×

NMB BANK
NIC ASIA

बबरमहलमा १६ वर्षीया सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कलाकार सुप्रिया पाण्डेको एकल चित्रकला प्रदर्शनी  ‘महिला हिंसाः भ्रूणदेखि घाट सम्म’ बिहीबारदेखि सुरु भएको छ । टिम नेपोको आयोजनामा भएको सो चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा तीन दिनसम्म चल्नेछ ।

Sagarmatha Cement
Muktinath Bank

१६ वर्षीया पाण्डेले करिव २ वर्षदेखि  ‘महिला हिंसाः भ्रुणदेखि घाटसम्म’  थिममा आर्ट गरेकी थिइन् भने कोरोनाको कारण रोकिएको यस चित्रकला प्रदर्शनीलाई आजदेखि प्रदर्शनमा राखिएको हो । पाण्डे जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेकी छोरी हुन् । सो अवसरमा डा पाण्डेले बालबालिकालाई अभिभावकले पर्याप्त समय दिनुपर्ने र सो क्रममा उनीहरुलाई समाजका बारेमा यथेष्ट जानकारी पनि दिनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म कामबाट बेलुका फर्किएपछि परिवारसँग नियमित आधा घण्टा गफ गर्छु, जसमा समाजमा घटेको घटनाबारे कुराहरु गर्ने गर्छु । अहिलेको यस कन्सेप्ट पनि त्यही पारिवारिक गफबाट नै सिर्जना भएको हो’, पाण्डेले भने, ‘त्यसैले आफ्नो बालबालिकालाई दिनमा आधा घण्टा भएपनि समय छुट्याएर कुरा गर्ने गरौँ । यसले गर्दा आफ्ना बच्चाहरुले समाजको बारेमा थाहा पाउँछन् भने त्यसबाट उनीहरुलाई सिर्जनशील हुनमा पनि मद्दत मिल्नेछ।’   


Advertisment
Nabil box
Kumari

त्यस्तै कार्यक्रममा कलाकार रसना बज्राचार्यले  सुप्रियाको चित्रकलाको तारिफ गरिन् । ‘नेपाल कलाको धनी देश हो र नारीलाई देवीको रुपमा पुज्ने गरिन्छ तर व्यवहारमा भने देखिँदैन ।  त्यही कुरालाई यति सानो उमेरमा  चित्रमार्फत पेस गर्न सक्ने खुबी सुप्रियामा देख्दा खुसी लागेको छ’, उनले भनिन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले  १६ वर्षको कलिलो उमेरमा नै महिला हिंसाजस्तो संवेदनशील विषयवस्तु सुप्रियाले चित्रकलामार्फत प्रस्तुत गरेको भन्दै उनको आगामी उज्ज्वल भविष्यको कामना गरे ।

सुप्रियाले एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि महिलाहरुले सहनु र भोग्नुपरेका घरेलु तथा सामाजिक हिंसाहरुमा केन्द्रीत रहेर ३० वटा चित्रहरूको प्रदर्शनी गरेकी छिन् ।  प्रदर्शनीबाट बिक्री भइ संकलित रकम कर्णाली प्रदेशको महिला हिंसाविरुद्धका संघसंस्थाहरुलाई सहयोग स्वरुप दिइने टिमनेपोका अध्यक्ष डा निगम पौडेल जानकारी दिए ।     

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x