साउन २३, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर २ हजार १०६.१५ मा ओर्लेको छ । ठूला कम्प...
काठमाडाैं | मंसिर १०, २०७८
बहुप्रतीक्षित मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन।
मौद्रिक तथा वित्तीय उपायहरु
१.मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत ।
असर: अनिवार्य नगद अनुपात- ३%, बैंक दर-५% र वैधानिक तरलता अनुपात -८,९ र १०% यथावत रहदा तरलताको स्थिति मा कुनै असर नपर्ने।
२.बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात ९० र गणना विधि यथावत। २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत
गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने।
असर: बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात ९०.३१% रहे को छ। यो भने को सिमा भन्दा रु.१५ अरब बढि छ। बैंक हरू कर्जा दिन सक्ने स्थिति मा छैनन। गणना विधि यथावत राखिएको कारण कर्जा दिन सक्ने छैन। निक्षेप बृद्धिदर १७.२% र कर्जा बृद्धिदर ३१.७% रह्यो। संचालक समिति बाटै पारित गराई हामी ९० % तल राख्छौ भनेर प्रतिवद्धता पेश गर्नु पर्ने हुदा नियामक अझै कडा रुपमा प्रस्तुत।
३.विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने। विद्यमान सीमा पुनरावलोकन गरिने ।
असर: बढ्दो आयात को कारण विदेशी मुद्रा सञ्चितिघट्दै गएको र आयातको भुक्तानी गर्दा थप कर्जा प्रवाह दुबैलाई नियन्त्रण गर्नै लक्ष्य लिए को देखिन्छ। महंगो अनी विलासिताका सामानहरु र सिधै भारत तर्फ निर्यात हुने वस्तुहरुको सुची सहित केहि नियन्त्रण गरिने अपेक्षा।
४.ड्राफ्ट÷टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिने।
असर: सुनचादीको आयात घट्ने।
५.व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी
गर्न सक्ने व्यवस्था मिलाइने ।
असर : बिदेशी ऋण र लगानी प्रवर्धन हुने। कम्पनीहरुले बैंक ग्यारेन्टि दिन सकिने अबस्था हुदा वैदेशिकम्बन्ध राम्रो भएका कम्पनी हरु ले सिधै ऋण लिन सक्ने हुदा उनीहरुको माग केहि वैदेशिक ऋण वाट पुरा भएमा नेपालमा कर्जा को चाप अली कम हुनसक्ने। तर तत्कालै धेरै ठूलो असर हुने देखिदैन।
६.विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने ।
असर : बिदेशी ऋण र लगानी का शर्तहरु अझ सहज हुने र थप वैदेशिक ऋण प्राप्त हुने।
७.गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने ।
असर: गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप लिन शर्तहरु अझ सहज हुने र थप वैदेशिक निक्षेप प्राप्त हुने।
८.विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन
असर: विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबार रहेको विद्यमान सीमा प्राथमिक पुँजीको ३०% मा पुनरावलोकन । यसले तरलतामा खासै असर हुने छैन। नन डेलिभरेवल फरवार्ड कारोबारको रकममा तलमाथि हुने देखिन्छ।
९. DAP र DAA को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।
असर:विद्यमान सीमा अमेरिकी डलर १,००,००० पुनरावलोकन गरिनेछ आयात नियन्त्रण गर्नै लक्ष्य लिए को देखिन्छ। यस बाट विदेशी मुद्रा को खर्च केहि कम हुन जानेछ।
धेरै अपेक्षा गरिएको मौद्रिक नीतिले आयात लाई नियन्त्रण गर्नै र वैदेशिक ऋण तथा निक्षेप प्रबर्धन को निती लिएको छ। यसबाहेक अरू कुरा हरु यथावत।
(ज्ञवाली नबिल बैंकका महाप्रबन्धक हुन् ।)
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर २ हजार १०६.१५ मा ओर्लेको छ । ठूला कम्प...
माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि २५ थान कुर्सी हस्त...
सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.४८ रुपैयाँ र बिक्री दर १२७.०७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस दिन युरोपियन ...
एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँ...
प्रभु क्यापिटल लिमिटेडले प्रभु लिटल च्याम्प पीएमएस योजना सार्वजनिक गरेको छ । सोही योजनालाई लक्षित गरी कम्पनीले जनचेतनामुलक भिडियो ‘आशा’ समेत सार्वजनिक गरेको हो । ‘होस्टे ह...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...