्यवस्था मिलाइएको भट्टराईले बताए । 

महाधिवेशन आयोजनास्थलमा ठूला ‘डिजिटल स्क्रीन’ सजाइएको छ । मञ्चबाट धेरै पर रहेका सहभागीले मञ्चको गतिविधि स्क्रीनमा हेर्न पाउने व्यवस्था मिलाइएको उनले बताए । 

नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको झण्डा हँसियाहथौडा अंकित झण्डा र व्यानर सजाएर झकिझकाउ बनाइएको छ । महाधिवेशनमा सहभागीलाई स्वागत गर्न विभिन्न ठाउँमा स्वागतद्वारहरू बनाइएको छ ।

शुक्रबार दिउँसो १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए । 

महाधिवेशनको उद्घाटन समारोहलाई एमालेका शीर्ष तहका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसबाहेक नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने भट्टराईले बताए । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनलाई सम्बोधन गर्ने भट्टराईले जानकारी दिए । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अहिलेसम्म एमालेको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने वा नहुनेबारे यकिन गरी नसकेको भट्टराईले बताए । 

एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेले महाधिवेशनमा निम्तो दिएको छैन । 

नेकपा एमालेको महाधिवेशनको बन्द सत्रमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने टुंगो लागेको भट्टराईले बताए । जसमा ६२५ जना महिला र २०९ जना दलित तथा उत्पीडित समुदायबाट प्रतिनिधि सहभागी हुने उनले बताए । महाधिवेशनको बन्द सत्रमा कूल प्रतिनिधिको ३० प्रतिशतभन्दा बढी महिला र १० प्रतिशतभन्दा बढी दलित तथा उत्पीडित समुदायका प्रतिनिधि सहभागी हुन लागेको एमालेले बताएको छ । १०३ जना प्रतिनिधि पर्यवेक्षक सहभागी हुनेछन् । 

एमालेको महाधिवेशन उद्घाटन हुने दिन मंसिर १० गते चितवनमा सार्वजनिक सवारी आवागमन सञ्चालन नै रहने एमाले प्रचार विभाग प्रमुख भट्टराईले बताए । 

चितवन जिल्ला प्रशासन कार्यालयले १० गते नाराणगढ बजार क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ लागू गर्न लागेको भए पनि एमालेले त्यसमा आफ्नो सहमति नरहेको बताएको छ । 

‘मानिसको हिँडडुल गर्न पाउने सुविधालाई कसैले रोक्न सक्दैन । एमालेले पनि रोक्दैन । सबै सवारीसाधन चल्न पाउँछन् । हाम्रा स्वयंसेवकहरूले त्यसको व्यवस्थापन गर्नेछन्,’ भट्टराईले भने । 

एमालेको सभामा सहभागी हुने मानिस ल्याउने गाडीबाहेक पनि सार्वजनिक सवारीसाधन चल्न कुनै व्यवधान नगर्ने उनले बताए तर ठूला मालबाहक सवारीसाधन भने त्यसदिन नारायणगढ बजार क्षेत्रमा नल्याइदिन अनुरोध गरेको उनले बताए ।

‘मालबाहक ठूला सवारीसाधन हाइवेमा नल्याइदिन आग्रह गरेका छौं । हिँडडुल गर्न पाउने मानिसको अधिकार एमालेले कुण्ठित गर्दैन,’ उनले भने । 

अब अन्य समाचार

सर्वोच्च अदालतमा आगामी बुधवार (मंसिर १५ गते)देखि गोलाप्रथाबाट पेशी तोक्ने औपचारिक निर्णय भएको छ ।

सर्वोच्चमा बुधवार बसेको फुलकोर्ट बैठकले आगामी बुधवारदेखि गोलाप्रथाबाट पेशी तोक्ने कार्यको शुरूआत गर्ने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

फुलकोर्टको निर्णयानुसारको सूचना आगामी सोमवार राजपत्रमा प्रकाशित भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ ।

यससँगै न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित न्यायाधीशहरूले गएको कात्तिक ८ गतेदेखि नियमित सुनुवाइ गरेका छैनन् ।

बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेलीसहितका सीमित प्रकृतिका मुद्दाको मात्र सुनुवाइ हुँदै आएको छ ।

०००

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी निधिले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

निधिले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्न उम्मेदवारी दिन लागेको बताए । 

यसअघि केही महिनाअगावै पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका थिए । ‘५३ वर्ष नेपालको लोकतान्त्रिक आन्दोलनमा खर्च गरेको छु । महाधिवेशनबाट कांग्रेस सभापतिको हैसियतले देश, जनता र पार्टीको सेवा र समर्पण गर्न चाहन्छु,’ निधिले भने । 

सभापतिमा उम्मेदवारी घोषणा गरे पनि निधिले प्यानल भने घोषणा गर्न सकेका छैनन् । उम्मेदवारी घोषणा कार्यक्रममा होमनाथ दाहाल लगायत केही नेता र महाधिवेशन प्रतिनिधि सहभागी थिए ।

लामो समयदेखि सभापति शेरबहादुर देउवासँग सहकार्य गर्दै आएका निधिले चौधौं महाधिवेशनमा देउवालाई चुनौती दिन थालेका छन् । 

०००

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् ।

अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र उम्मेदवार हुन् ।

धवल शमशेर नेपालगञ्ज उपमहानगरका मेयर हुन् । पञ्चायतको समयदेखि २०४६ सालको परिवर्तनपछि पनि सत्ताको नजिक रहेका कमल थापालाई अहिले लिङ्देनले चुनौति दिएका हुन् ।  

राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ ।  

०००

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशब निरौला कांग्रेस महाधिवेशन प्रतिनिधिको चुनाव हारेका छन् ।

१४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत कात्तिक ७ गते भएको चुनावको मत परिणाम अनुसार उनले २०९ मत मात्रै प्राप्त गरे । 

यस्तै प्रदेश १ का सांसद शेखर चन्द्र थापा पनि महाधिवेशन प्रतिनिधिमै हारेका छन् । 

थापाले २१२ मत मात्रै प्राप्त गरेका छन् । गठबन्धन सरकार बनेपछि केन्द्रमा सरकारलाई सहयोग गर्न रामचन्द्र पौडेलको संयोजकत्वमा राजनितिक संयन्त्र बने जस्तै प्रदेश १ मा पनि राजिव कोइरालाको नेतृत्वमा राजनितिक संयन्त्र गठन गरिएको थियो । 

थापाको नेतृत्वमा भने न्युनतम साँझ कार्यक्रम तयारी समिति गठन गरिएको थियो । कांग्रेस जिल्ला कोषाध्यक्ष गोपाल थापाले पनि हार व्यहोरेका छन् । उनले २ सय ७ मत मात्रै प्राप्त गरेका छन् । जित्ने उमेदवारहरूले भने २ सय ५० मत भन्दा माथि ल्याएका छन् ।

नोवेल मेडिकल कलेजका संचालक समेत रहेका डा.सुनिल शर्माको क्षेत्र रहेको सो क्षेत्रमा संस्थापन इतर समुहका उमेदवार मात्रै निर्वाचित भएका छन् । 

मोरङ क्षेत्र नम्बर ६ मा प्रदेश सांसद बिन्दया कार्कीले पनि हार ब्यहोरेकी छिन् । राष्ट्रियसभाका सदस्य रमेश जंग रायमाझीले भने चुनाव जीतेका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भने महाधिवेशन प्रतिनिधि जितेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x