साउन २४, २०७९
माछापुच्छ्रे बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र स...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा बिहीवार ४९.०४ अंकले गिरावट आई २ हजार ५८४.६१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अंकले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ ।
नेप्सेमा उच्च अंकको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको ९ लाख ३२ हजार ७३१ कित्ता शेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
शेयर कारोबार हुने हप्ताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार रुपैयाँ बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १७.८८, व्यापार ३६.०५, होटल तथा पर्यटन ६२.३७, विकास बैंक १८९.०१, जलविद्युत् ६६.६५, वित्त ९३.३७, निर्जीवन बिमा २४५.८५, उत्पादन १५३.६७, अन्य ७५.६९, लघुवित्त ८४.४, जीवन बिमा २३०.८३, सामूहिक लगानी कोष ०.२ र लगानी १.४१ अंकले ओरालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा बिहीवार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको १२ करोड ४३ लाख ३९ हजार ३०६ रुपैयाँ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी ११ करोड ७९ लाख १९ हजार २२, नेसनल हाइड्रोपावर १० करोड ९७ लाख ५० हजार ३४७, नेपाल दूरसञ्चार कम्पनी ९ करोड ८६ लाख ४७ हजार ४४ र नबिल बैंक ९ करोड १५ लाख ८८ हजार १०० रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।
माछापुच्छ्रे बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र स...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गरेको ...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट...
शेयर बजारको मापक सूचक नेप्से मंगलवार ४३.४५ अंकले घटेको छ । नेप्से एकैदिन २.०६ प्रतिशतले घटेर २०६२.८० अंकमा झरेको छ । बजारमा पहिरो जाने गरी घटेको दिन हिमालयन हाइड्रोपावर लिमिटेडका लगानीकर्ता भने...
बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१६ रुपैयाँ र बिक्री दर १२७.७६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । मंगलवार पनि अमेर...
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...