साउन २४, २०७९
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...
काठमाडाैं | मंसिर १६, २०७८
एमालेको १० औं महाधिवेशन सम्पन्न भएको भोलिपल्ट राजावादी पार्टी राप्रपाले एकता महाधिवेशन सुरु गरेको छ । सो एकता महाधिवेशनको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल, मालेका महासचिव सीपी मैनालीसहित अन्य पार्टीका प्रतिनिधिहरु सहभागि थिए । तर एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाए । यसअघि एमालेको महाधिवेशनमा ओलीको निमन्त्रणमा राप्रपा अध्यक्ष कमल थापा सम्बोधनका लागि चितवन पुगेका थिए । सो क्रममा थापाले ओलीलाई राष्ट्रवादीको उपमा दिएका थिए ।
राप्रपाको महाधिवेशनमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई झटारो हान्न भ्याए । उनले ओलीकै कारण पार्टी फुटेर तीन टुक्रा भएको तर उनले महाधिवेशनलाई एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरे । उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’
प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो ।’
कार्यक्रममै प्रचण्डले सीपी मैनालीमाथि पनि कटाक्ष गरे । मैनालीले ०४६ र त्यसपछिको परिवर्तनमा बाह्य हस्तक्षेप रहेको तथा त्यसमा प्रचण्डको पनि भूमिका रहेको बताएका थिए । त्यसपछि बोलेका प्रचण्डले मैनालीको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै राप्रपाको अध्यक्षले जस्तो टिप्पणी गरेको भन्दै कटाक्ष गरे ।
उनले आफूले लागेको कुरा बोल्ने तर सीपी मैनालीले जस्तो अर्को भाषा बोल्न नसक्ने बताए । ‘तपाईँहरू (राप्रपा)को र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईँ हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन’, प्रचण्डले भने, ‘म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरूको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’
कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीले भने पार्टी अब फेरि नफुट्ने प्रतिबद्धता जनाएका थिए ।
००००
अन्य समाचार संक्षेपमा
नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
००००
नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा रामचन्द्र पौडेल पक्षले जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाएको छ । बुधबार काँग्रेस नेता प्रकाशमान सिंहको निवासमा बसेको पक्षको बैठकले नुवाकोटका केसीलाई सभापतिको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाथ ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार अध्यादेशहरू जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौनहिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको छ ।
यस्तै प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।
००००
नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट बुधवारदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ गरे पनि उत्साहप्रद सुनुवाइ भएको देखिएन ।
बुधवार गोला प्रक्रियाबाट सर्वोच्च अदालतमा ११ वटा इजलास गठन भएका थिए । तीमध्ये संयुक्त ९ वटा र एकल २ वटा इजलास गठन भएका छन् ।
००००
स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट नभेटिए पनि सचेत रहन आग्रह गरेको छ ।
आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको र सावधानी अपनाई यो भेरियन्टलाई नेपालमा प्रवेश हुन नदिन तीव्ररुपमा काम भइरहेको मन्त्रालयको दाबी छ ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । उनको पक्षमा २२ मत खसेको छ । प्रतिपक्षी दल एमाले भने सहभागी थिएन ।
००००
पछिल्लो २४ घन्टामा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७२७ नमूना परीक्षणमध्ये २८५ पीसीआर र ३१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५२९ पुगेको छ । मन्त्रालयका अनुसार थप २५९ जना संक्रमणमुक्त भएका छन् ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लाग...
मंगलवार राति काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । ललितपुरको खोकना क्षेत्र, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्र र भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान वि...
उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो । ...
पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायव उपरीक्षक(डीएसपी) हरुको सरुवा गरेको हो । तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता सम्बन्धी ऐन राष्ट्रपतिले नरोक्ने बताएका छन् । पाँच दिनको जापान भ्रमण सकेर बुधवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा आयोजित पत्रका...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...