साउन २२, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर ...
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ ।
राष्ट्र बैंकले शुक्रवार बिहान मौद्रिक नीतिको समीक्षा गरेको हो ।
समीक्षामार्फत राष्ट्र बैंकले अधिकांश नीतिहरूलाई यथावत नै राखेको छ ।
निकै नै चासोका साथ हेरिएको कर्जा–निक्षेप अनुपातको अहिलेको व्यवस्थालाई नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत पनि निरन्तरता दिएको छ ।
सीडी रेसियो २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा पेश गर्न भनिएको छ ।
शेयर धितो कर्जाबारे राष्ट्र बैंकले विद्यमान नीतिलाई नै निरन्तरता दिएको छ ।
यस्तो छ मौद्रिक नीतिको समीक्षा :
१. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ ।
२. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ ।
३. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।
४. डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्स को विद्यमान सीमा पुनरावलोकन गरिने भएको छ ।
५. ड्राफ्ट/टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ ।
६. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ ।
७. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।
८. गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।
९. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतवार नेप्से परिसूचक १० दशमलव २७ अंकले उकालो लागेर ...
वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामा ४ अर्ब रुपैयाँले घटेको छ । बैंकहरूको निक्षेप साउन १३ देखि २० गतेसम्मको एक सातामा घटेको भएपनि कर्जा प्रवाह भने २ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ...
हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन शुरू गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत शुरू गरेको हो । आफ्नो ओछ्यानमै...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अंकले ओरालो लागेर २ हजार १०६.१५ मा ओर्लेको छ । ठूला कम्प...
प्रभु क्यापिटल लिमिटेडले प्रभु लिटल च्याम्प पीएमएस योजना सार्वजनिक गरेको छ । सोही योजनालाई लक्षित गरी कम्पनीले जनचेतनामुलक भिडियो ‘आशा’ समेत सार्वजनिक गरेको हो । ‘होस्टे ह...
एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः संचालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...