×

NMB BANK
NIC ASIA

यी २५ वटा कम्पनीको आईपीओ निष्कासन गर्ने तयारी

मंसिर १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) र ७ वटा कम्पनीको हकप्रद शेयर पाइपलाइनमा रहेका छन् ।

Muktinath Bank

२५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी कम्पनीले कूल ६ अर्ब ८० करोड ७६ लाख ४०० बराबरको ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कूल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६०० रुपैयाँ बराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा २ वटा बिमा, २ वटा हाइड्रोपावर, २ वटा फाइनान्स र एउटा विकास बैंकको हकप्रद रहेका छन् ।

Vianet communication
Laxmi Bank

आईपीओको तयारीमा रहेका २५ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त वित्तीय संस्था, २ वटा इन्स्योरेन्स कम्पनी, १५ वटा हाइड्रोपावर कम्पनी र २ अन्य समूहका कम्पनी रहेका छन् । अन्य समूहका कम्पनीमा इमर्जिङ नेपाल र डिस मिडिया नेटवर्क छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार २५ वटा कम्पनीमध्ये सबैभन्दा बढी ग्रिन भेन्चर लिमिटेडले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले १ सय १२ प्रिमियम थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्न लागेको छ । रिलायबलको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

२५ वटा कम्पनीको आईपीओ कहिलेबाट जारी हुने भने निक्र्याैल भइसकेको छैन । धितोपत्र बोर्डमा निवेदन दिएपछि बोर्डले अध्ययन गर्ने, कागजात माग्दै कमेन्ट पठाउने काम गरिरहेको छ ।

सबै प्रक्रिया पूरा भएपछि धितोपत्र बोर्डले स्वीकृति दिई आईपीओ निष्कासनको प्रारम्भिक मिति तय गर्नेछ । पाइपलाइनमा रहेका कम्पनीमा सयपत्री हाइड्रोपावर, इमर्जिङ नेपाल, मोलुङ हाइड्रोपावर, रिलायबल लाइप इन्स्योन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो र सिकिज हाइड्रोको प्रारम्भिक समीक्षा भइरहेको सेबोनले जनाएको छ ।

यसैगरी, डिस मिडिया, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावरको समीक्षा सकी कमेन्ट पठाइसकेको धितोपत्र बोर्डले उल्लेख गरेको छ ।

त्यस्तै, समीक्षाको अन्तिम चरणमा रहेका कम्पनीमा विन्ध्यबासिनी हाइड्रो, हिमालयन हाइड्रो, बलेफी हाइड्रो, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, डोर्डीखोला जलविद्युत्, अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, जल्पा सामुदायिक लघुवित्त र राष्ट्रउत्थान लघुवित्त रहेका छन् ।

दोस्रो बजारमा हुने उतारचढाव र आईपीओ परे छोटो समयमा नै शेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु हुने अनि नपरे ब्याज पनि पाइने भएकाले लगानीकर्ताहरू झन् झन् आकर्षित हुँदै आएका छन्

शेयरबजारमा आकर्षण बढेसँगै सेयर कारोबार गर्नका लागि डिम्याट खाता खोल्नेको संख्या ४७ लाख १२ हजार नाघिसकेको छ ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण अहिले आईपीओ निष्कासनको पाइपलाइन भएता पनि अन्तिम निर्णय दिइसकेको छैन । अध्यक्ष नियुक्तिसँगै यो आर्थिक वर्षमा २५ वटामध्ये अधिकांशको प्रारम्भिक सेयर निष्कासन हुने बताइएको छ ।

हकप्रदको पाइपलाइनमा रहेका सातवटा कम्पनीमा अपी पावर, नेपाल फाइनान्स, छ्याङ्डी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

जसमध्यै शिखर इन्स्योरेन्सले १०ः३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

यसैगरी, आईएमई जनरल इन्स्योरेन्सले १०ः४ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ । अनुमति पाएमा यो कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले पनि १ः१.५ प्रतिशतमा कुल ३० लाख कित्ता हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । समृद्धि फाइनान्सले २ः१ अनुपातमा २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्कासनको तयारी गरेको धितोपत्र बोर्डले जनाएको छ ।

नेपाल फाइनान्सले पनि १ः०.७ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद निष्कासनका निवेदन दिएको छ ।

अपी पावरले भने १ः०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद बाँड्दैछ । छ्याङडी हाइड्रोपावरले १०ः३ अनुपातमा ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ । राजधानीमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x