×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

सौराहामा एमाले बन्दसत्रको दिनभर : ओलीको दुई घण्टाको भाषणदेखि रावल–ओलीको जुहारीसम्म

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एमालेको विधान महाधिवेशनको बन्दसत्र विहान १० बजे बोलाइएको थियो । तर, साढे पाँच घण्टा ढिलो गरेर करिब साढे तीन बजे ओली बन्दसत्रको हलमा प्रवेश गरेका थिए ।

Muktinath Bank

हुन त उनी सौराहको जङ्गल सफारी रिसोर्टबाट होटल सेभेनस्टार विहान साढे ११ बजे नै आएका थिए । एमालेको बन्दसत्रका लागि होटल सभेनस्टार परिसरसँगै जोडिएको स्थानमा टेण्टको हल तयार गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओली बन्दसत्रको हलमा नगइ होटल सेभेनस्टारको स्वीट रुमतिर लागे । जहाँ उनले करिब साढे चार घण्टा विताए । त्यसक्रममा उनले एमालेका वरिष्ठ नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरूसँग छलफल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मध्यान्न १२ बजेबाट महाधिवेशन प्रतिनिधिलाई हलमा प्रवेश गराउन थालिएको थियो । प्रतिनिधिका लागि विहानको खाना होटल सेभेन स्टारले नै प्रबन्ध गरेको थियो । परिचयपत्रको क्यूआरकोड स्क्यान गरेर प्रवेश गराइएको प्रतिधिलाई भित्रि गेटमा खानाको कुपन बाडियो । प्रतिनिधिले खाना खान करिब दुई घण्टा लगाए । 

Vianet communication
Laxmi Bank

हलमा प्रवेश गरेका प्रतिनिधिलाई बाहिर निकालेर पुरै हल खाली गराइयो । हलमा असम्बन्धित मान्छे प्रवेश गरेको, प्रतिनिधिलाई झोला र अन्य सामग्री दिन बाँकी रहेको भन्दै बाहिर निकालियो र पुन लाइन लगाएर स्क्रिनिङ गरेर बन्दसत्रको हलमा प्रवेश गराइयो । यतिन्जेल ओली होटल सेभेनस्टारको स्वीटमा नै थिए । 

दिउँसो पौने तीन बजे ओली होटलबाट बन्दसत्रको हलमा गए । बल्ल बन्दसत्रको कार्यक्रम प्रारम्भ भयो । बन्दसत्रको शुरूमा एमालेले आमन्त्रण गरेको विदेशी पाहुनालाई बोल्न दिइयो । विदेशका केही राजनीतिक दलले पठाएको सन्देश पढेर सुनाइयो । 

त्यसपछि ओलीले बन्दसत्रलाई सम्बोधन शुरू गरे । करीब दुई घण्टा लामो भाषण गरेका ओलीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखिको इतिहास उत्खनन गर्न भ्याएका थिए । त्यसमा पनि एमालेको स्थापना, संघर्ष, कमजोरी र उपलब्धी ओलीका भाषणका मुख्य विषय थिए । 

बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले भावनात्मक कुरा गर्न भ्याए । आफ्नो कमजोर स्वास्थ्य र जीवनको भविष्यको कुरा गरे । 

उनले भने, ‘म कति बाँच्छु थाहा छैन, धेरै अप्रेशनबाट गुज्रिएको छु । मानिसहरूको जिन्दगी त टुंगो हुँदैन, म त मरेर बाँचेर आएको हुँ । जब म तपाईंहरूलाई मेरो अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु, आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’

पार्टी पंक्तिलाई देख्दा आफूलाई आनन्दले निन्द्रा लाग्ने, टन्न खाना रुच्ने र आनन्द लाग्ने गरेको बताए । एमालेमा तेजतर्रार नेता र कार्यकर्ताको पंक्ति रहेकोले आन्दोलन र देशको भविष्य सुरक्षित रहेको ओलीको भनाई थियो । कार्यकर्ताले आफूलाई विश्वास गरेरै कारण एमालेको अध्यक्ष बन्न पाएकोले आफूलाई गौरवान्वित ठानेको ओलीले बताए ।

त्यतिमात्रै होइन, ओलीले आफ्नो नेतृत्वको सरकार सेटिङ गरेर परमादेशको भरमा हटाएको पनि बताउन भ्याए । उनले भने, ‘प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री बनेको संसद्लाई थाहा छैन,’ उनले भने, ‘परमादेशको नाममा दुनियाँमा कतै नभएको कुरा नेपालमा भयो ।’

आफू नेतृत्वको सरकारलाई अलोकतान्त्रिक, असंवैधानिक ढंगले हटाइएको दोहोर्‍याए ओलीको दावी थियो ।

‘जनताको समर्थनबाट हामी हटेका होइनौं, षडयन्त्रका कारण असंवैधानिक ढंगले हटाइयो,’ उनले भने, ‘राजनीतिमा संलग्न गराउन नहुने शक्तिहरू हाम्राविरुद्ध संलग्न गराइयो’, ओलीले भने । 

बन्दसत्रमा सहभागी प्रतिनिधिलाई भने, ‘गठबन्धनको पर्वाह नगर्नुस्, एमालेसँग एक्लै चुनावमा जाने सामर्थ्य छ, छैन भने बनाउनुपर्छ । देशभक्त शक्ति एकातिर, देशद्रोही अर्कोतिर । यी अझै फुटे धेरै शक्ति हुन्छन्, के फरक पर्छ ।’ 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ओलीले भने, ‘हाम्रो पार्टी दुईतिहाइ नजिक पुग्यो तर अगाभीलाई खानेबेला रिस उठ्छ भनेझैं केही अभागीलाई रिस उठ्यो । रिस उठेर भूइँमा पछारे, ल खा भनेर । चैतमा पार्टी महाधिवेशन हुँदै थियो, म नेतृत्व गर्न इच्छुक छैन, गर्नुस् भन्याथेँ । चैतमा महाधिवेशन पर्खन नसकेर पुसमै पार्टी फुटाइयो ।’

ओलीले भाषण गर्दा बन्दसत्र हलको एक कुनामा केही हल्ला भयो तर ओलीले भाषण रोकेरै उनीहरूलाई हल्ला नगर्न र स्वयं सेवकलाई हल्ला नियन्त्रण गर्न निर्देशन दिए । बन्दसत्रमा सहभागी भएका प्रतिनिधिले आफ्नो भाषण मन्त्रमुग्ध भएर सुनुन् भन्ने ओलीले चाहेको देखियो । 

दुई घण्टाको भाषणमा ओलीले प्रतिनिधिलाई आफ्नो प्रभाव छाड्ने प्रयास गरे । कतिपय ठाउँमा उनीहरूको प्रशंसा गरे । सहमतीय प्रणालीबाटै नेतृत्व चयन गर्नुपर्ने ओलीको सन्देश थियो । 

ओलीको लामो भाषण चलिरहँदा एमाले उपाध्यक्ष भीम रावल भने म्यासेज र सोसल मिडियामार्फत प्रतिनिधिसँग भोट माग्न व्यस्त थिए । उनी पुरै समय बन्दसत्रको हलमै बसे तर, आफ्नो चुनावी प्रचारमा केन्द्रित रहे । 

ओलीले भाषण गरिरहँदा अरु नेताहरू पनि मोबाइलमा घोत्लिरहेका देखिन्थे । 

ओलीको लामो भाषण सकिएपछि बन्दसत्रको मुख्य कार्यक्रम शुरू भयो । 

महासचिव ईश्वर पोखरेलले बन्दसत्रको अध्यक्षमण्डलको नाम प्रस्ताव गरे । जुन, एमालेको यसअघिको अन्तिम स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले पारित गरेको थियो । अध्यक्ष मण्डलको अध्यक्षमा केपी ओली रहे भने सदस्यहरूमा युवराज ज्ञवाली, भीम रावल, ईश्वर पोखेरल, विष्णु पौडेल लगायतका नेताहरू रहे । 

बन्दसत्रको माइन्यूट कमिटीको संयोजक पृथ्वी सुब्बा गुरुङलाई बनाइयो । 

त्यसलगत्तै, संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।  

उनले गरेको प्रस्तावमा उपाध्यक्षको संख्या बढाएर ६ पुर्याउन प्रस्ताव गरिएको छ । यस्तै उपमहासचिवको संख्या ३ बनाउन प्रस्ताव गरिएको छ । गत असोजमा सम्पन्न विधान महाधिवेशनले एक वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष तथा उपमहासचिव एकजना मात्र राख्ने प्रस्ताव गरेको थियो । 

शुक्रवार मध्यरातमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले सहमतिको प्रयासका लागि भन्दै केन्द्रीय कमिटी सदस्यको संख्या बढाउन प्रस्ताव लैजाने निर्णय गरेको थियो । 

विधान संशोधन प्रस्तावमा ४५ सदस्यीय स्थायी कमिटी सदस्य र ९९ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव गरिएको छ । पौडेलको प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो । 

त्यसपछि, बन्दसत्र सञ्चालक ईश्वर पोखरेलले सर्वसहमतिमा नेतृत्व चयन गर्नका लागि केही प्रस्ताव प्रस्तुत गर्न विष्णु पौडेललाई समय दिए ।

उनले केही भूमिका बाँधेर एमालेको केन्द्रीय निकाय र केन्द्रीय कमिटीको उम्मेदवार प्रस्ताव गर्ने अधिकारले हलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिने प्रस्ताव गरे । उनको प्रस्तावमा हलमा ठूलो आवाजले समर्थन गर्यो । 

तर, एमालेका उपाध्यक्ष भीम रावलले भने असन्तुष्टि राखे । 

‘नेतृत्व छान्ने जिम्मा एक व्यक्तिलाई दिने निर्णय विधानको व्यबस्था विपरित छ, सजिलो परेको बेलामा विधि र विधानको विपरित व्यबस्था गर्दा भविष्यमा त्यही विषय विष बन्न जान्छ । विधानमा राष्टिय महाधिवेशनमा निर्वाचन गर्ने व्यबस्था गरिएको छ । केही व्यक्तिलाई यस्तो अधिकार दिन मिल्दैन कि कि कहिलै चुनावै नगर्ने भनौं,’ रावलले भने ।

अध्यक्षले उम्मेदवार प्रस्ताव गर्ने विधिमा सहमती नरहेको र आफ्नो उम्मेदवारी कामय रहने रावलले बताएका थिए । 

बन्दसत्र स्थगित गर्नुअघि ओलीले छोटो मन्तव्य राखे । उनले भने, ‘रावलजीले उम्मेदवारी नै दर्ता गर्नु भएको छैन । के फिर्ता लिनु ? चुनाव लड्छु भन्नुभएको छ । कसैले उम्मेदवारी दिएन भने कसरी लड्नुहुन्छ ? सहमतिको प्रयास गर्छौँ भनेको हो । नेतृत्व चयन गर्दा निर्वाचित हुने सर्वसम्मति र प्रतिस्पर्धाको विधी हुन्छ । जो चुनाव लड्छु भन्छ उसले के का लागि चुनाव लड्ने भन्ने विचार गर्नुपर्छ ।’ 

ओलीले रावललाई भने, ‘प्रतिष्पर्धा गर्ने कसैको अधिकार खोसिँदैन, विधान मिचिँदैन । हामी लोकतान्त्रिक अभ्यास गर्ने हो । कसैमाथि थिचोमिचो हुँदैन ।’

अध्यक्ष ओलीले रावललाई जवाफ दिदै, सहमतीमा नेतृत्व चयन गर्दा विधान नमिचिने र अधिकार नखोसिने बताए । 

यो जवाफ पछि ओलीले मंसिर १२ गते विहान १० बजेसम्मका लागि एमालेको बन्दसत्र स्थगित गरेका छन् । 

 


hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x