×

NMB BANK
NIC ASIA

नेपालमा नार्जो सेरिज ल्याउँदै रियल मीे, नार्जो ५०ए र नार्जो ५०आई बजारमा

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । 

Muktinath Bank

संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०आई र नार्जो ५०ए ल्याएको हो । 


Advertisment
Nabil box
Kumari

आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट रहेको रियलमीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

नार्जो सेरिज सार्वजनिक कार्यक्रममा बोल्दै मुरारका ग्रुपका डाइरेक्टर शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा गौरवान्मित भएको सुनाए ।

उनले भने,‘यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज नार्जो ५०ए र नार्जो ५०आई ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् ।’

रियलमी नार्जो ५०ए

कम्पनीका अनुसार, ‘मिडिया टेक हेलिओ जी८५’ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआई क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । 

यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ एमपी क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० एमएएचको ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल ओटीजी रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज पनि रहेको छ ।  

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त नार्जो ५०एमा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ जीबीको)  राख्न सकिन्छ, जुन २५६ जीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४जीबी+६४जीबी र ४जीबी+१२८जीबी को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

रियलमी नार्जो ५०आई

यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर  रियलमी नार्जो ५०आईमा शक्तिशाली युनिस्ओक ९८६३ अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५ हजार एमएएचको ब्याट्री रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।

यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ । रियलमी ५० आई ८.९ एमएमको सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।

यसमा भएको ८ एमपीको एआई क्यामरा र एफ २.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८०ए को फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा माइक्रो युएसडी पनि राख्न मिल्छ ।
यस्तो छ मूल्य 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x