×

NMB BANK
NIC ASIA

सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा

मंसिर १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ ।

Muktinath Bank

सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइरस नेपाल प्रवेश गर्न सक्नेप्रति स्वास्थ्यविज्ञ चिन्तित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा ओमिक्रोन भाइरस देखिएकाले नेपालमा देखापर्ने निश्चित भएको दाबी गर्दै वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, “ओमिक्रोन प्रवेश हुन नदिन उपाय अवलम्बन गर्नुपर्छ । सङ्क्रमण अत्यधिक भएर बन्दाबन्दीको अवस्था आउँदा समस्या पर्छ ।”


Advertisment
Nabil box
Kumari

उनले केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिँदै गएको भन्दै ओमिक्रोन भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न सरकार र समुदायस्तरबाटै पहल गरिनुपर्ने सुझाव दिए। विशेषज्ञ डा. सुवेदीले दक्षिण अफ्रिकामा खोप नलगाएका व्यक्ति ओमिक्रोनबाट बढी सङ्क्रमित भएकाले नेपालमा पनि सबैले खोप लगाउनैपर्ने बताए ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ओमिक्रोन फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप सतर्कता अपनाउन सुरु गरिएको जानकारी दिए। “भारतमा भाइरस देखिएपछि खुला नाका भएकोले नेपालमा देखिन सक्ने सम्भावना भएरै सीमामा कोरोना परीक्षण गर्ने कार्य भइरहेको छ,” उनले भने, “कोरोना परीक्षण कार्यलाई निरन्तरता दिनुका साथै पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको छ ।”

ओमिक्रोन भाइरस डेल्टाको तुलनामा पाँच गुणा बढी खतरनाक छ । हालसम्म ओमिक्रोन देखिएको दुई हप्ता नपुग्दै फैलिने क्रम ह्वात्तै बढेको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको ओमिक्रोन भाइरस मङ्सिर १७ गतेसम्म ३५ देशमा फैलिसकेको छ ।

ओमिक्रोन भेरियन्ट हालसम्म दक्षिण अफ्रिका, बोत्स्वाना, भारत, नेदरल्यान्ड, हङ्कङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानाडा, स्विडेन, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, जापान, घाना, दक्षिण कोरिया, नाइजेरिया, ब्राजिल, नर्वे, साउदी अरब, आयरल्यान्ड, अरब इमिरेट्स, ग्रिस, अमेरिका, सिङ्गापुर, मलेसिया, फ्रान्स, श्रीलङ्का, मेक्सिकोलगायतका देशमा फैलिसकेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अन्य प्रजातिभन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेकोले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । एक सय दिनमा डेल्टाको जति सङ्क्रमित भेटिएका थिए, ओमिक्रोनका सङ्क्रमित १५ दिनैमै फेला परिसकेका छन् । ओमिक्रोन भाइरसका बारेमा अझै पनि अनुसन्धान हुन बाँकी रहेकाले यसबाट हुने क्षति अझै आकलन गर्न सकिएको छैन । गोरखापत्र दैनिकमा सरोज ढुंगेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x