×

NMB BANK
NIC ASIA

सन्दर्भ नाडाको अधिवेशन

म अध्यक्ष निर्वाचित भएमा नाडालाई नवीन सोचका साथ अगाडि बढाउनेछु– करण चौधरी [अन्तर्वार्ता]

मंसिर १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को निर्वाचन आगामी मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ । 

Sagarmatha Cement
Muktinath Bank

२ वर्षीय कार्यकालका लागि यस निर्वाचनबाट नाडाले नयाँ नेतृत्व पाउने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ नेतृत्वका लागि सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प तथा सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उनको उम्मेदवारी घोषणासँगै नाडाको कार्यकाल युवा पुस्ताले हाँक्ने चर्चा चल्न थालेको छ । 

Vianet communication
Laxmi Bank

यसबीचमा नाडाको अध्यक्षका प्रत्यासी करण चौधरीसँग लोकान्तरले उनको उम्मेदवारी र भावी रणनीतिका बारेमा कुराकानी गरेको छ । 

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

१. केही वर्ष अघिसम्म विलासिताको साधन भनेर चिनिने र अहिले अत्यावश्यक साधनको रूपमा परिभाषित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा सर्वसाधारण नागरिकको पहुँच कत्तिको पुगेको छ ?

हो, अटोमोबाइल अहिले अत्यावश्यक साधन बनेको छ । तर दुर्भाग्य भन्नुपर्छ, निजी साधनमा पहुँच अझै पनि सहज छैन । आजको दिनमा पनि दुईपांग्रे वा चारपांग्रे साधन किन्नका लागि आर्थिक योजना नै बनाउनुपर्ने अवस्था छ । गाडी किन्नलाई ऋण दिने विषयमा सरकारको अडान हतोत्साहित पार्ने किसिमको छ । हामीले गाडीको आयातमा लगाइने उच्च करका विषयमा त झन् कुरै गरेका छैनौं ।

२. देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने अटोमोबाइल व्यवसाय क्षेत्रको नेतृत्वको तयारी गर्दा के सोच बनाएर मैदानमा आउनुभयो ? 

यस संस्थाको नेतृत्व गर्नु ठूलो जिम्मेवारी हो । यसले देशको अर्थतन्त्रलाई हाँक्ने क्षेत्रलाई प्रतिनिधित्व गर्छ । पूर्व तथा बहालवाला नेतृत्वले गरेका विभिन्न प्रयास तथा योजना कार्यान्वयनको म प्रशंसा गर्छु । त्यसैलाई म अघि बढाउने सोचमा छु । युवा ऊर्जा र अनुभवलाई सन्तुलन गर्ने कुरामा म विश्वास गर्छु ।

त्यसैले म यस पदका लागि लड्न खोज्दैछु । देशमा अटो व्यवसायीहरूका लागि थप सहज वातावरण बनाउन तथा उनीहरूका लागि नाफा बढाउन म प्रतिबद्ध छु । नाडाको उपस्थितिलाई प्रदेश स्तरमा पुर्‍याउने काम पनि यसैअन्तर्गत पर्दछ । म थप राम्रो प्रशासन चलाउन तथा संस्थाको पारदर्शिता कायम गर्न डिजिटाइजेसनलाई महत्त्व दिने पक्षमा छु । 

३. नाडामा तपाईंको उम्मेदवारीलाई हेर्दा नयाँ जेनेरेसनमा पुस्तान्तरण हुन खोजेको देखिन्छ । अटोमोबाइल व्यवसायमा युवाहरूलाई कसरी आकर्षण गर्ने योजना बनाउनुभएको छ ?

अटो व्यवसायमा म जस्तो नयाँ पुस्ताको नेतृत्व आउन खोज्दैछ र यस क्षेत्रका लागि यो सुखद संकेत हो । युवापुस्ताको ऊर्जा र सोचसँग मेरा पूर्ववर्तीहरूको अनुभव पनि मिसिँदा यस उद्योगमा नवप्रवर्तनले गति पाएको छ । म युवा सहभागितालाई पूर्णतः प्रवर्धन गर्न चाहन्छु । म निर्वाचित भएमा नाडाको नयाँ नेतृत्व नवीन सोचका विषयमा खुला रहनेछ र नवप्रवर्तनलाई कार्यान्वयन गर्नका लागि वातावरण बनाउन काम गर्नेछ । 

४. नाडाले विगतका केही वर्षदेखि नै सरकारले आफूलाई बेवास्ता गरेको गुनासो राख्दै आइरहेको छ । सरकारसँग नीति निर्माणका लागि कसरी समन्वयकारी भूमिका खेल्नुहुन्छ ? 

नाडा र सरकारले अनुकूल वातावरण बनाउनका लागि सँगै मिलेर काम गर्नुपर्छ । अटो व्यवसायले देशको अर्थतन्त्रमा सबभन्दा धेरै योगदान गर्छ र यस क्षेत्रको आवाज उठाउने नाडाले नै हो । अटो व्यवसायसँग सम्बन्धित विभिन्न एजेन्डाहरूलाई नाडाले संयुक्त रूपमा उठाएको छ । हामीले नीतिगत छलफलका लागि सरकारसँगको सहभागितालाई हालैका दिनमा बढाइरहेका छौं । 

५. एकातिर, कोरोना महामारीपछि नेपालमा अटोमोबाइल व्यवसाय निकै नै प्रभावित भएको भनिन्छ । अर्कातिर, सरकारले विद्युतीय सवारी साधनमा जोड दिइरहेको अवस्था पनि सँगै छ । थलिएको व्यवसायलाई पुनः माथि उठाउन तपाईंले के गर्नुहुन्छ ?

विद्युतीय सवारी अटो व्यवसायको आगामी कदम हो । यसलाई सर्वसुलभ बनाउनका लागि हामीले धेरै काम गर्न बाँकी छ । त्यसका लागि सार्वजनिक र निजी स्तरको प्रयास आवश्यक छ । सरकारले देशमा विद्युतीय गाडीका लागि अनुकूल पूर्वाधार बनाउनुपर्छ । विद्युतीय गाडीको उपयोग बढिरहेको भए पनि नेपालमा त्यसको पूर्वाधार अझै पनि सोचेजस्तो छैन । 

६. काठमाडौं उपत्यका लगायत प्रमुख शहरी क्षेत्रमा ट्राफिक जाम एउटा भयावह समस्याको रूपमा देखिँदैछ । कतिपयले धेरै गाडी भएर जाम भयो भन्छन्, व्यवस्थापनको कमजोरी हो कि साँच्चिकै गाडी धेरै भएका हुन् ? यही क्षेत्रको सरोकार राख्ने भएकोले जाम व्यवस्थापनमा तपाईंहरूको भूमिका के हुन्छ ?

नाडाले ट्राफिक प्रहरी विभागसँग मिलेर सचेतना तथा सुरक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अहिले हाम्रो देशका सडकहरू अरू देशको जस्तो सुरक्षित छैनन् । सरकारले यसमा ध्यान दिनुपर्ने हुन्छ । नागरिकका रूपमा सडक अनुशासनका विषयमा हामी आफैं पनि सचेत हुनुपर्छ । त्यसरी अनुशासन पालन गर्दा सडकको जामबाट पनि मुक्ति पाइन्छ । सडक सुरक्षाका लागि हामीले सचेतना सम्बन्धी अन्य धेरै कार्यक्रमहरू सञ्चालन गर्नेछौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x