×
Bajaj Top
Khukuri
FONEPAY

संसद अधिवेशन आह्वान

संसदको हिउँदे अधिवेशनको मुख्य कार्यसूची एमसीसी !

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेदेखि शुरू हुने गरी संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेकी छन् ।

Sanima Bank
morang Auto yamaha

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीवार संसदको अधिवेशन आह्वान गरेकी हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ अध्यादेश जारी गरेको भोलिपल्ट संसदको अधिवेशन आह्वान गरिएको हो । यसअघि साउन ३० गते पुनःस्थापित प्रतिनिधि सभाको पहिलो अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । 

कात्तिक १२ गते प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेर सरकारले त्यसको १ महिनापछि अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । मंसिर २८ गते शुरू हुने अधिवेशनको मुख्य कार्यसूची अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी अनुमोदन हुने रहेको सत्तारुढ दलनिटक स्रोतले लोकान्तरसँग भन्यो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

एमसीसीबारे सत्तारुढ दलहरूबीच विवाद छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी अनुमोदनको पक्षमा छन् भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा छन् ।

सत्तारुढ दलभित्रै मतभेद रहेको भन्दै नेकपा एमाले एमसीसीबारे अनिर्णित छ । यद्यपि एमाले अध्यक्षमा पराजित भीम रावललगायत केही सांसदले एमसीसीको विरोध गर्दै आएका छन् । दलहरूबीचको मतभेदकै कारण एमसीसी लामो समयदेखि प्रतिनिधि सभामा विचाराधीन छ । 

संयुक्त राष्ट्रसंघको महासभाका दौरान र हालै मात्र नेपाल भ्रमणमा आएका अमेरिकी सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाएका थिए । 

मंसिर ३ गते अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा एमसीसी अनुमोदनका लागि डिसेम्बर १४ अर्थात् मंसिर २८ गतेसम्मको समय दिएका थिए । संयोगले संसदको अधिवेशन सोही दिन प्रारम्भ हुँदैछ ।

‘मंसिर दोस्रो साताबाट संसदको हिउँदे (विधेयक अधिवेशन) बोलाउने परम्परा नै हो, यो सदनको मुख्य कार्यसूची एमसीसी हुने प्रबल सम्भावना छ,’ सत्तारुढ दलका एक नेताले भने । बुधवार अध्यादेश जारी गरेर बिहीवार प्रतिनिधि सभाको अधिवेशन बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनका कारण संसदको अधिवेशन ढिलो गरी शुरू हुन लागेको हो । 

माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमालेले यसअघि प्रतिनिधि सभाको सिंगो अधिवेशन अवरुद्ध गरेको थियो । भदौ २६ गतेदेखि शुरू भएको प्रतिनिधि सभाको अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो । 
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीवार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयमा छलफल भएको छ । त्यस अवसरमा उनीहरूबीच बुधवार सम्पन्न राष्ट्रिय सभाको निर्वाचन, कोभिड&nda...

माघ १३, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् ।  उनले जारी गरेको सन्देशमा विजयीहरुको...

माघ १३, २०७८

नेपाली कांग्रेसले भोलि शुक्रवार दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गर्दै बैठकबारे जानकारी गराएका छन् । बैठकको एजेन्डामा केन्...

माघ १३, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचन २०७८ मा गण्डकी प्रदेशबाट निर्व...

माघ १३, २०७८

स्थानीय तहको चुनावको मिति घोषणालाई लिएर राष्ट्रिय रूपमा बहस भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा बिहीव...

माघ १३, २०७८

राष्ट्रियसभा बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीवार सूचना प्रकाशित गर्दै १७ गते बैठक बोलाइएको जनाएका छन् । यसअघि माघ २ गते सूचनामार्फत बैठक अर्काे सूचनासम्मका ला...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...