×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशनको बन्दशत्र

नेतृत्वमा सहमति खोज्नुअघि नेताहरूको आकांक्षा बुझ्न उम्मेदवारी मनोनयनको अवसर दिइने

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको दशौं महाधिवेशनको दोस्रो दिन शनिवार बन्दशत्र शुरू हुँदैछ । 

Sagarmatha Cement
Muktinath Bank

चितवनको सौराहमा बन्दशत्र शुरू हुन लागेको हो । बिहान १० बजे शुरू हुने भनिए पनि सवा ११ बजेसम्म शुरू भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अहिले केहीबेरमा बन्दशत्र शुरू हुने लोकान्तरलाई जानकारी दिए । बन्द शत्रको शुरूमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

ओलीको सम्बोधनपछि विदेशी प्रतिनिधिलाई शुभकामना मन्तव्य राख्न दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । त्यसपछि विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची छ । 

Vianet communication
Laxmi Bank

शुक्रवार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाउने, पोलिटब्युरो कमिटी बनाउने तथा केन्द्रीय सदस्यको संख्या थप गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई विधान संशोधनको रुपमा बन्दशत्रमा लगिने नेताहरूले बताएका छन् । 

नेतृत्वमा सर्वसम्मति कायम गर्न भन्दै एमालेले उपाध्यक्षको संख्या ७ र उपमहासचिवको संख्या ३ बनाउने निर्णय गरेको थियो । 

दशौं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा परिभाषित गरेको एमालेले नेतृत्वमा सर्वसम्मतिको प्रयास गर्ने कोसिस भइरहेको छ । 

सर्वसम्मतिको प्रयास भए पनि आकांक्षीलाई उम्मेदवारी मनोनयन गर्न दिनेबारे छलफल चलिरहेको स्रोतले बतायो । ‘अहिलेसम्म धेरैले उम्मेदवारी घोषणा गरेका छैनन्, कसको आकांक्षा के मा छ भनेर बुझ्न पनि उम्मेदवारी मनोनयन खुल्ला गर्ने भन्नेबारे छलफल चलिरहेको छ,’ एमालेका एक प्रशावशाली नेताले लोकान्तरसँग भने । 

अहिलेसम्म उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरेका छन् भने अन्य शीर्ष नेता मौन बसेका छन् । लालबाबु पण्डितले उपाध्यक्ष र महेश बस्नेतलगायत केही नेताले सचिवमा आकांक्षा देखाए पनि धेरैले मुख खोलेका छैनन् । 

केन्द्रीय कमिटी बैठकबाट पदाधिकारीको संख्या थप गर्ने निर्णय हुनुअघि सौराहमा पत्रकारसँग कुरा गर्दै रावलले आफू अध्यक्षको प्रतिष्पर्धाबाट पछि नहट्ने बताएका थिए । 

दशौं महाधिवेशन उद्घाटन मन्तव्यका क्रममा ओलीले आगामी पाँच वर्षका लागि दिशानिर्देश गर्नको लागि एकताबद्ध पार्टी बनाउनु पर्ने बताएका थिए । 

बन्दशत्र शुरू हुनुअघि सौराहामा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन केही कार्यकर्ताले नाराबाजी गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x