कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
राजेन्द्र राउत मनाङ–मर्स्याङ्दी क्लबका पूर्व फूटबल खेलाडी हुन् । मनाङ–मर्स्याङ्दी क्लबबाट फूटबलका खेलाडी यतिबेला व्यावसायिक क्षेत्रमै नाम कमाउन सफल बनेका छन् ।
राजेन्द्र खेलाडी बन्न चाहन्थे तर बुवाले उनलाई व्यवसायी बनाउन चाहे । बुवा दलबहादुर राउतको कुरा काट्न नसकेपछि राजेन्द्रले खेलकुद र व्यवसाय सँगसँगै गरे । उनी दुवैतिर सफल पनि भए ।
शुरूआतताका सफल भइन्छ कि भइँदैन भन्ने चिन्ताबीच २०४२ सालमा उनले काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरे । राजेन्द्रले त्यही गार्मेन्ट उद्योग २० वर्षसम्म सञ्चालन गरे । १ हजार २०० मजदुरलाई त्यो समयमा गार्मेन्ट उद्योगमा रोजगारी दिएको उनी बताउँछन् । पछि उनले त्यही गार्मेन्ट उद्योगलाई दुहबीमा सारे ।
पहिलो व्यवसायमा उनलाई केही झड्का लाग्यो । ‘मैले जे सोचेको थिएँ, त्यो हुन सकेन तर कहिल्यै हरेश खाइनँ,’ उनले भने । उद्योग चलाइरहेका बेला भएका राजनीतिक आन्दोलन, बन्द, हड्ताल, चक्काजाम जस्ता कारणले समस्या निम्त्याएको उनले बताए ।
उनले गार्मेन्टलाई अमेरिकासम्म पठाउँथे तर आन्दोलन र मजदुरको हड्तालले मागअनुसार उत्पादन नभएर पठाउन नसक्दा ग्राहक बिच्किने गर्दा समस्या भएको उनले बताए । ‘नेपालमा विभिन्न खालका आन्दोलनले असर गर्यो, मागेको समयमा सामग्री उत्पादन गरेर पठाउन सकिएन, जसले गर्दा एक पटकमा लाखौं रुपैयाँ घाटा हुन्थ्यो,’ उनले भने, ‘आज यति सामग्री उत्पादन गरेर पठाउँछु भन्ने अवस्था थिएन । अमेरिकाले कोटा सिस्टममा मगाउँथ्यो, कहिलेकाहीँ मजदुर आन्दोलन, हड्ताल, बन्द जस्ता समस्याले उत्पादन गर्न सकिएन ।’
माओवादी आन्दोलनका बेला उनले गार्मेन्ट उद्योगलाई बन्द गरेर अर्काे शुरू गरेका थिए । आन्दोलन चर्किंदै जाँदा सिन्धुलीमा चुनढुंगाको उत्खनन् गरेको उनले बताए । ‘त्यो समयमा खानी तथा खोलाजन्य वस्तु उत्खनन् गर्नु फलामको चिउरा चपाएजस्तै हुन्थ्यो,’ उनले भने, ‘एकातिर विद्रोह गरिरहेको माओवादीको नजर, अर्काेतिर राज्यको नजर पर्थ्यो ।’ द्वन्द्वरत माओवादी र राज्यबाट असहयोग नभएको उनले बताए तर त्यो बेला आफ्ना लागि धेरै ठूलो ‘यूटर्न’ भएको उनले बताए ।
निजी क्षेत्रबाट पहिलो सिमेन्ट उद्योग आफूले शुरू गरेको उनले बताए । मारुती सिमेन्टको उद्योग शुरू गरेको उनले बताए । ‘गार्मेन्ट बन्द गरेर मारुती सिमेन्ट खोले, मारुती सिमेन्ट निजी क्षेत्रको पहिलो सिमेन्ट हो,’ उनले भने । मारुती सिमेन्ट उद्योग अहिले १७ वर्ष पुगेको छ ।
विराटनगरमा जुत्ता–चप्पलको उद्योग पनि सञ्चालन गरिरहेको उनले बताए । विराटनगरमै अन्नपूर्ण सिमेन्ट उद्योग पनि उनले सञ्चालन गरिरहेका छन् । स्टिल उद्योग सञ्चालनको तयारी पनि गरिरहेको उनले बताए । स्काभेटरको सेल्स सर्भिसको व्यवसाय पनि उनले सञ्चालन गरिरहेका छन् । उनलाई छोराहरूले पनि साथ दिइरहेका छन् ।
‘मास्टर’ गरेर ५ वर्षदेखि छोरा प्रतीक राउत, प्रदेश राउतले व्यवसायमा सहयोग गरिरहेका उनले बताए ।
‘संघर्ष गरेपछि मात्रै सफलता मिल्छ भन्ने लाग्छ,’ उनले भने, ‘डोकोमा दूध हुँदा अडिँदैन, त्यसका लागि बाल्टी नै चाहिन्छ ।’
‘उद्योगी मालिक भनेपछि काम गर्नु हुँदैन, अरुलाई काम लाएर आफू कुर्सीमा बस्ने हो भन्ने चलन अहिले पनि छ,’ उनी भन्छन्, ‘तर त्यो मेरो जीवनमा कहिल्यै पनि लागू भएन । म ७ दिनमा मात्रै घर जान्थे, गार्मेन्ट उद्योगमा अरु मजदुरहरू सँगै बसेर काम गर्थें ।’
सघर्षका कथा सुनाउँदा उनको अनुहार पनि मलिन देखिन्थ्यो । ‘मसँगै बसेर काम गर्दा मजदुर पनि खुशी हुन्थे, मालिक पनि हामीसँगै काम गरिरहेको छ भनेर कामदारलाई हौसला मिल्थ्यो,’ उनले भने, ‘लगातार ४८ घण्टासम्म काम गरिन्थ्यो । गार्मेन्ट उद्योगमा काम गर्दा ७ दिनमा मात्रै घर जाने गर्थें ।’
हाल उनका १४ उद्योग सञ्चालनमा छन् । ६०० मजदुरलाई रोजगारी दिएको उनले बताए । गार्मेन्ट सञ्चालन हुँदा १ हजार २०० जति मजदुर थिए । उद्योग, व्यापार गर्न बैंकिङ क्षेत्रले असहयोग गरेको उनी बताउँछन् ।
काठमाडौंमा जन्मे–हुर्केका राउतका आफन्त तथा जग्गा जमिन विराटनगरमा थियो । जग्गा, जमिन तथा आफन्तहरू विराटनरमा भएका कारण सानैदेखि उनको आवतजावत विराटनगरमा भइरहन्थ्यो । ‘जागिरे बुवाको एक्लो सन्तान मलाई कुनै समस्या थिएन तर एउटा चिन्ता भने निकै समयसम्म रहिरह्यो,’ उनले भने । उनको चिन्ता रहेछ – सुनसरी मोरङ कोरिडोरमा आफ्नो उद्योग कसरी स्थापना गर्ने ?
‘म काठमाडौंबाट विराटनगर आउँदा इटहरीबाट यता लागेपछि गाडीको झ्यालको सिसा खोलेर यहाँ ठूलो घर बनाएर उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भने । अहिले त्यो चिन्ता समाधान भइसकेको उनले बताए ।
उनी उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य, साफ चेम्बरको केन्द्रीय सदस्य, नेपाल सरकारको लगानी बोर्डका सदस्य, मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार जस्तो पदमा काम गरिरहेका छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...