×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

१४ पदाधिकारीका लागि राति मतदान हुने, केन्द्रीय समितिमा ओलीले प्रस्ताव गरेका बाहेक ३० जनाको उम्मेदवारी

मंसिर १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने १९ मध्ये १४ पदाधिकारीमा मतदान हुने भएको छ । 

Muktinath Bank

अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान हुने भएको हो । यस्तै केन्द्रीय सदस्यका लागि पनि विभिन्न क्लस्टरमा मतदान हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै केही नेताले उम्मेदवारी दर्ता गराएपछि १४ पदमा मतदान हुने भएको हो । ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीबाहेक ३० जनाले मनोनयन दर्ता गराएपछि केन्द्रीय सदस्यमा पनि मतदान हुने भएको छ । 


Advertisment
Nabil box
Kumari

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने सर्वसम्मत भएको छ । अध्यक्षमा केपी ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जना र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनेछ ।

Vianet communication
Laxmi Bank

ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापालाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । 

ओलीले प्रस्ताव गरेका ७ सचिवमा असन्तुष्टि जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि मतदान हुने भएको छ । 

सचिवका लागि ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन् । 

अध्यक्ष, ६ उपाध्यक्ष र ७ सचिव पदका लागि सोमवार राति मतदान हुनेछ । एमालेले गठन गरेको निर्वाचन आयोगले सोमवार राति ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । विद्युतीय मेसिनबाट मतदान गर्ने निर्वाचन आयोगको तयारी छ । मतदानका लागि विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ । 

शुक्रवार शुरू भएको एमालेको दशौं महाधिवेशन आइतवार नै सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा लम्बिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x