कात्तिक १९, २०८०
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
कला र गलाले संगीत जगतमा आफ्नो बेग्लै पहिचान बनाउन सफल गायक हुन् कैलालीका रामकुमार कठरिया (३४) ।
दृष्टिविहीन छन् उनी तर आफ्नो जादुमय स्वर र प्रस्तुति शैलीले जो कोहीलाई मोहित बनाउँछन् । थारु, नेपाली, कठरिया भाषाको सांगीतिक क्षेत्रमा उनी निकै अब्बल दर्जाका गायक मानिन्छन् तर पछिल्लो २ वर्षयता भने उनी गुमनाम छन् ।
कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मंझराका उनी विपन्न परिवारबाट प्रतिनिधित्व गर्छन् । पुर्ख्यौली सम्पत्तिको नाममा ५ कठ्ठा जमिन छ । उनको जीविकोपार्जनको एउटै माध्यम हो गला । ठाउँका ठाउँ सांगीतिक खुराक पस्कन सक्ने क्षमताले उनी संगीत प्रेमीको ढुकढुकी बन्न सफल भएका छन् ।
तर विश्वव्यापी फैलिएको कोरोना महामारीले उनको गला र कलाको घाँटी रेटिएको सुनाउँछन् । उनी भन्छन्, ‘महामारीले सबै क्षेत्र प्रभावित छ । दृष्टिविहीन भएका कारणले मेरो लागि त झनै यो समय फलामको चिउरा चपाउनुसरह भएको छ । मेरो परिवारको आयस्रोतको माध्यम नै मेरो गला हो । यो महामारीले मेरो गला नै सुकेझैं लाग्छ ।’
कैद भएका सिर्जनाहरू उडानको पर्खाइमा
महामारीअघि उनी आफ्नै कला र गलाको कमाइले २ कठ्ठा जमिन किन्न र घर बनाउन सफल भए । उनको सांगीतिक उडानले गति लिएको थियो ।
उनी थप्छन्, ‘कसैले यस्तो सोचेको थियो र ? कल्पना समेत गरेको थिइनँ । कला क्षेत्रमा लगानी गर्ने बेलामा विश्व नै कोरोना कहरले प्रभावित भयो । म कसरी अछुतो रहन सकुला ? हाल मेरा सिर्जनाहरू कैद छन् । बाहिर आउन खोजिरहेका छन् । कति बेला अनुकूल वातावरण पाउँलान् र उडान भर्लान् ।’
उनले २०६३ सालदेखि आफ्नो गायन यात्रा शुरू गरेका हुन् । उनमा सेन्टिमेल्टल, रोमान्टिक, सांस्कृतिक, पप, कमेडी भावशैलीको गीत रचना गर्न, स्वर दिन तथा पूर्ण संगीत सिर्जना गर्न सक्ने अद्भूत क्षमता र कला छ ।
हालसम्म आफूलाई मन पर्ने थारु भाषाको रोमान्टिक सेन्टिमेटल गीत ‘मन काहे टोहार बिना रहठ मोर उदास’ रहेको उनी बताउँछन् ।
उनले हालसम्म आफ्नै शब्द, संगीत र स्वरमा सजिएका ३०० बढी गीतहरू बजारमा ल्याएका छन्, जसले सांगीतिक क्षेत्र तताइरहेका छन् । उनका ६० बढी गीत संयुक्त स्वरमा सजिएका छन् । ती गीतहरू तराई–मधेशका गल्लीहरूमा सदाबहार गुञ्जयमान छन् ।
उनले शुरूमा कठरिया भाषाको गीति एल्बम ‘टुम्हर विना’ ल्याएका थिए । त्यसपछि डेढ दर्जनभन्दा बढी गीति एल्बम लगातार बजारमा ल्याए ।
‘जैसे बगिया सुहावन लागे’, ‘टीकापुर बजारमा देख्नु टुहिन’, ‘तोहार ओठ लागे लसाहा’, ‘लिख डहनु हाय राम सन्देश टुम्मर नामटी’, ‘घोराघोडी मन्दिरम हाँ टु मै भेट करबी’, ‘अकाशके पानी जसिन’, ‘टुहिनसे सटकटमे लभ होगिल’, ‘हाइ मोर डार्लिग’, ‘आँखीम् चस्मा, लग्ठो करिस्मा’, ‘मोर सानु’, ‘टुहिनसे प्यार होगिल पहिल मुलाकाटमे’ जस्ता गीत युवायुवती, वृद्धवृद्धा लगायतको जनजिब्रोमा झुण्डिन सफल छन् ।
यति मात्रै होइन, उनको कमेडी भावको ‘सुग्घुर जन्नी छाँट के ना लेहो भैयौ, सुग्घर जन्निक् दिल बरे खोट रे’, ‘मोर दुई ठो जनेवन बटै, दुनुक नाउ रामप्यारी’ गीतले समाजमा व्याप्त विकृति तथा प्रवृतिविरुद्ध व्यंग्य वाण प्रहार गर्छन् ।
उनको ‘दिल डैडेम मंग्बो तो’ नयाँ गीत बजारमा आउने तयारीमा छ ।
‘मौलिक भाषामा हिन्दीकरण हुँदा दुःख लाग्छ’
पुराना गीत, कला, संस्कृति र सर्जकहरू आझेलमा पर्दै गएको भन्दै उनी चिन्ता व्यक्त गर्छन् । सस्तो लोकप्रियताका लागि केही कलाकार तथा सर्जकहरूले मौलिक भाषामा हिन्दी मिसाएर विकृत पार्दैआएकोमा उनको दुःखेसो छ । मौलिक भाषा र संस्कृति संरक्षणतर्फ सबैको ध्यान जान आवश्यक रहेको उनको जोड छ ।
उनी भन्छन्, ‘पुराना गीतहरू ओझेलमा पर्दै गएका छन् । त्यसैले दूध होइन, दूध दिने गाईलाई जोगाउन सकिएन भने संस्कृति लोप हुँदै जान्छ । कलाकार जोगाए मात्रै कला जोगिन्छ ।’
घरमा पत्नी, छोरासहित उनको ३ जनाको परिवार छ । उनको आयस्रोतको दरिलो अर्को माध्यम मेला, महोत्सवमा आयोजना हुने सांगीतिक स्टेज कार्यक्रम पनि हो तर त्यही स्टेज कार्यक्रममा प्रस्तुति गरेबापत पाउनुपर्ने पारिश्रमिक नपाउँदा साह्रै पीडा बोध हुने उनको भनाइ छ ।
‘अधिकांश ठाउँमा मलाई प्रयोग मात्रै गरियो । पारिश्रमिकमा पनि बार्गेनिङ हुन्छ । कुरा गर्यो कुराकै दुःख भन्छन्,’ उनले भने ।
जन्मजात जलबिन्दु
अतिविपन्न परिवारमा जन्मिएका रामकुमारको आँखामा जन्मजात जलबिन्दुको समस्या देखियो । उचित उपचार र खानपानमा विशेष ध्यान दिनुपर्ने डाक्टरको सुझाव थियो तर २ छाक खानाकै लागि संघर्ष गर्नुपर्ने बाध्यता थियो । आँखाको उचित उपचारभन्दा उनी कलिलै उमेरमा कामको खोजीमा २०५८ सालताका भारतको उत्तराखण्ड पुगे । भारतको मेरठ, बरेली, सिमला, हरियाणा लगायत शहरमा कडा परिश्रम गर्नुपरेको उनी आफ्नो विगत सुनाउँछन् ।
कडा परिश्रमकै कारण भारतमै रहेको बेला २०६२ सालमा उनले दुवै आँखाको ज्योति गुमाए । अनि जीविकोपार्जनको माध्यम सांगीतिक क्षेत्र रोजे उनले ।
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...