साउन २३, २०७९
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन न...
काठमाडाैं | मंसिर १६, २०७८
२ नम्बर प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेश १९ वर्षमुनि (यू–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा कर्णालीले २ नम्बर प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार ४ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । २ नम्बर प्रदेशको पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।
खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीको जीतमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे । राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए ।
बलिङतर्फ २ नम्बर प्रदेशका राजेश यादवले सर्वाधिक ६ विकेट लिए । विवेक यादवले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको २ नम्बर प्रदेशले १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो । २ नम्बर प्रदेशका लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे । सन्तोष कार्कीले ११ रन बनाए । ५ खेलाडी शून्यमै आउट भए ।
कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए । ७ प्रदेश सम्मिलित प्रतियोगिताका शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् ।
फाइनल खेल मंसिर १९ गते हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जीत र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमध्ये ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ ।
लीगको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार खेल्नेछ । बागमती प्रदेश ५ खेलमध्ये २ मा जीत र ३ मा हारसहित ४ अंकका साथ चौंथो स्थानमा छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन न...
‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूको सहभागिता रहेको थियो । उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस ...
साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको मैदान...
भक्तपुरका बेसबल खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा सहभागिता जनाएका छन् । जापान व्यावसायिक बेसबल खेलाडी संघ र फुकुसिमा बेसबल परियोजनाले आयोजना गरेको ‘...
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई १ वर्षका लागि नियुक्त गरेको छ । पूर्व भारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षक सम...
नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङको प्रमुख आतिथ्यमा भ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...