×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

स्पेनिस ला लिगा : ओसासुना र इल्चेले खेले बराबरी

काठमाडाैं | मंसिर १४, २०७८

NTC
TVS INSIDE

स्पेनिस ला लिगाको मध्यम टोली ओसासुनाले रेलिगेसन जोगाउन प्रयासरत इल्चेसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा ओसासुना इच्लेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

Sanima Bank
morang Auto yamaha

ओसासुनाका लागि एन्टे बुडिमिरले गोल गरे । इल्चेका फिडेलले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको सातौं मिनेटमै ओसासुनाले पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको थियो । डिबक्सभित्र इल्चेका फिडेलले फल गरेपछि प्राप्त पेनाल्टीलाई एन्टेले सदुपयोग गरे ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

त्यसपछि इल्चेले १९औं मिनेटमा बराबरी गोल फर्कायो । फिडेलले टेले मोरेन्टेको कर्नर पासमा हेडगोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । ५० प्रतिशत बल पोसेसन राखेको दुवै टोलीले दोस्रो हाफमा थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाए । ओसासुनाका सर्जियो हेरेरा ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै १५ खेलबाट २० अंक बनाएको ओसासुना १०औं स्थानमा छ । समान खेलबाट १२ अंक बनाएको इल्चे १७औं स्थानमा छ । यही बराबरीले इल्चेले रेलिगेसन रेखा छलेको हो । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको १४ खेलबाट ३३ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको समान २९ अंक छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । &nbs...

माघ ६, २०७८

आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय टीम घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी लगायत खेलाडीलाई समेटेर टीम घोषणा गरेको हो । घोषित टी...

माघ ९, २०७८

एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गर्ने एक फुटबल समर्थनलाई पक्राउ परेका छन् ।  गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरे...

माघ ६, २०७८

अन्तिम समयमा कोरोना संक्रमण पुष्टि भएपछि बक्सिङ खेलाडी शुष्मा तामाङ प्रतियोगिता खेल्न विदेश जानबाट रोकिएकी छन् । एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३०...

माघ ६, २०७८

पोखरामा शुरू भएको २०औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टीम एपीएफले विजयी यात्रा शुरू गरेको छ । दर्शक विना खेलाइएको खेलमा एपीएफको जीतका लागि आवास लामिछाने र प्रदीप ...

माघ ७, २०७८

सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा बिहीवार सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...