मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मंसिर ११, २०७८
पदाधिकारीको संख्या बढाउने सहमतिपछि पनि नेतृत्वमा सहमति जुट्न नसक्दा एमाले महाधिवेशनको बन्दशत्र शुरू हुन ढिला भएको छ ।
शनिवार बिहान १० बजे नै शुरू गर्ने भनिएको बन्दशत्र मध्यान्ह साढे १२ बजेसम्म शुरू हुन सकेको छैन । बन्दशत्र शुरू हुनुअघि अध्यक्ष केपी शर्मा नेता ओलीले प्रभावशाली नेताहरूबीच छलफल गरेका थिए ।
सहमतिको प्रयासस्वरुप नेताहरूबीच छलफल भए पनि सहमति जुट्न नसकेको स्रोतले बतायो । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन् ।
महासचिवका लागि उपमहासचिव विष्णु पौडेलको नाममा सहमति जुटाउने प्रयास भइरहेको स्रोतले बतायो । स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सो पदमा दाबी गरिरहेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलसँग पनि सहमति जुट्न नसकेको एमाले स्रोतले बतायो । ओली निकट एक नेताले साँझसम्ममा सहमति जुट्ने दाबी गरे ।
पदाधिकारीको संख्या थप गर्ने निर्णय अघिसम्म रावलले आफूले उम्मेदवारी दिने अडान राखेका थिए । जति भोट आए पनि उम्मेदवारीबाट पछि नहट्ने उनले निकटस्थसँग बताएका छन् ।
बन्द शत्रको शुरूमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेका छन् ।
ओलीको सम्बोधनपछि विदेशी प्रतिनिधिलाई शुभकामना मन्तव्य राख्न दिइने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । त्यसपछि विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
शुक्रवार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाउने, पोलिटब्युरो कमिटी बनाउने तथा केन्द्रीय सदस्यको संख्या थप गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई विधान संशोधनको रुपमा बन्दशत्रमा लगिने नेताहरूले बताएका छन् ।
नेतृत्वमा सर्वसम्मति कायम गर्न भन्दै एमालेले उपाध्यक्षको संख्या ७ र उपमहासचिवको संख्या ३ बनाउने निर्णय गरेको थियो ।
दशौं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा परिभाषित गरेको एमालेले नेतृत्वमा सर्वसम्मतिको प्रयास गर्ने कोसिस भइरहेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...