×

NMB BANK
NIC ASIA

भोलिदेखि राप्रपा महाधिवेशन हुँदै, अध्यक्षमा कमल र राजेन्द्रबीच प्रतिस्पर्धा

मंसिर १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधवारबाट काठमाडौंमा महाधिवेशन शुरू हुँदैछ ।

Muktinath Bank

‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले सोमवार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउँदै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे ।


Advertisment
Nabil box
Kumari

नेतृत्वका लागि नेता लिङ्देनले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रय मध्येका थापा बाहेकका २ पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् ।

Vianet communication
Laxmi Bank

उनीहरू मैदानबाहिर रहँदा समर्थन भने कसलाई दिन्छन् भन्ने चासो राप्रपा वृत्तमा बढेको छ । जबरानिकट एक नेताका अनुसार उनले आफू अध्यक्षमा नउठ्ने बताइसकेका छन् ।

जबराले पार्टी एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै आफू भने नेतृत्वमा नभिड्ने सन्देश दिइसकेका हुन् । ‘उहाँले म उठ्दिनँ भनेर भनिसक्नुभएको छ, उहाँ एकता प्रयासमा हुनुहुन्छ, सहमतिबाटै नेतृत्व चयन गर्ने जोड हो,’ जबरानिकट स्रोतले भन्यो । तर अर्का अध्यक्ष लोहनीले पनि अध्यक्षका उम्मेदवार लिङ्देनलाई सघाउने वचन दिइसकेका छन् ।

उनले मंगलवार बिहान ११ बजे जमलस्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमै लिङ्देनलाई सघाउने घोषणा समेत गर्दैछन् । लोहनीनिकट नेता जनकराज पाठकले नयाँ पुस्तामा पार्टी नेतृत्व सुम्पिन लोहनी तयार भएको र लिङ्देनलाई सघाउने जानकारी दिएका हुन् ।

राप्रपा महाधिवेशन भोलिबाट शुरू भएर मंसिर १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

महाधिवेशनमा देश तथा विदेशबाट गरी नेतृत्व चुन्ने प्रक्रियामा ४५ सय प्रतिनिधि सहभागी हुने छन् । राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी ९ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । राजधानीमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x