×

NMB BANK
NIC ASIA

कोरोनाको तेस्रो लहरको खतराले होटल व्यवसायी चिन्तित

पुस १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गत साउन महिनादेखि कोरोना संक्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तंग्रनेमा निकै खुशी लागेको थियो । 

Muktinath Bank

यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उनलाई उत्साह पनि थप्दै लगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्ष नबत्दै उनलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । ‘व्यवसायले रूप फेर्लाझै लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले सताउन थालिसक्यो,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

कोरोनाका २ वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको कोरोना ओमिक्रोन महामारी प्रक्षेपणले उनीलगायत धुलिखेलका होटल व्यवसायीलाई हाल थप चिन्ताको भारी बोकाएको छ । 

Vianet communication
Laxmi Bank

यही साल कोरोनाको दोस्रो लहरले होटल व्यवसाय थप धरासायी बनाएपछि पुनः तंग्रन थालेको समयमा तेस्रो लहरको प्रक्षेपणले व्यवसायलाई निकै मार पर्ने क्षेत्रीय होटल संघ (हान) को सचिव ज्योत्स्ना सैंजु बताउँछन् । उनले भने, ‘नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउनुहुन्छ तर यसलाई सन्तोषजनक मान्नुपर्छ ।’

केही महिनाअघि नेपाल आउँदा क्वारेन्टीन बस्नुपर्ने नियम हटेपछि उनको धुलिखेलस्थित होटल माउन्ट प्रिन्समा विदेशी पर्यटक समेतको निकै चहलपहल बढेको थियो । 

उनका अनुसार कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका ४ होटल बन्द भएका छन् । ‘होटल निर्माणको ब्याज तथा घर भाडा समेत सतर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुपर्‍यो, नयाँ व्यवसायी यो पेशामा आउन डराइरहनुभएको छ,’ उनले भने । २० कोठा क्षमता रहेको उनको होटलले स्वास्थ्य मापदण्ड अपनाई पाहुनालाई सेवा प्रदान गर्दै आएको छ । 

पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करीब ६० होटलमा १ हजार बेड क्षमता छन् । काभ्रेपलाञ्चोकस्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करीब ५० अर्ब रुपैयाँको लगानी रहेको संघले जनायो । यहाँ करीब ३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

गत चैतमा दोस्रो लहर शुरू भएसँगै वैशाख अन्तिम हप्तासम्म धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । जेठ, असार र साउनमा होटल ठप्पै रह्यो । कोरोनाको जोखिमपछि हाल पुनः असोज महिनादेखि बामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए ।

‘तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । हालसम्म त आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्लो दिनमा कोरोना संक्रमण बढ्दै गएपछि विदेशी पाहुनाको चहलपहल घट्दै गएको छ ।’ – राजकुमार पराजुली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x