असार २२, २०७९
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार ...
काठमाडाैं | मंसिर १३, २०७८
नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका पूर्वउपमहासचिव घनश्याम भुसालले कार्यकर्तासँग भोट माग्न शुरू गरेका छन् । उनले उपाध्यक्षका लागि आफ्नो उमेर पनि पुगेको र योग्य रहेको भन्दै भोट मागेका हुन् ।
केपी ओलीले प्रस्ताव गरेको सूचीमा पदाधिकारीमा कतै नपरेका भुसालले सोमवार उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । भुसालले ओली निकट मानिने अग्नि खरेलदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिसँग भोट मागेका छन् ।
‘एमालेको उपाध्यक्ष बन्नका लागि उमेर पनि पुगेको छ र योग्यता पनि पुगेको छ । यहाँहरूले उचित मूल्यांकन गर्नुहुनेछ भन्ने आशा लिएको छु,’ भुसालले भने ।
महाधिवेशनस्थलमा लोकान्तरसँग कुरा गर्दै भुसालले बन्दसत्रका अध्यक्षले यसरी पदाधिकारी र केन्द्रीय सदस्यको सूची पढेर सुनाउने यो अन्तिम महाधिवेशन हुने बताए । ओलीको स्वेच्छाचारी कदमविरुद्ध आफूहरूले उम्मेदवारी दिएको उनले बताए ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा सोमवार राति मतदान हुनेछ । अध्यक्षका लागि केपी ओली र भीम रावलले उम्मेदवारी दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन्। माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्ड...
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो। बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सद...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधवार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुना...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । बुधवार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरेर आज ११ बजे बस्ने तय गरिएको हो । पार्टी नेतृत्वको टीम प्रतिनिधिसभा बैठकमा सहभाग...
प्रतिनिधि सभाको बुधवारको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशो...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...