×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

एमाले महाधिवेशन: १९ मध्ये १४ पदाधिकारीका लागि मतदान हुने

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने १९ मध्ये १४ पदाधिकारीमा मतदान हुने भएको छ । 

Muktinath Bank

अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान हुने भएको हो । बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले ल्याएको सूचीमा असन्तुष्टि जनाउँदै केही नेताले उम्मेदवारी दर्ता गराएपछि १४ पदमा मतदान हुने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने सर्वसम्मति भएको छ । अध्यक्षमा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जना र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनेछ । ओलीले गरेको घोषणा अघोषित प्यानल जस्तै भएकोले ६ जना निर्वाचित हुने प्रवल सम्भावना छ । 

Vianet communication
Laxmi Bank

ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापालाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । 

ओलीले प्रस्ताव गरेका ७ सचिवमा असन्तुष्टि जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि मतदान हुने भएको छ । 

सचिवका लागि ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन् । 

अध्यक्ष, ६ उपाध्यक्ष र ७ सचिव पदका लागि सोमवार राति मतदान हुनेछ । एमालेले गठन गरेको निर्वाचन आयोगले सोमवार राति ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । 

शुक्रवार शुरू भएको एमालेको दशौं महाधिवेशन आइतवार नै सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा लम्बिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x