×

NMB BANK
NIC ASIA

यी हुन् सेनामा आधारित चलचित्र 'श्यामबहादुर'देखि 'गोरखा'सम्म, यसै वर्ष रिलिज हुने

पुस २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतमा सन् २०२१ मा देशभक्तिमा धेरै फिल्म बनेका छन् । अब बलिउड सेनाका बहादुर जवानको कथा सुन्न तयार छ । यो वर्ष ७ वटा यस्ता फिल्म रिलिज हुनेछन्, जसमा तपाईंलाई डिफेन्स फोर्सहरूको बारेमा बताइनेछ ।

Sagarmatha Cement
Muktinath Bank

अट्याक


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

'अट्याक' एक आगामी एक्सन थ्रिलर फिल्म हो, जसलाई लक्ष्यराज आनन्दले निर्देशित र सह-लेखन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

यस फिल्ममा ज्याकलिन फर्नान्डिज र रकुल प्रीत सिंहको साथमा जोन अब्राहम मुख्य भूमिकामा छन् । हालै यस फिल्मको पहिलो अफिसियल टिजर सार्वजनिक भएको छ ।

यसमा जोन अब्राहम एक रेन्जर अफिसरको भूमिकामा देखिएका छन् । भिडियो एक धमाकाको साथ शुरू हुन्छ, जहाँ रकुल प्रीत र ज्याकलिन फर्नान्डेजको झलक पाउन सक्छौं, जसलाई हेर्दा ज्याकलिनले एयर होस्टेसको भूमिका निर्वाह गरिरहेको देखिन्छ । त्यहीँ जोन बन्धकको स्थितिको सामना गर्न लडिरहेका छन् । यो चलचित्र जनवरी २८ मा रिलिज हुने तालिका छ । तर, कोरोना संक्रमितको संख्या बढ्दै गए स्थगित पनि हुन सक्नेछ । 

मेजर

‘मेजर’ आगामी एक्सन चलचित्र हो । यो फिल्म २००८ को मुम्बई आतंकवादी हमलामा आधारित छ, जसले शहीद मेजर सन्दीप उन्नीकृष्णनको कथा देखाउँछ ।यो फिल्म तेलुगु र हिन्दीमा एकैसाथ छायांकन गरिएको थियो र पछि मलयालममा डब गरिएको थियो । 

फिल्ममा तेलुगु अभिनेता अदिवी शेषा मुख्य भूमिकामा छन् । उनीसँगै शोभिता धुलिपला, साई मांजरेकर, प्रकाशराज र रेवती पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।

श्यामबहादुर

फिल्म 'श्याम बहादुर' एक महान युद्ध नायकमध्ये एक बहादुर श्याम मानेकशाको जीवन र समयमा आधारित छ, जो 1971 मा भारतले पाकिस्तानसँग बंगलादेशमुक्ति युद्ध लडेको थियो । त्यसबेला उनले भारतीय सेना प्रमुखको रूपमा सेवा गरेका थिए । 

यस फिल्ममा विक्की कौशल मुख्य भूमिकामा देखिनेछन् भने सना शेख देशकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछन् । रोनी स्क्रुवालाद्वारा निर्मित, श्याम बहादुर मानेकशाकी पत्नी सिल्लुको भूमिकामा सान्या मल्होत्रा ​​पनि देखिने छिन् ।

तेजस

तेजस एक साहसी र उग्र लडाकु पाइलटको कथा हो । यो फिल्म २०१६ मा महिलाहरूलाई लडाईं भूमिकामा समावेश गर्ने भारतीय वायुसेनाको ऐतिहासिक निर्णयबाट प्रेरित छ । डिसेम्बर 2021 मा, निर्माताहरूले घोषणा गरेका थिए कि 'तेजस' अक्टोबर 22, 2022 मा रिलिज हुनेछ, यद्यपि यसको सुटिङ कोरोनाको कारण ढिलो हुन सक्छ ।

गोरखा

अभिनेता अक्षय कुमारले हालै सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्म गोरखाको घोषणा गरेका छन् । फिल्म भारतीय सेनाको प्रतिष्ठित गोरखा रेजिमेन्टका युद्ध नायक मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित छ । आनन्द एल राई र हिमांशु शर्माको निर्माणमा सञ्जय पूरण सिंह चौहानको निर्देशनमा बनेको फिल्ममा नायक मुख्य भूमिकामा देखिनेछन् ।

पिप्पा

फिल्म ‘पिप्पा’ ब्रिगेडियर बलराम सिंह मेहताले लेखेको पुस्तक ‘१९७१ – अ नेशन कम्स अफ एज’बाट प्रेरित छ । 

फिल्मको शीर्षक पीटी-७६ नामक युद्ध ट्याङ्कबाट लिइएको हो, जसलाई पिप्पा भनिन्छ । वार ड्रामा फिल्मले गरीबपुरको वीर ट्याङ्क युद्धलाई पर्दामा देखाउने लक्ष्य राखेको छ, जसले अन्ततः बंगलादेशको मुक्तिको कारण बन्छ । यस फिल्ममा इशान खट्टरका अलावा मृणाल ठाकुर, प्रियांशु पैन्युली र सोनी राजदान पनि देखिनेछन् ।

इक्किस

इक्किसलाई म्याडक फिल्म्सको ब्यानरमा दिनेश विजनले निर्माण गर्नेछन् । यो सेकेन्ड लेफ्टिनेन्ट अरुण खेत्रपालको कथा हो । २१ वर्षीय लेफ्टिनेन्टले पाकिस्तानी सेनाको भयंकर र अथक आक्रमणको सामना गर्न अपार बहादुरी देखाएका थिए ।  उनलाई यो साहस र वीरताको लागि मरणोपरान्त, भारतको सबैभन्दा प्रतिष्ठित र उच्चतम स्तरको सैन्य पदक परमवीर चक्र प्रदान गरिएको थियो ।

रिपोर्टका अनुसार वरुण धवन पछिल्लो दुई वर्षदेखि फिल्मको तयारीमा छन् । एक्सन सिक्वेन्सदेखि लिएर आफ्नो बडी ल्यांग्वेजमा पनि उनी काम गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x